Sunday, September 28, 2014

ओटा फेस्टिवल २०१४

सरद डायरि । शनिबार, असोज ११, २०७१
हानेडा अन्तराष्ट्रिय बिमानस्थल नजिकै बिशाल पार्कमा ओटाकु नामक सिटिको आयोजनामा "ओटा फेस्टिवल"मा सहभागि जनाउने मौका मिल्यो आज ।
जापानको कान्तो क्षेत्रको दोस्रो ठुलो नेपालीहरुको बसाई रहेको ओटा सिटिद्धारा आयोजित यस कार्यक्रममा केहि निश्चित नेपालीहरुलाई पनि समेटिएको रहेछ । एकजना जापानी परिवार भएको नेपालीले चलाउनु भएको स्टल र अर्को एकजना भने ओटाकुको पर्यटन प्रवन्धन जिम्मेवारि ब्यक्ति गरि २ जना नेपाली मित्रलाई भेट्ने मौका मिल्यो ।
साथै, जापानी मित्रहरुमा भने नेपाल फेस्टिवलकै संयोजक र सदस्य गरि २ जना हुनुहुदोरहेछ ।
उहाहरुले पनि नेपालकै बारेमा प्रवद्धन गर्दै १ वटा स्टलमा खाध्य पर्दाथ तथा पेय पदार्थ संगै नेपाली भाषा सिकाउने र योगा गराउने समेत जिम्मा लिनु भएको रहेछ ।
 
जेहोस, 
एकहप्ता अघि मात्र उयनो पार्कमा सम्पन्न नेपाल फेस्टिबल संग दाजेर हेर्दा धेरै कुराहरुको फरक र धेरै उदाहरणीय र सिक्नुपर्ने फेस्टिवलको झलक थियो त्यो । आगन्तुक पाहुनालाई बस् चढाउने, ओर्लने संगै मुलद्धारमा स्वागत सहित कार्यक्रमको सबै  ब्यबस्थापन हेर्दा लाग्थ्यो नेपाल फेस्टिवलमा यस्तो ब्यबस्थापन गर्न ठुलै मिहेनत, परिश्रम र सबै नेपाली तथा जापानी बिचको गहिरो एकता एवं समन्वयको दिगो आवश्यकता रहने छ ।



 




 

 


No comments: