Monday, April 13, 2015

शान्ती पदयात्रा - ブッダ平和デモ行進2015

सरद डायरि । आईतबार, चैत्र २९, २०७१
बिगतको बर्षमा झै, आज भाईहरु (नेपाल जापान युथ क्लब र वुई फर अल) को आयोजनामा एउटा बृहत शान्ती र्यालि कार्यक्रममा सहभागि जनाउन निर्धारित समयमा हिडे । जापानी हितैषि मित्रको बिशेष अनुरोध र नेपाल, नेपाली तथा हाम्रो राष्ट्रियता संगै जोडिएको बिषय भएकोले पनि नेपाली पोसाकमा ठाटिएर गन्तब्य स्थल तिर लागे । जापानी मित्रले तुरुन्तै बिशेष कामको लागि अनुरोध गर्नुभयो, जुन हाम्रो सन्देश मुलक र्याली र शान्ती सुरक्षाको लागि खतिएका जापानी प्रहरि बिचको समन्वय गर्ने काम मैले जिम्मा पाए । सोहि अनुसार हलुका नियम पढेर सुनाउदै बिशेष ध्यान दिने कुरा बताईयो । टोक्योको मुटु मानीने सिबुया शहरको अति नै ब्यस्थ चिल्ला सडकमा ३० मिनेटको र्यालीमा धेरै जापानीहरुलाई बिशेष सन्देश र बिश्व शान्तीको अग्रदुत गौतम बुद्ध नेपाली र नेपालमा जन्मेका हुन भन्ने सुरुआत स्वरुपको सन्देश र थालनी भएको महशुस भएको छ । शान्ति पद यात्रामा,  बुद्धको जन्मोस्थल नेपाल हो ।  बिश्वमा शान्ती सधै कायम रहोस् ।।  नेपाल जापानको सम्बन्ध अमर रहोस् ।।। जस्ता नारा संगै नेपाली रातो झण्डा र नेपाली पोशाकमा सझिएका सहभागिहरुलाई हेर्ने थुप्रै जापानीहरुको घुईचो पनि थियो, अझै वृहत रुपले जापानीहरुलाई धेरै भन्दा धेरै सहभागि गराई अझै सकेमा जापानी मेडियालाई पनि संलग्न गराउन सकेमा नेपाल चिनाउन र यथार्थ पुरक सन्देश पुर्याउन सरल र सहज होला । हाम्रो ठाउबाट सधै पहल र साथ रहने नै छ, तलतिर उत्त समयको केहि झलकहरु...
 









No comments: