Monday, April 20, 2015

म्योगिसानको कोन्डोसान पहाड

सरद डायरि । आईतबार, बैशाख ८, २०७२
आज दोस्रो दिन जुन कोन्डोसान नामक पहाड जहा केहि महिना अघि मात्र केहि मान्छेले ज्यान नै गुमाएको चुनौति पुर्ण पडाह चढ्नु थियो । यो पहाड जापानकै नाम चलेको ज्यादै अप्ठ्यारो पहाड रहेछ र पहाडकै टुप्पामा बिभिन्न थरिका ठुला ठुला चट्टानमाथी फेरि चट्टार अडिएर बनेको पहाड । उचाई भने करिवन बाह्र पन्ध्रसय मिटर भएपनि त्यहा पुग्न ठुला ठुला अनकन्टार भिर, पाखा पखेरा पार गर्दै रप र बिशेष गियर बिना त चढ्नै नसकिने भिर रहेछ । अलि कति गल्ति गरेमा सिधै भिरबाट तल पुगिने तल हेर्दा पनि जिउ नै सिरिङ्ग गर्ने अति नै गाह्रो पहाड थियो ।
जेहोस, यहि पहाड चढ्नको लागि आएको र हिजो यहि पहाडको तलको फेदमा रहेको बिभिन्न रङ्ले ढकमक्क फुलेको साकुराको फुलले घेरेको बिशाल पार्कमा बास बसेका थियौं । हामि पुरूषहरु बाहिरै आकाश मुनिकै खुल्ला ठाउ र महिलाहरु भने भित्रको सेल्टरमा सुत्ने तय भएको थियो ।
बेलुका ढिला सम्म बाहिर खुल्ला मैदानमा ग्याँस बालेर खानपिन गर्दै हलुका ड्रिङ्ग पनि गरि, रमाईलो गफगाफ भलाकुसारि हुदाहुदै म त छिटै निदाएछु । बिहान आँखा खुल्दा पो बिभिन्न थरिका करिवन दुई दर्जन बढिको जंगली चरिहरुको बिभिन्न धुन र गितै गाएको जस्तो आवाजले हामि सबैलाई एकाबिहानै सत्कार गरेको क्षण भने अति बिशेष थियो ।
त्यो अति नै बिशेष क्षण र पहिलो अनुभवको महशुष गर्दै सबभन्दा पहिला उठेर, मुख धोईवरि कफि र म संग भएको चिज राखीएको रोटि सबै बाड्दै उठाएपछि सबै खुशी हुदै मोर्निङ्ग कफि सँगै पिईयो ।
त्यसपछि आ-आफ्नो खानपिन गरि सबै झिटिघुम्टा कसेेर लागियो माथी पसलेकहा सम्म । पुन त्यहि पसले कहा सबै ब्याकप्याक राखेर पुन डेढ घण्टाको हाईकिङ्ग कोर्ष पुरा गरेपछि कोन्डोसानले अनुहार देखाईहाल्यो ।
अति नै अनकन्तार भिर र तल खसेपछि त ज्यान जोगाउन नै मुस्किल पर्ने खोल्सा र खाल्टो ।
महिलाहरु त्यति जान मन नगरे पनि हामिले संम्झाउदै सबै आवश्यक गियर सेठ गरेर बिशेष तर्जुमा संगै बिस्तारै अगाडि त्यहि डरलाग्डो हायर लेवलको पहाड चढ्न ज्यानकै बाजि राखेर लागियो । म सबभन्दा अघि गएर सिकाए बमोजिम नै सबै रप सेठ गर्दै माथी चढ्न सफल भए भने संगै हाम्रो सिनियरले बिशेष सबैलाई सिकाउदै बिचबाट तल र माथी सबैलाई उनले गाईड् गर्दै सबैजना टुप्पोमा चढ्न सफल भईयो ।
माथी पडाडको टुप्पाबाट देखीने दृष्य र आनन्दपन भने भनि साध्य थिएन केहि समय त्यहि रमाएर म र सिनिएर आन्डि भने अझै अर्को टुप्पो पनि चढ्न सफल भयौं भने महिलाहरु भने एउटा टुप्पो मै हामि फर्किन सम्म पर्खेर बसे । हामि फर्केर आएपछि फेरि बिस्तारै अोर्लन निकै कष्ट भयो । पानी पर्न पनि  शुरु गरेको र ज्यादै कठिन तथा महिलाहरु तल झर्न खोजेकोले दिनको ३ बजे तिरै हाईकिङ्ग रुट हुदै तल फर्कियौ ।




बाकि बिस्तृत फोटोको लागि.........

No comments: