Saturday, September 13, 2014

एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन टाटेसिना नागानोमा आयोजना हुने

सरद डायरि । शुक्रबार, भाद्र २७, २०७१
एनआरएनको ८ औं क्षेत्रीय सम्मेलन जापानको नागानो प्रिफेक्चर स्थित टाटेसिना होटेलमा आगामि सेप्टेम्वर १८,१९ मा आयोजना गर्नको निमित्त हामि आयोजकका जिम्मेवारि निश्चित ब्यक्ति बिच सधै जस्तो बैठक बस्ने क्रम चलिरहेको थियो ।
छोटो समय र धेरै काम बाकि रहेकोले पनि थुप्रै कार्यहरु द्रुत रुपले अगाडि बढाउनुपर्ने भएकोले सधै झै भेटघाट गरि छलफल,बहस र निर्णय गर्दै अगाडि बढ्दै थियौं ।
आज वुईकईण्ड (शुक्रवार) को दिन र कार्यक्रम स्थलमा स्थलगत भ्रमण र केहि निर्णायक निर्णय पनि गर्नु पर्ने भएकोले लागियो गाडि लिएर टाटेसिना होटल नागानो तिर..
म पनि स्वयमसेवक परिचालन समितिको संयोजकको जिम्मेवारि बहन गर्नु पर्ने भएकोले पनि संगै जानुपर्ने नै भयो ।
कार्यक्रमका संयोजक, सचिब र अरु जिम्मेवारि २ जना साथी संगै हामि ५ जना गन्तब्य स्थलतिर लाग्यौं ।
डेढसय बढिको स्पिडमा गाडि कुदेपछि करिवन बिहानको १ बजेतिर होटेलमा पुग्यौं ।
हामिलाई सिहाईनिङ्ग (म्यानेजर) ले पर्खेर बस्नु भएको रहेछ, भोली बिहान ९ बजे म्यानेजर लाई भेट्ने बाचा सहित  म, संयोजक र सचिब होटेलको स्विट रुममा चापि उघारेर पसियो कोठातिर..







No comments: