Monday, January 19, 2015

नाकानो रनिङ्ग फेस्टिवलको अभ्यास

सरद डायरि । आईतबार, माघ ४, २०७१

आज नाकानो रनिङ्ग फेस्टिवल २०१५ नामक डौंड ईभेन्टको तयारि संगै अभ्यास गर्नको लागि सह-आयोजकको アンダーアーマーランナーズハウス中野 (आन्डाआ मारासोनाजु हाउस् नाकानो) नामक खेलकुद संस्थाबाट आयोजित अभ्यास डौडमा भाग लियौ ।
   बर्षेनी आयोजित नाकानो रनिङ्ग फेस्टिवल चाहि नाकानोको उधोग बाणिज्य महासंघद्धारा वृहत रुपमा आयोजना हुने डौड फेस्टिवल भएपनि रमाईलो स्टेज कार्यक्रम, खानपिन गर्ने स्तल संगै अन्य विविध कार्यक्रमको पनि आयोजना हुने गरेको छ । यस बर्ष पनि चर्चित कलाकार संगै पुर्व बेलबस खेलाडि, पुर्व बक्सिङ्ग खेलाडि र भलिबल खेलाडिको समेत बिशेष उपस्थिति रहेको यस ईभेन्टको मुख्य उदेश्य भनेको सबै सहभागिको तदुरुष्ट, हेल्थि  र स्वस्थ रहन सहयोग गर्ने संगै विविध कुराको आदान प्रदान तथा जापानमा अध्ययनरत बिदेशी बिध्यार्थीहरुको सहयोगार्थ रहेको छ । २ किलोमिटर, ४ किलोमिटर, १० किलोमिटर र २ किलोमिटरको डिड्ने प्रतियोगिता संगै प्राईमरि, मिडिल र हाईस्कुल बिध्यार्थी तथा अन्य गरि ४ क्याटगरिको डौंडमा खेलाडि सहभागि हुन सक्नेछन् । मार्च १५ तारीख आईतबारका दिन बिहानको ९ बजे देखि दिउसोको ४ बजेसम्म आयोजना हुने यस खेलको दर्ता फाराम भने जनवरि २५ तारीख सम्म तोकिएको छ ।
तर २, किलोमिटर १० किलोमिटर र हिड्ने प्रतियोगिताको कोटा समाप्त भई सकेकोले ४ किलोमिटरको मात्र केहि सिट खालि भएको होमपेजद्धारा जानाकारिमा आएको  छ ।
  जेहोस, म र वावुले ४ किलोमिटरको डौंडमा भागलिने तय गरिसकेकोले उत्त दिनको पर्खाई संगै आजको हलुका अभ्यास सकेर बिगो भाईकहा डिनरको लागि सपरिवार सहित लाग्यौं ४ बजेतिर..
 
बावु समिपको रनिङ्ग गर्दैको झलक
२ किलोमिटरलाइ ४ राउण्ड लगाएर बिश्राम गर्दै
बिगो भाईकहा डिनर अघि सयुक्त फोटो 
 

 

No comments: