Wednesday, January 21, 2009

एस,के को फिर्ता स्वागत पार्टि (कान्गेईकाई)

मित्रहरु आ-आफ्नो एक्सनमामित्रहरुलाई पर्खीदै गर्दाको एक झलक
एस,के अर्को टेबलको मित्रहरुसंग सामुहिक फोटो खिचाउदै
मित्रहरुसंग एस,के


सरद डायरी । बुधबार, माघ ८, २०६५
मेरो अमेरिकाबाटको फिर्ता स्वागत पार्टि (कांन्गेईकाई) मेरो डेपार्ट (बुस्यो) ले राखेको थियो आज । मेरो डेपार्टको नजिकै रक्सि भट्टि (ईजागाया)मा पार्टि राखिएको थियो । छेउछाउको अरु डेपार्ट(बुस्यो)को स्टाफहरुलाई पनि ब्यबस्थापक (खान्जिसान)ले निम्ता गरेको हुनाले निकै ढिला होला जस्तो लागेपनि सबै जम्मा हुदा सात मात्र बजेको रहेछ । करिब ३० जना मिल्ने मित्रहरु सबै मेरो उमेर काहरुको मात्र थियौ उत्त जमघटमा । माथिल्लो तहका मान्छेलाई बोलायो भने,दिल खोलेर कुरा गर्न नमिल्ने साथै सिनियरसंग बार्तालाप गर्न पनि अप्यारो हुने कुरा पार्टि सुरु भएपछि ब्यबस्थापक मित्रले कुरा राख्नुभयो ।
जेहोस डेढ बर्षपछि मित्रहरुसंग भेटेर पिएको हुनालेहोला ४ घन्टा बितेको त पत्तो पाईएनछ । ब्यबस्थापकले बिदाबाजि गर्ने समय भनेर भनेपछि मात्र हतारिए घर फर्किन ।

No comments: