Monday, April 8, 2013

थसेस जापानको ११ औं अधिवेशन तथा विविध साँस्कृतिक (होली धमाका) भब्य सम्पन्न ।‏

सरद डायरि । आईतबार, चैत्र २५, २०६९
गत आईतबारअप्रिल ७ का दिन टोक्योमा थकाली सेवा समिति जापानले थकाली जातिहरुको महान चाड "तोरन्ल्ह" को शुभ उपलक्ष्यमा आफ्नो समितिको अधिवेशन तथा विविध साँस्कृतिक कार्यक्रम (होलि धमाका) तामझाँमका साथ भब्य सम्पन्न गरेको छ ।
 जापानका लागि नेपाली राजदुत महामहिम डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमको विशेष अतिथिहरुमा एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष भवन भट्ट र आदिबासी जनजाति महासंघ जापानका महासचिब पासाङ शेर्पा तथा कार्यक्रमका सभापतित्व समितिकै अध्यक्ष शरद कुमार गौचनले गर्नु भएको थियो ।




 


 





























 
 









 
उपस्थित अतिथिहरुमा, तमुधी जापानका अध्यक्ष हर्क गुरुङ, तामाङ समाज जापानका अध्यक्ष सुकुमान थिङ तामाङ, मगर संघ जापानका उपाध्यक्ष तारा आलेमगर, शेर्पा संघ जापानका अध्यक्ष लाक्पा गेलु शेर्पा, मनाङ समाज जापानका अध्यक्ष पेम्बा लामा, नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष हवलचन्द्र लामा, नेपाल जनसम्पर्क समिति जापानका सल्लाहाकार भुपि गोविन्द श्रेष्ठ, नारि कुञ्ज जापानका प्रतिनिधि सबिता श्रेष्ठ, माँया नेपाली संगित संस्था जापानका अध्यक्ष ओकामोतो युको, वुईफरअलका अध्यक्ष सरोज खत्री, नेपाल जापान युथ क्लवका अध्यक्ष तासी लामा र म्याग्देली संञ्जाल जापानका प्रतिनिधि लिल केसी लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि महामहिम डा. भट्टराई र सभापति गौचनले सयुक्त रुपमा पानसमा दिप प्रजल र थकालीहरुको देवतालाई पुजाआजा (केल्च्याङ) गरि कार्यक्रमको शुभआरम्भ सहित समउट्घाटन गर्नु भएको थियो भने समितिका सचिब तथा कार्यक्रम संयोजक हेमन्त कुमार शेरचनले आगन्तुक पाहुनालाई स्वागत सहित तोरन्ल्हको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
दुई चरणमा बिभाजित पहिलो चरणको कार्यक्रममा समितिको अधिवेशन र दोस्रो चरणमा विविध साँस्कृतिक कार्यक्रम (होलि धमाका) रहेको उत्त चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत डा. भट्टराईले आफ्नो शुभकामना मन्तब्यको क्रममाथकाली जातिहरु आर्थिक रुपले अति सम्पन्न र विशिष्ट सांस्कृतिक पहिचानको रुपमा चोखो राख्न सफल जाति हुन भन्नु भयो । अति नै सानो संख्यामा रहेर पनि नेपालको बिकास, शैक्षिक क्षेत्रमा अग्रगामि र सामाजिक संम्वन्धको हिसाबले अति नै मिलनसार तथा ब्यापार ब्यबसायमा अग्रज खुपि भएको जातिको रुपमा समेत परिचय गराउनु भयो । हसाउने पारामा, आफ्नो धेरै थकाली साथीहरु तपाईहरुको बाजे, बराज्यु सरहको हुनुहुन्छ भन्दै स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको समेत उदाहरण दिनु भएको थियो।
त्यस पश्चात विशेष अतिथिद्धयहरु क्रमश भवन भट्ट र पासाङ शेर्पाल पनि छोटो शुभकामना मन्तब्य राख्नु हुदै सभापतिले औपचारिक कार्यक्रमको समापन गर्दै होलि धमाका साँस्कृतिक कार्यक्रममा प्रवेश गराउनु भएको थियो ।
पहिलो चरणको कार्यक्रमलाई महासचिब राजु सेरचनको संचालनमा कोषाध्यक्ष बुद्धि गौचनबाट समितिको बार्षिक आय ब्यय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरि बिभिन्न उपसमितिको बार्षिक गतिबिधि संगै समितिको समिक्षा र भाबि लक्ष्य सहितको प्रतिवेदनहरु अति नै सरल, सुलभ भाषामा प्रोजेक्टर मार्फत प्रस्तुत गरिएको थियो, बार्षिक आयब्यय सहित प्रस्तुती सम्पुर्ण प्रतिवेदनलाई हलबाट गुञ्जमान तेजिलो तालीले सर्वसम्मतिबाट पास गर्दै पुन शरद कुमार गौचनकै अध्यक्षतामा ३९ सदस्यीय कार्यकारिणी समिति समेत चयन गरेको थियो ।
नव निर्वाचित कार्यकारीणी पदाधिकारिहरुमा क्रमश: उपाध्यक्षहरु, शशि गौचन, अनिल भट्टचन, दिपक गौचन, महासचिब- राजु शेरचन, प्रवक्ता-सन्तोषी गौचन, सचिबहरु- हेमन्त कुमार शेरचन, सञ्जिब गौचन, राजकुमार शेरचन, कोषाध्यक्ष- बुद्धि गौचन, सह-कोषाध्यक्षहरु- लेलिन भट्टचन, घनश्याम भट्टचन रहनु भएको छ ।
त्यसैगरि सदस्यहरुमा -धन शेरचन, यसोदा गौचन, उषा तुलाचन, अरुण भट्टचन, जिबन भट्टचन, सुरज शेरचन, बिकल भट्टचन, सुमन गौचन, बिज्ञान गौचन, जयकार शेरचन, हिरा शेरचन, गिरि शेरचन, वकिल शेरचन, तिर्थ शेरचन, अमुल गौचन, मदन गौचन र धन गौचनहरु नब निर्वाचित हुनु भएको छ ।
सल्लाहाकारहरुमा- बिनोद शेरचन, दिपक भट्टचन, प्रकाश तुलाचन, बिजय गौचन, मनोज तुलाचन, गोविन्द तुलाचन तथा बिशेष सल्लाहाकारमा - ध्रुब भट्टचन, शरद शेरचन, नपेन्द्र भट्टचन एवं संरक्षकमा डा.योगेन तुलाचन ज्यु नै यथावत रहनु भएको छ ।
दोस्रो चरणको साँस्कृतिक कार्यक्रम, उपाध्यक्ष अनिल भट्टचनले अति नै आकर्षित ढंगले संचालन गर्दै परम्परागत थकाली गित र नृत्यबाट शुरु गराउदै नेपालको बिभिन्न भागमा नाचिने नृत्य एवं गित देखी मित्र राष्ट्र भारत संगै पश्चिमि मुलुकका चर्चित गित र नाचको माध्यमबाट कलाकारहरुले उपस्थित दर्शकवृद्धहरुलाई भरिपुर मनोरञ्जन दिलाउनु भएको थियो ।
थकाली भाषा विज्ञ तथा वरिष्ठ महिला पत्रकार प्रेमिला गौचन संगै अर्का भाषा बिज्ञ मनोज तुलाचन र अनिल भट्टचनले परापुर्वकाल देखी गाईने थकाली भाषाको तोरन्ल्ह गितले स्वागत गर्दा सभाहल गुञ्जमान बनेको थियो भने थकालीहरुको महान चाड तोरन्ल्हको अबसरमा गाईने गित "च्य्होङ्जी तोरन्ल्ह" नामक थकाली गित धुनमा कलाकारको साथमै प्रमुख अतिथि महामहिम राजदुत ज्यु र बिशेष अतिथिहरु पनि स्टेजमा उक्लेर कलाकार संगै कम्मर मर्काई मर्काई नाच्नु भएको दृष्य अति नै रोचक थियो ।
अर्का हाँस्य कलाकार श्रवण सत्यालले नेपालका समसायिक बिषय र जापानको बर्तमान परिस्थितिलाई समेटेर प्रदशन गर्नु भएको ब्यङ्ग प्रहशन र नेपालका नेताहरुको क्यारिकेचरले पेट मिचिमिचि हसाँउन बाध्य बनाएको थियो भने अर्का कलाकार मनोज तुलाचनको प्रहशनले पनि सुनमा सुगन्ध थपेको थियो ।
त्यसैगरि थसेस जापानले सधै झै यस अबसरमा पनि सामाजिक सेवामा उत्कृष्ठ योगदान गरेबापत स-सम्मान गर्ने कार्य पनि सम्पन्न गरेको छ,
जस अनुसार गत बर्षमा थसेस जापानद्धारा आयोजित सम्पन्न प्रथम मैत्रीपुर्ण भलिबल सहभागि खेलाडिहरु क्रमश: नपेन्द्र भट्टचन, सञ्जिब गौचन,जित बहादुर गौचन, बिनोद भट्टचन,मोहन तुलाचन, धन गौचन, रोमि गौचन, रमेश गौचन,राजकुमार शेरचन, हिक्मत गौचन लाई प्रमूख अतिथिको हातबाट खादार्पण गर्दै स-सम्मान गरिएको थियो । क्रमश: थसेसको बिबिध साँस्कृतिक कार्यक्रममा सक्रिय सहभागि जनाउनुहुने कलाकारहरु सन्तोषि गौचन, सारदा भट्टचन, ओकामोतो युको मल्ल, दिपक गौचन, श्रवण सत्याल, सुजिता शेरचन, अपेक्षा लिम्वु, निसा तुलाचन, सन्जिमा शेरचन, समिका गौचन, प्रतिमा भट्टचन, शान्ता गौचन, अनिता भट्टचन र धन शेरचन लाई पनि खादार्पण गरि सम्मान गरेको थियो ।

त्यसैगरि थसेस जापानलाई बिभिन्न समयमा गरिएको सहयोगको उच्च मुल्याङ्नग गर्दै हिक्मत शेरचन, हेमन्त कुमार शेरचन र राजकुमार शेरचनलाई पनि सम्मान गरिएको थियो भने नेपाल र नेपालीकै लागि उत्कृष्ठ सहयोग र बहुमुल्य योगदान गरेवापत जापानी मुलकी नेपाली बुहारि ओकामोतो युको मल्ल लाई बिशेष सम्मान गरिएको थियो ।

करिवन दुईसय बढि उपस्थिति रहेको यस होलि धमाकामा अधिकांश थकाली महिलाहरुले नोकोनचोलो र पुरुषहरुले दौरासुरुवाल र टोपीमा सजिएको दृष्यले सात समुद्रपारि जापानमा पनि आफ्नो मौलिक संस्कार र भेषभुषालाई निरन्तरता दिन गरिएको प्रयास सहजै अनुमान गर्न सकिन्थ्यो ।
स्मरण रहोस,थकालीहरुको मिठो थकाली खानाको परिकार सहित भरपुर पेय पदार्थले स्वागत गरिएको उत्त कार्यक्रममा डिजेकार राजु सेरचनको समन्वयमा राति साँढे दश बजे सम्म निरन्तर सामुहिक नाँचमा सहभागिहरुले पसिना चुहाउदै मनोरञ्जन लिईरहेको दृष्यालोवकन पनि अर्को हेर्न लायक थियो।
कार्यक्रमको अन्तमा सहभागि सम्पुर्ण आमन्त्रित पाहुनाहरु तथा सहयोगि महानुभावहरुलाई अध्यक्ष गौचनले हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
तस्विर : ओकामोतो युको


 

No comments: