Monday, November 17, 2014

世界子供の日チャリティーウォーク&ラン2014

सरद डायरि । आईतबार, कार्तिक ३०, २०७१
आज नोभेम्वर १६ तारीख आईतबारका दिन तथा  बिश्व बालदिवसको शुभ उपलक्ष्यमा मेरो ब्यक्तिगत तर्फबाट सक्ने सानो सहयोग र समर्थन सहित पाँच किलोमिटर च्यारिटि डौंडमा भाग लिए । केहि साथीहरु सहित दुई महिना अघि नै नाम दर्ता भएको र सानो च्यारिटि रकम समेत भुक्तानी गरिसकेकोले रजिष्टर गर्ने ठाउँमा हाम्रो नाम अनुसार डौंडमा आवश्यक(टिसर्ट,नंम्वर,फलफुल, पानी) अनुसारको सरसामान लिएर कपडा फेरेर डौडको लागि तयारि भयौं । बिशेष, जापानको राजदरवार वरिपरिको प्राकृतिक मनोरम स्थल तथा सौन्दर्य ताल, तलैया एवं विहानीको सफा चिसो हावा र सुर्यको किरण सँगै थुप्रै नया जापानी साथीहरु संग रमणिय ५ किलोमिटरको कोसमा रमायौं ।
 
कुल च्यारिटि सहभागि १,००० (एक हजार)  मध्ये हाम्रो समुहमा करिवन १०० जना ५ किलोमिटर डौडको  च्यारिटिको प्रतियोगितामा  सहभागि थियौ । हाम्रो उत्त पाँच किलोमिटर समुहको १०० जना सहभागिहरुको विहान ठिक १०:३० मा डौड शुरु भयो र करिवन ४५ मिनेट लगाएर प्रतियोगिताको बिचतिर हामिले गोल गर्यौ भने मेरो सुपुत्र चाहि हाम्रो समुहको सातौ स्थान हासिल गर्न  सफल भयो । आयोजकका नेतृत्व ईतोज्युले बढाई दिदै फोटो खिच्ने कार्य तथा पुरस्कार बितरण गर्दा पो थाहा भयो उत्त कुरा, जेहोस सुपुत्रलाई हार्दिक बढाई दिदै हामिलाई अर्को बर्षमा पनि सहभागिको लागि अनुरोध गर्नुभयो ।
उत्त च्यारिटि प्रतियोगिता  केहि झलकहरु तलतिर.....



















 

No comments: