Tuesday, September 9, 2014

थसेस जापानद्धारा मुस्ताङ्गका जेहेन्दार बिद्यार्थीलाई आर्थिक सहयोग

सरद डायरि । सोमबार, भाद्र २३, २०७१

थसेस जापानले आर्थिक सहयोग गरेको समाचार तपसिल अनलाईन मेडियाहरुमा संम्प्रेषण भयो ।
http://samudrapari.com/20140909110196.html
http://www.nepaljapan.com/2014/09/08/130072/
थसेस जापानद्धारा मुस्ताङ्गका जेहेन्दार बिद्यार्थीलाई आर्थिक सहयोग
गत अगष्ट १५ तारिख शुक्रवारका दिन थकाली सेवा समिति नेपालको आयोजनामा बालाजु स्थित आफ्नै भवन, बिनायकबस्तिको सभाहलमा एक समारोह आयोजना गरि आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रममा थकाली सेवा समिति जापानको तर्फबाट संरक्षक शरद कुमार गौचनले नगद रकम १ लाख ३० हजार रुपैया, मुस्ताङ्ग जिल्लाका बिभिन्न स्कुलका जेहेन्दार विध्यार्थीहरुको लागि हस्तान्तरण गर्नुभयो । आर्थिक सहयोग पाउनेमा मुस्ताङ् जिल्लाको कोवाङ्ग गाविस, झिप्रा देउराली माविका भुवन शेरचन कक्षा-९, जनआर्दर्श माविका विपसा शेरचन कक्षा-३, नाउरिकोट गाविस श्री राष्ट्रिय बुद्धि विकास प्रा.विका स्नेहा गौचन कक्षा-४, सोहि स्कुलकै सुशन तुलाचन कक्षा-२, छैरो गाविस श्री जनवाल मा.वि मार्फाका दिया गौचन कक्षा-६, कुञ्जो गाविस श्री भानुभक्त प्राथमिक बिध्यालयका शुसान तुलाचन नर्सरि, सोहि स्कुलकै कृतिमा तुलाचन कक्षा-२ का बिध्यार्थीहरुलाई स्कुलको अध्ययन लागत खर्च र अध्ययन सामाग्रि (कापी,कलम आदि) स्वरुप सहयोग रकम जनहि दश हजार रुपैया हस्तान्तरण गरिएको हो । त्यसैगरि ताउलुङ्ग गाविस ताउलुङ्ग निमाविका सपना शेरचन कक्षा-५ र रमेश तुलाचन कक्षा-५ का दुईजना बिध्यार्थीहरुलाई भने बावु आमा नभएका तुहुरो बिध्यार्थी तथा आर्थीक अबस्था अत्यन्तै नाजुक भएकोले जनहि पन्ध्र हजार रुपैया गरि कुल नौ जना बिध्यार्थीहरुलाई जम्मा एक लाख तिस हजार रुपैया बितरण गरिएको हो । उत्त आर्थीक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यक्रमका सभापति नेपाल जापान सम्पर्क समितिका अध्यक्ष पानस गौचनले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रष्ट्याउनु भएको थियो । त्यसैगरि थसेस नेपालका केन्द्रिय अध्यक्ष खगेन्द्र भट्टचनले थसेस जापानले सधै गर्दै आएको यस किसिमको सह्रानिय कार्यको उच्च प्रशंसा गर्दै निरन्तरताको लागि आब्हान पनि गर्नु भएको थियो । त्यसैगरि थसेस जापानका संरक्षक शरद कुमार गौचनले, थसेस जापानले बिदेशको अत्यन्तै अप्ठ्यारो परिस्थितिमा पनि हरसंम्भव नेपालको उत्थानको लागि तथा चेतना मुलक कार्यमा सहभागि जनाउन पाएकोमा खुशी ब्यक्त गर्दै भविष्यमा पनि यो कार्य निरन्तर जारि राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि सहभागि अन्य अतिथिहरुमा थसेस काठमान्डौं क्षेत्रका अध्यक्ष श्याम प्रसाद गौचन, थसेस अनुसन्धान केन्द्रका प्रतिनिधि, थसेस महिला प्रतिनिधि, थसेस युवा परिवारका प्रतिनिधि, थासांङ स्पोर्ट क्लवका अध्यक्ष गुप्त शेरचन र थकाली स्वास्थकर्मि परिवारका अध्यक्ष बिश्व शेरचनको समेत उपस्थिति रहेको यस कार्यक्रमको संचालन भने नेपाल जापान सम्पर्क समितिका सचिब नबिन शेरचनले गर्नु भएको थियो । स्मरण रहोस् , थसेस जापानका अध्यक्ष बुद्धि गौचनले गत अप्रिल महिनामा थकाली सेवा समिति जापानको नेतृत्व सम्हाले पश्चात लगत्तै मुस्ताङ्ग जिल्लाका बिभिन्न स्कुलमा अध्ययनरत जेहेन्दार बिध्यार्थीहरुलाई छात्रबृत्री दिने मनसाय अनुसार लामो समय लगाएर छनोटको प्रकृया थालनी गर्नु भएको थियो । चार महिना बढि लगाएर संम्बन्धित क्षेत्रबाट पारदर्शी रुपले छनोट कार्य सम्पन्न गरि संस्थाका संरक्षकले नेपालमै गएर सो रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा संरक्षक शरद कुमार गौचनलाई थसेस जापानको गरिमामय उच्च गरेबापत तथा जापानमा बिभिन्न क्षेत्रमा क्रियाशील रहदै उत्कृष्ठ कार्य गरेबापत स्वागत सम्मान पनि गरिएको थियो ।







 

No comments: