Monday, January 12, 2015

ふるさと祭り東京2015-・故郷の味-एस.आर भाई संग

सरद डायरि । सोमबार, पौष २८, २०७१
पुर्व सल्लाह अनुसार नै प्रिय एस.आर भाई सँग निर्धारित समय मै भेटेर धेरै कुराकानी र एकअर्कामा अझै नजिकबाट परिचित हुदै  थुप्रै वार्तालाप भयो । लन्च खादै भलाकुसारि गर्ने सल्लाह भएता पनि केहि ढिला गरि लन्च आफ्नै घरमा खाईवरि दिउसो मात्र भेट भयौं । धेरै समयको अन्तराल र टोक्यो डममा आयोजित "फुरुसातो माचुरि" को बिशेष निमन्त्रणा कार्ड पनि म संग भएकोले त्यहि ईभेन्टमा सहभागी हुने बिचार गर्दै लाग्यौ मारुनोचि लाईनको ट्रेनतिर । हामिले निमन्त्रणा कार्ड देखाउदै बिशेष सहुलियट दरको टिकट हात पार्दै ईभेन्ट भएको हल भित्र छिर्यौ ।
अधिकांश समय आफ्नो ब्यक्तिगत कुरा देखी हामि संलग्न संघसंस्था संगै राष्ट्र र राष्ट्रियताको समेत थुप्रै कुराहरु तथा एकअर्काको बिचारहरु समेत आदान प्रदान गर्न भ्यायौं । मेरो जुनियर भाई भएपनि धेरै कुराहरु सिक्ने, जान्ने मौका मिल्नुका साथै हाम्रो यो भलाकुसारिले हामिविच अझै नजिकबाट चिन्ने,चिनाउने  मौका मिल्यो ।
अवश्य पनि भोलीको लागि केहि गर्नको लागि मार्ग निर्देशन हुदै केहि उपलब्धि भएको पनि महशुष गरेको छु । एस. आर भाईलाई धन्यबाद दिदै केहि झलक उत्त क्षणको..


 

 




No comments: