Wednesday, January 28, 2015

外国人支援の為の防災訓練・Disaster Drill for International Residents

सरद डायरि । मंगलबार, माघ १३, २०७१
गत बर्षमा रजिष्टर भएको डिजास्ट्रर (भब्यत्यब्य पर्दा) अध्ययन, अनुसन्धान तथा अभ्यास गर्ने दिन हो आज । टोक्यो महानगरपालिको आयोजनामा हुने यस कार्य्रक्रम टोक्यो ताईकुकान नामक स्थानमा आज आयोजित भब्यतब्य पर्दा अपनाउनु पर्ने तरिका र उपायहरुको बारेमा बिस्तृत जानाकारि दिईने यस प्रशिक्षण जापानमा बसोबास गर्ने निश्चित बिदेशी नागरिकलाई बिशेष महत्वका साथ एकदिने प्रत्यक्ष अनुभव गराईदो रहेछ । यस प्रशिक्षण कार्यक्रमका सहभागिहरुले भब्यत्यब्य आईपरेको वेलामा सबैलाई सक्दो सरसहयोग र समन्वय गर्ने समेत मुख्य उदेश्य रहेको अबगत भयो ।  
उत्त कार्यक्रम निश्चित समय मै उपस्थिति जनाएर नाम दर्ता गर्दै मेरो जर्सि, नेम कार्ड लिएर सहभागि जनाए, जापानबासी बिश्व भरिकै  निश्चित बिदेशी सहभागिलाई ए देखी ई गरि ५ ग्रुपमा छुट्याएर एकदिने समयतालिका बिवरण जानाकारि गराईयो । जसअनुसार ९ बजे देखि सर्वसाधारण उपस्थिति र दुताबासका सहभागि (गत वर्षमै दर्ता भएको) को नाम दर्ता(जर्सि र नेम कार्ड) शुरु गरि, १०:१५ देखी भने प्रत्यक्ष अभ्यास र अध्यापन शुरु भयो ।
समयतालिका अनुसार नै पाँच बिषयमा बिभाजित, पहिलो कार्यशाला  室内防災訓練(Indoor Disaster drill) र दोस्रोमा 伝統文化(Traditional Culture),तेस्रो  屋外防災訓練(Outdoor Diaster Drill), चौठो 電話問い合わせ訓練(Telephone Drill), अन्तिममा  防災食(Japanese Emergency Rations), गरि करिवन दिउसोको एक बजे तिर सबै कार्यतालीका अनुसार नै सबै कार्य सम्पादन संगै आजको  ट्रेनिङ्ग तथा अध्ययन पुरा गरियो ।
यस कार्यक्रममा मेरो देश नेपालको प्रतिनिधित्व गर्दै म एक्लो नेपाली मात्र रहेछुकि भनेको त अचानक म संगै एउटै ग्रुपमा हाम्रा अभिभावक तथा जापानका लागि नेपाली महामहिम दम्पति (डा.मदनकुमार ज्यु र मेडम) को पनि उपस्थिति रहेको र अचानक अभ्यास गर्दा भेटेकोले खुशी हुदै नमस्कार गरे उहाहरु पनि खूशी हुदै शुरु देखी अन्तिम संम्म संगै रह्यौं । ट्रेनिङ्ग गर्ने बेलामा पनि एउटै ग्रुपमा परेकोले संगै ट्रेनिंङ्ग गर्दै भलाकुसारि संगै एकदिने यस कार्यक्रममा संम्बन्धित बिषयमा धेरै कुराहरुको हामिले जानाकारि पाउनुका साथै रमाईलो संग समय बितेको पत्तै पाएनछौं ।
जेहोस् भोलि आईपर्ने भब्यत्यब्यको लागि केहि अनुभव बटुलेको र मुकाविला गर्ने सक्षम भएको महशुष गर्दै त्यस समयको केहि झलकहरु तलतिर...

ट्रेनिङ्ग हलको प्रवेशद्धार
 

                 
                                                                            जर्सि, नेमकार्ड र ग्रुप "ए"                                       
उदघाटनको समय
 राजदुत दंम्पति डा.मदनकुमार भट्टराई र श्रीमति अम्विका भट्टराई संग  

७ रेक्टर कृतिम भुईचालोले १ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
भब्यतब्य आईपर्दा प्रयोग हुने ड्राईखानाहरु
७ रेक्टर कृतिम भुईचालोले २ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
महामहिम दंम्पतिसंग एडो सेन्च्युरिको पहिरनमा
 ९ रेक्टर कृतिम भुईचालोले ३ मिनेट हल्लाउदाको प्रत्यक्ष अनुभव
एडो सेन्च्युरिमा जापान

 राजदुत दंम्पति संग कृतिम भुईचालोको प्रत्यक्ष अनुभव लिदै

आँगो निभाउने तरिका र प्रत्यक्ष अनुभव 
एडो सेन्च्युरिमा जापान


 ७ रेक्टर कृतिम भुईचालोले २ मिनेट हल्लाउदाको अनुभव



No comments: