Tuesday, January 13, 2009

आज देखि फेरि सुरु भयो मेरो जापानको जागिर ।

काममा ब्यस्त मित्रहरुको झलक
मेरो कंम्पनिको साईनबोर्ड(कान्बान)

एस.के आफ्नो डेस्कबाट एक्सन लिदै

हाम्रो भाडाको अफिस


सरद डायरी । मंगलबार, पुस २९, २०६५

करिब एक बर्ष पछि मेरो जापान कै अफीसमा फर्किएर आज देखी काम शुरु गर्दैछु । कंम्पनिले नै दुई बर्षको लागि अमेरिका पठाएको भएपनि एक बर्षमै फिर्ता बोलायो ।
जेहोस अमेरिका र जापानको बिबिधता, कंम्पनिको फरक ब्यबस्थापन,कामदारिको कार्यदक्षता,काम गराई र सोचाई लगायत बिबिधकुराहरु प्रतक्ष अनुभव गर्न पाउदा मलाई बिशेष खालको अनुभुति भएको छ । साथै मेरो लागि यो धेरै ठुलो उपलब्धि भएको कुरा मैले सोचेको छु ।
हाम्रो अफिस बिल्डिन्ग पनि भत्काएर नया बिल्डिन्ग बनाउने तर्जुमा भएको रहेछ । सोहि अनुरुप नया ठाउमा अफिस बिल्डिन्ग (कारि जिमुस्यो) भाडामा लिएका रहेछन यहि बर्षदेखी । त्यहि नै मेरो नया टेबल,कुर्चि ,टेलीफोन,प्रिन्टर,कम्युटर सेठ गरि राखिएको रहेछ । आज देखि यहि भाडाको नया बिल्डिन्गको नया टेबलमा बसेर काम गर्दै छु । तर २०१० सालको फेब्रवरि महिनामा भने हाम्रै कंम्पनीको आफ्नै नया बिल्डिन्ग तयार हुदै छ हेरौ कस्तो नया बिल्डिन्ग बन्ने हो ।

No comments: