Thursday, March 24, 2011

प्राप्त पत्रको बारेमा थसेसको तर्फबाट स्पष्टिकरण तथा अबधारणा ।


सरद डायरि । बुधबार, चैत्र ०९, २०६७
जापानमा च्याँउ सरि उम्रिएको संस्थाहरु जुन टोल, गाउ,क्लव,जातिय र राजनैतिक उदेश्य र पहिचान दिदै भेटघाट,गोष्टि, सेमिनार वा जमघटमा उत्त संस्थाको प्रतिनिधिको नाता हो भन्दै नेता सैलीमा भाषण गर्ने जुन होडबाजि भएको देखिएको छ, यस संम्बन्धी हामि सबैले छिटै बिचार पुर्याउने हो कि ? बोल्दैमा के जानु भन्दैमा सिन्को नभाच्नेले, नेपालका हाम्रा नेताले वाईकाद, ५ बर्षमै सिङ्गापुर र स्विजरल्यान्ड बनाउछु भन्या जस्तै भ्रामक प्रचार सहित जापानमा पनि नेपालका नेता भन्दा के कम हामि.. भने जस्तै देखिन्छ ।
जापान जस्तो सभ्य र मिहेनत जापानी समुदाय बिच रहेका नेपालीहरुलाई पनि कहिले बुद्धी पलाउने होला । आफुले गर्न सक्ने र भएको कुरामा मात्र सिमित रहेमा के को लाज? वा काम सम्पन्न गरेर मात्र बोल्ने बानि बसाल्दा कसो होला ? छिटै बुद्धि पुर्याउने हो कि?
यसै क्रममा हाम्रो संस्था थसेस जापान, जो जापानमा आज भन्दा २० बर्ष अघि स्थापना भई निरन्तर सामाजिक सेवामा कार्यरत यस संस्थाले आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाईसकेको बर्तमान अबस्था छ ।
यसै सन्दर्भमा हाम्रै हितैषि संस्था भित्रका केहि नेता भनाउदा, अरुले तपाई भन्नु कहा छ कहा आफै मपाई भन्ने, आफुले पनि गर्न नसक्ने तर अरुले गरेको पनि सहन नसक्ने र नितान्त आफ्नो ब्यक्तिगत स्वार्थ र फाईदाको लागि उत्त संस्थालाई समेत मुछने गरि सबैको सहमति भन्दै संस्थाको प्रतिनिधित्वको असल,कुषल र सोझोपनलाई प्रयोग गरेर फाईदा उठाउन खोज्ने भाईरस, कंसिगरको प्रयासले हामिलाई समेत च्यालेन्ज गरेको छ । साथै यस भ्रामक सुचना प्रषारण गर्ने उदेश्य र जापानमा क्रियाशिल संघसंस्था सबैलाई समेत लक्षित गरि अपमान गरिएको यस पत्राचारिताले हामिलाई आश्चर्य चकित बनायो ।
जेहोस, उत्त पत्रको बारेमा हाम्रो स्पष्टिकरण सहित अबधारणा (माथी) पनि प्रष्टै पारिदियौं ।
प्राप्त पत्र जस्ताको तस्तै (तल)...

मिति : २०११-०३-१५ (मंगलबार)

श्री अध्यक्ष ज्यु,
थकाली सेवा समिति, जापान

बिषय :- धन्यबाद ज्ञापन

महोदय,
उपरोत्त सम्बन्धमा तपाईको संस्थाले आयोजना गर्न लागि रहेको २० औं शुभकामना साँझ कार्यक्रमका लागि हाम्रो संस्थालाई पनि निमन्त्रणा गरि पत्र पठाउनु भएकोमा हृदय देखी नै धन्यबाद ज्ञापन गर्दछौं र प्रवासी भुमिमा रहेर पनि जातिय पहिचानलाई सदैव जोगाई राख्न थकाली सेवा समिति जापानले गर्दै आईरहेको जुनसुकै कार्यक्रमहरुमा पनि हाम्रो संस्थाको तर्फबाट सहभागिता, सहयोगका साथ् आज हाम्रो संस्था र तपाईको संस्था बिचको सुमधुर सम्बन्धलाई प्रगाढ गर्दै हामि यो स्थान सम्म आईपुगेको कुरा यहाहरुलाई सर्वबिदितै छ । प्रवाशी भुमिमा नेपाली जनजाती संघ संस्थाहरुले नेपाली संस्कृतिलाई माया गरेर नेपाल देखी चर्चित कलाकारहरु जापानमा ल्याई बिभिन्न सांगितिक कार्यक्रमहरु पनि गर्दै आईरहेको हामि सबैलाई थाहा नै छ यसै क्रममा बिगत केहि समय अगाडि हाम्रो संस्था तमु धीं टोक्यो जापानले नेपाल देखी कलाकार राजु लामा र अन्जु पन्त लाई कार्यक्रमका लागि निमन्त्रणा गरेका थियौं तर यहा आई कार्यक्रम गरे बापत उहाहरुले पारश्रमिक स्वरुप आफुहरुलाई चाहिने रकम सम्बन्धमा अत्यन्तै निच ढंगले हाम्रो संस्था संग बार्तालाब गर्नुका साथै बिदेशी भुमिमा हामि नेपाली संघ संस्थाहरुले नेपाली पन र नेपालको प्याश मेटाउनका लागि गरिने सांगतिक कार्यक्रमहरुमा यस्ता अहमता र कला संग भन्दा पनि पैसालाई बढी प्राथमिकता साथ् लिएर कार्यक्रम आयोजकलाई नै डुबाउन खोज्ने कलाकार द्धय राजु लामा र अन्जु पन्तलाई भरसक जापानमा नल्याउने र कहि कतै कुनै संघ संस्थाले ल्याई हालेमा पनि ति कलाकारका कुनै पनि कार्यक्रमलाई हाम्रो संस्था तमु धीं टोक्यो जापानले बहिष्कार गर्ने भन्ने निर्णय गरेको यहाहरुलाई जानाकारि गराउन चाहान्छौं । अन्त्यमा तपाई अनि हाम्रो संस्था बिचको सुमधुर सम्बन्ध सदैव प्रगाढ रहि रहने छ । धन्यबाद ।


भवदिय,
अध्यक्ष, याम तमु
महासचिब, कुमार तमु
तमु धीं टोक्यो जापान परिवार

No comments: