Tuesday, June 10, 2014

मनोक्रान्ति दर्शनका ज्ञानबद्धक वाक्यश्यहरु...

सरद डायरि । मंगलबार, जेष्ठ २७, २०७१
अति नै सान्दर्भिक तथा ज्ञानबद्धक तलका भनाईहरु पढेर मनन् पनि गर्नुहोस् , यो "मनोक्रान्ति दर्शनबाट" लिएका भनाईहरु बाट अवश्य पनि महत्वपूर्ण ज्ञान पाउनु हुनेछ।
 
१.“अबिबाहितहरु प्रेमको... प्रभाबले वर्बाद हुन्छन्, बिबाहितहरु प्रेमको अभाबमा वर्बाद हुन्छन्” |
२. “खान नपाएर थोरै मान्छे मर्छन, खान नजानेर धेरै मान्छे मर्छन” |
३.”धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ, गुणी बन्न खोज्ने मान्छे धनी बन्छ” |
४.”सुख खोज्नु पर्दैन, दुखको सदुपयोग गरे पुग्छ” |
५. “गरीब त्यो होइन जसले बिस्तरा किन्न सक्दैन, गरीब त्यो हो जसको महँगो बिस्तरार भएर पनि सुत्न सक्दैन” |
६. “सब भन्दा सस्तो औषधी हाँस्य हो, यसको कमी भयो भने, सब भन्दा महँगो औषधी खान बाध्य भईन्छ” |
७. “सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो” |
८. “भिन्नै खाले राजनेता नभए सम्म, भिन्नै खाले राजनीतिको सम्भावना नै छैन” |
९. “व्यापारीले कमाउन सकेन भने ऊ बर्बाद हुन्छ, राजनेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ” |
१० “पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तकै हैन, अक्षर संग्रह मात्र हो, या त्यो पाठक नै होइन अक्षर गन्न मात्र हो” |
११. “बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो जो डरका बाबजूद पनि अघि बढ्न सक्छ” |
१२. “सम्पति नभएर गरिब भईदैन, भएको सम्पति नचिनेर गरिब होइन्छ” |
१३. “यदि रोगबाट मुक्ति पाइंदैन भने अपार सम्पति भएर के, यदि रोगी छैन भने अपार सम्पतिको आबश्यक्त के” |
१४. “जसले आमाबाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीहरुबाट प्रेम खोज्नु अपराध हो” |
१५. “यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ” |
१६. “हरेक पति पत्नीको ऐना हो | ऐना भित्रको चित्र बदल्नालाई आफू नबदलीई सुखै छैन” |
१७. “तपाइंको परिवार स्वस्थ्य रहन घरमा औषधीको पोको होइन, फलफूलको डोको ल्याउने गर्नुहोस” |
१८. “थोरै दिनु पनि धेरै पाउनु हो” |
१९. “प्रत्येक सफल पतिको पछाडी पत्नीको हात हुन्छ, त्यस्तै यो पनि सत्य हो कि हरेक असफल पतिको पछाडी पनि पत्नी कै हात हुन्छ | त्यसैले पतिलाई सफल वा असफल बनाउनुमा  पत्नीको निकै ठूलो भूमिका हुन्छ | परिवारको जहाजलाई डुवाउने वा पार लगाउने भन्ने कुरा  पत्नी माथि निर्भर रहन्छ” |
२०. “धन भनेको कम्पोस्ट मल जस्तै हो | यदि यसलाई धेरै ठाउँमा फैलायो भने धेरै ठाउँको कल्याण गर्छ | यदि यसलाई एकै ठाउँमा थुपारियो भने यसले दूर्गन्ध फैलाउने बाहेक अरु केहि गर्दैन” |
२१. “अर्कालाई सुख बाँड्नको लागि पहिले आफै सुखी बन्नु पर्दछ कारण सुखीले मात्र सुख बाँड्न सक्छ दुखीले हैन” |
 
 

No comments: