Tuesday, December 23, 2014

सन्दर्भ एमआरपी....

सरद डायरि । सोमबार, पौष ७, २०७१
जापानबासी हामि अधिकांस नेपालीहरुको चिन्ताको बिषय र टाँउको दुखाई भनेको एमआरपी समयमा बनेर आउने हो वा नआउने  । दुतावासले ठाम्नै नसक्ने सिमित कर्मचारिको कारण र ढिला सुस्ती तथा उचित ब्यबस्थापन प्रवन्धको अभाव, कहिले नेपालबाटै संम्बन्धित निकायहरुको कमिकमजोरि ढिला सुस्ती एवं लापर्वाहि र  कहिले एमआरपीको दरखास्त फाराम नै भर्दा हाम्रो आफ्नै गल्ति र लापर्वाहिले समयमा बनेर नआउने थुप्रै उदाहरण सर्वविधितै छ । हामीमध्ये धेरैलाई यो कुरा थाहा पनि छ कि  एमआरपी बनेर आएको REJECTED भएको कुराहरु नेपालको Department of Passport को होमपेजमा सबै बिस्तृत ब्यहोरा हेर्न मिल्ने ब्यबस्था गरिएको छ । तपसिल लिन्कमा गएर MRP STATUS →MISSION WISE जानु भयो भने RECEIVED / DISPATCHED / REJECTED ट्याव देख्न सक्नु हुनेछ । RECEIVED मा बिस्तृत हेर्न नमिले पनि यदि एमआरपी बनेर नेपालबाट पठाईसकेको छ भने DISPATCHED मा सबै चेक गर्न सकिने छ । तर यदि कथम कदाचित REJECT भएको छ भने REJECTED मा उत्त रद्ध भएको कारण सहित बिस्तृत बिवरण पनि हेर्न सक्नुहुनेछ ।
 यहि महिनाको डिसेम्वरमा पनि जापानबाटको एमआरपी करिवन  एक दर्जन जति संख्यामा REJECTED भएको रहेछ । यदि तपाईहरुको साथीहरु पर्नु भएको छ भने, खवर गर्दिनु भएमा केहि राहत मिल्ला उहाहरुलाई, जापानको दुतावासले एकएकलाई खवर पुर्याउन नसक्ने र ढिला गरि खवर आउने सबैलाई अबगत नै छ ।
त्यसकारण यदि तपाइको एमआरपी प्रोसेसमा हुनुहुन्छ वा संम्बन्धित बिषयमा जानाकारि चाहिएमा Department of Passport को होमपेज वा पार्सपोर्ट डिपार्टको Facebook Page बाट Inquiry गर्नु भयो भने छिटो, छरिटो र सरल हुने  कुरा संम्बन्धित सबैको लागि पनि जानाकारि गराईन्छ ।

http://dopmofa.gov.np/ 

(पार्सपोर्ट डिपार्ट)
http://dopmofa.gov.np/mrp-status/missionwise.php#dispatched
(तयारि एमआरपी संम्बन्धित देशमा पठाईएको बिवरण) 
http://dopmofa.gov.np/mrp-status/missionwise.php#rejected
(रिचेक्ड् बिवरण) 
 

No comments: