Monday, December 8, 2014

भुकम्प तथा भब्यतब्य आईपर्दा अपनाउनु पर्ने तरिका तथा बच्ने उपायको तालिम

सरद डायरि । आईतबार, मंसिर २१, २०७१
मेरो आफ्नो बस्ने बिल्डिंङमा आज बिहानको १० देखी १२ बजे सम्म भुकम्प तथा भब्यतब्य आईपर्दा अपनाउनु पर्ने तरिका तथा बच्ने उपायको बारेमा तालिम एवं कार्यशाला गोष्ठि गर्ने दिन । सधै झै आज पनि उत्त तालिममा भाग लिए ।
यस्तो कार्यक्रम प्रत्येक बर्ष करिवन २,३ पटक बिभिन्न जानाकारहरुलाई बोलाएर संम्बन्धित बिषयको तालीम, जानाकारि संगै यस बिल्डिङ्गको सबै ब्यबस्थापन संम्बन्धि जानाकारि र अभ्यास गराईन्छ । यस पटक आगोलागिबाट बच्ने र उपायको बारेमा टोक्यो ग्याँस, आगोलागि भएमा निभाउने तरिका तथा अपनाउनुपर्ने उपायको बारेमा टोक्यो दमकल एवं सबभन्दा माथी तला (४० तलाको हेलिप्याड) को हेलिप्याडमा पनि लगेर अभ्यास गर्ने कार्य भयो । भब्यतब्यको अन्तिम अबस्थामा यस हेलिप्याड प्रयोग गरि सबैजनालाई उद्धार हुने जानाकारि पाउदा अचम्म पनि लाग्यो ।
जेहोस, बिल्डिङ्गको सबभन्दा तल्लो तला (अन्डरग्राउण्ड) मा सबै बासिन्दालाई पुग्ने पानी,खानेकुरा, आपतकालिन तोईलेट र विविध कुरा राखिएको ठाउ समेत देखाएर प्रयोग गर्ने तरिका पनि जानाकारि भयो ।
यस पटक पहिलो चोटि बिल्डिङ्गको सबभन्दा माथीको ओपन स्पेसको हेलिप्याडमा उक्लिएर त्यहाबाट खिचिएको केहि झलकहरु....



 सेल्फ सट्को एकझलक
 
 सिन्जिकुतिरको झलक
 
बिल्डिङ्गको पुर्व साईडको झलक
 
 दक्षिण साईडबाट देखिएको झलक
 
 पानोरामा खिचिएको झलक
 
 दिन राम्रो भएकोले माथिल्लो तलाबाट देखिएको फूजि माउन्टेन
 
सबभन्दा माथी तलाको खुला हेलिप्याड

No comments: