Thursday, January 1, 2009

नया बर्षमा मेईजिज्युन्गु मन्दिरको दर्शन ।

हाराज्युकुको भिडमा तस्बिर खिचाउदै
डेपार्ट अगाडिको एक झलक

म्याकमा चियापान गरेपछि बाहिर फोटो खिचाउदै


मेईजिज्युन्गुमा दर्शन गर्न जानु अगाढि

सरद डायरी । बुधबार, पौंष १६, २०६५

भोली बिहानिको आगमण संगै नया बर्ष २००९ को सुभारम्भ हुने भएकोले हामिहरु प्रत्येक बर्ष झै आज पनि लागियो टोक्योको प्रसिद्ध मन्दिर हाराज्युकुको मेईजिज्युन्गुमाए नामक मन्दिरमा । यो मन्दिरमा बिशेष गरेर नया बर्षको आगमण संगै एक दिन पहिलाको बेलुकाबाटै दर्शन गर्नको लागि मान्छेहरुको भिड लाग्ने गर्छ । लाखौंको संख्यामा भिड लाग्ने यो मन्दिरमा नया बर्षको पहिलो दिनमै घरपरिवारको सु-स्वास्थ्य, प्रगति र आफ्नो मनोकामना पुरा होस भनेर बरदान माग्नेको साथै दर्शन गर्न जाने चलन छ ।
हामिहरु पनि हाराज्युकुमा छिटै पुगेको हुनाले एकैछिन बजार घुम्दै म्याक्डोनाल्डमा चियापान गरि मन्दिर तिर लागियो तर दर्शन गर्ने मान्छेको भिडले गर्दा लाईनको लम्बाई त बजार सम्म लागेको रहेछ । लाईन अत्यन्तै ढिलो सर्ने भएपनि त्यहा रमणिय बातावरण थियो । २००९ को काउन्ट डाउन पनि त्यहि लाईनमै बसेर गरियो । मन्दिरको दर्शन गर्ने बेलामा त बिहानको ३ बजिसकेको पो रहेछ । भिडमा जाडो भएको पत्तो नपाईएपनि बाहिर के निक्लिएका थियौं मुटु नै हल्लाउने बिहानि जाडो थियो जापानिज रक्सि,(निहोन्स्यु) ओमोचि सिरु, (नया बर्ष मा खाने जापानि परिकार) र याकिसोबाले जिउ तताएपछि लागियो डेरा तिर ।


No comments: