Sunday, March 27, 2011

श्रीमती बुद्ध गौचन र श्रीमती सरिता शेरचनलाई बिदाई गरियो ।

सरद डायरि । आईतबार, चैत्र १३, २०६७

थकाली सेवा समिति जापानद्धारा आफ्नो सदस्यहरुको बिदाई कार्यक्रम जापानको कावासाकि स्थित सोल्टि फुड एन्ड बार रेष्टुरेन्टमा मार्च २७ तारिख आईतबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ । आफ्ना सक्रिय सदस्यद्धय श्रीमती बुद्ध गौचन र श्रीमती सरिता शेरचन ज्युहरु नेपाल फर्किने क्रममा उत्त कार्यक्रम थसेस जापानले आयोजना गरेको हो ।

कार्यक्रममा थसेसका अध्यक्ष शरद कुमार गौचनले नेपाल फर्किनुहुने सदस्यद्धयलाई आफ्नो संस्थाको तर्फबाट संम्झना स्वरुप उपहार प्रदान गर्दै खाता लगाई बिदाई गर्नु भएको थियो ।

साथै अध्यक्ष गौचनले मन्तब्यको क्रममा जापानमा गत मार्च ११ तारिखमा आएको यो शताब्दिकै सबैभन्दा ठुलो भुकम्पले निम्त्याएको सुनामि सहित फुकुसिमा स्थित परमाणु उर्जा केन्द्रको विकरण समस्याले विश्वलाई नै आतङ्कित र तहल्कै मंच्चाएको यस संवेदनशिल परिस्थितिमा धैर्यता अपनाई सधै सजग र सर्तक रहन आब्हान गर्नुभएको थियो साथै, हजारौं नागरिकले ज्यान गुमाएको यस दु:खद घडिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै फर्किनुहुने सदस्यहरुलाई शुभयात्राको कामना सहित बिदाई गर्नु भएको थियो ।

त्यसैगरि धौलागिरी युवा क्लबका अध्यक्ष तथा थसेस जापानका सचिव गोविन्द तुलाचनले मन्तब्यको क्रममा थकालीहरुको महान चाड फागुपुर्णीमा (तोरन्ल्ह) को उपलक्ष्यमा प्रत्येक वर्ष थसेस जापानले तोरन्ल्ह पार्टि आयोजना गरेको भएता पनि हालको जापानको परिस्थितीको कारण यस वर्ष असमर्थ भएको जानाकारि गराउदै क्षमा याचना सहित दु:ख ब्यक्त गर्नुभयो । साथै सम्पुर्ण उपस्थित महानुभावहरुलाई तोरन्ल्हको उपलक्ष्यमा हार्दिक शुभकामना सहित फर्किन लाग्नु भएका सदस्यद्धयहरुलाई सफल यात्राको कामना सहित खाता ओढाई बिदाई गर्नु भएको थियो ।

अर्का बत्ता थसेसका उपाध्यक्ष शशि गौचनले नेपाल फर्किन लाग्नु भएका सदस्यहरुलाई खाता ओढाई गर्नुहुदै २० औं शुभकामना साँझ जापानको हालको बिषम परिस्थितिका बावजुद अर्को बिज्ञप्ति प्रकाशन नहुदा सम्मका लागि स्थगित गरिएको छ । तर हालको क्रमिक सुधार सहित जापानको लामो छुट्टि पर्ने गोल्डेन वुईकमा २० औं शुभकामना साँझ तोरन्ल्ह तथा नेपाली नया वर्षको उपलक्ष्यमा आयोजना गरिने अन्तिम तयारि द्रुत गतिमा भईरहेको कुरा ब्यक्त गर्नु भएको थियो । तिथिमिति र बिस्तृत कार्यक्रम विबरण पनि छिट्टै सार्वजनिक गरिने समेत उहाले अबगत गराउनु भएको थियो ।

त्यसैगरि यस बिदाई समारोहमा, तमुधीं जापानका उपाध्यक्ष भिम तमु र शेर्पा संघका सल्लाहाकार तथा वुईलभ नेपालका प्रधान संम्पादक सोनाम शेर्पाले नेपाल फर्किनु लाग्नु भएका सदस्यहरुलाई खाता ओढाई बिदाई गर्नुभएको थियो ।

जापानको बर्तमान अबस्थालाई मनन गर्दै नाचगान तथा मनोरञ्जन कार्यक्रम नगरिएको उदघोष गर्दै थसेसका सह-कोषाध्यक्ष दिपक गौचनले फर्किनुहुने सदस्यहरुको निमित्त भावपुर्ण गजल समर्पण गर्दै उपस्थित महानुभावहरुलाई भावुक बनाउनु भएको थियो ।

ठुलो जमातमा उपस्थित फर्किनुहुने सदस्यद्धयहरुका आफन्तजन लगायत थुप्रै मिन्त्रबन्धुहरुले सामुहिक खाता ओढाई बिदाई गरिएको यस कार्यक्रम बेलुकाको ५ बजेदेखि रातीको १२ बजेसम्म अति नै सौहार्दपुर्णरुपले पारिवारिक बातावरणमा सोल्टि डाईनिङ्गको मिठो थकाली परिकार संगै सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार प्रकाशन भएका केहि लिन्कहरु तलतिर .......



No comments: