Tuesday, April 9, 2013

नेपाली नया बर्षको आगमन संगै नेपालमा "फेसबुक" बन्दहुने रे ।

सरद डायरि । सोमबार, चैत्र २६, २०६९
नेपालमा आज एकाएक  फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला अकस्मात् फैलिएको रहेछ । जुन वि.सं नयाँ वर्ष २०७० वैशाख १ को आगमन संगै नेपालमा फेसबुक बन्द हुने रे । कारण चाहि अरु केहि नभएर नेपालका नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले हो रे। आजको आईटि जमाना र विश्व एउटा सानो गाउको रुपमा परिनत भएको वर्तमान अबस्थामा सामाजिक सञ्जालका साइटहरु मार्फत हल्ला फैलन धेरै बेर लाग्ने कुरै भएन। फेरि अलिकति पनि नसोचि मान्छेहरुले भटाभट सेयर र कमेन्टमा गाली गर्न थाले यो हल्लामा । तर जसले यो हल्ला फैलाएको हो, ऊ सँकटमा पर्ने भने निश्चित छ। किनभने हल्ला फैलाउनेले रमाइलोका लागि गरेको भन्न पाउने स्थिति छैन। उसले नेपाल सरकारको छाप र सूचना तथा सञ्चार मन्त्रीको दस्तखतसमेत कीर्ते गरेको छ। फेसबुकका विभिन्न पेज र व्यक्तिहरुले यसलाई सेयर गरेका छन्, उनीहरु पनि आपत्‌मा पर्न सक्छन् है, खबरदार ।।।
यो ब्लगरले भने सबैको जानाकारि र सुचनाको लागि लेखकको आफ्नो नितान्त ब्यक्तिगत ब्लगमा राखेको छ ।
जुन तलतिर जस्ताको तस्तै........

 

No comments: