Friday, December 12, 2014

वरिष्ठ ब्यक्तित्वहरु संग दुतावासमा डिनर

सरद डायरि । विहिबार, मंसिर २५, २०७१
जाईकाद्धारा आयोजित न्याय प्रणालीको कार्यक्रममा  प्रधान न्यायाधीश  रामकुमार प्रसाद शाहको नेतृत्वसंगै आगमन २ दर्जन बियोक्रयाटिक व्यक्तिक्तहरु र सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री दिपक चद्र अमात्य दम्पतिको जापान आगमन भएको रहेछ ।
उहाहरुको संयुक्त स्वागतार्थ जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराईद्धारा आयोजित उहाकै निवासमा दिवा भोज आयोजना भएको थियो र महामहिम स्वयमले फोन र मेल गरि निमन्त्रणा दिनु भएकोमा कंम्पनीकै नोमिकाई छोडेर डिनर रिसेप्सनना सहभागि जनाए ।
यस पटक नेपालबाट आगमन पाहुनाको ज्यान्वो टोली संगै निकै धेरै जापानी महानुभावहरुको पनि उपस्थिति भएकोले धेरै वरिष्ठ ब्यक्तित्वहरु संग चिना पर्चि गर्ने अनुकुल र ज्यादै रमाईलो पनि भयो ।
उत्त अबसरमा मेरो साथी तथा जापानकै सफल ब्यबसायी मित्रद्धारा उत्पादन गरिएको  नेपाली फापरको मदिरा "सोमरस" को  महामहिम, माननिय मन्त्री ज्यु र माननिय प्रधान न्यायधीश ज्युबाट संयुक्त रुपमा समुदघाटन पनि भयो ।
हितैषि मित्रलाई हृदय देखी नै बढाई तथा सफलताको लागि शुभकामना
 
उत्त अबसरको केहि फोटोहरु...
 
 महामहिम ज्यबाट मन्तब्य प्रकट गर्दै
थसेसका अध्यक्ष तथा डा.युकि ज्यु संग
 महामहिम र मन्त्री ज्युको बाहुलीबाट "सोमरस"को समुदघाटन
मेरो पुरानो जापानी आन्ति र मित्र संग
 जापानी मित्रहरु युको,बुद्धि भाई र पन्त बहिनिसंग
मन्त्री ज्युसंग सामुहिक फोटो
फोटो : अनिस अधिकारि

No comments: