Wednesday, May 4, 2011

२० औं शुभकामना साँझका कलाकारहरुको आगमन ।

















सरद डायरि । बुधबार, बैशाख २१, २०६८

आज बिहानको ८:१० मा नारितामा ल्यान्ड हुने समयतय भएको नेपाल देखि आमन्त्रित कलाकारहरुलाई लिन एअरपोर्ट जान पर्ने भएकोले छिटै उठ्नु थियो । हिजो नै कोषाध्यक्ष भाई बुद्धि गौचन संग सल्लाह भईसकेको थियो साढे छ बजे ईकेबुकुरो स्टेशनमा भेटेर ६:४५ को नारिता एक्सप्रेसमा नारिता जाने ।


गोल्डेन वुईकको लामो छुट्टिको कारण पनि नारिता एअर्पोर्ट जाने ट्रेन पनि समय निकै परिवर्तन भएकोले टिकटको राम्रो टाईमिंङ् नमिलेमा निकै कुर्नु पर्ने रहेछ ।

जेहोस, बुद्धि भाईले साढे पाँचमै स्टेशन आईपुगेर छिटै आउनुस भन्दै फोन आउदा खेरि पो म त निन्द्रै मै भनेछु आउछु भन्दै । तर एकैछिन पछि आँखा खुलेपछि पो थाहा भयो, बिहानको ५:३५ भएको रहेछ ।

मुख धोई ओरि, लागे स्टेशन तिर भाईले पर्खिराखेका रहेछन् । नारिता एक्सप्रेस ६:४५ को टिकट लिएको कारण पनि अझै १ घण्टा कुर्नु थियो र नारितामा भने ८:०० बजे पुग्ने तय भएकोले ठिकै होला भन्दै कफि सप तिर लागियो चियापानको लागि ।

निकै भिड भएको कारण, मोर्निङ्ग सेट टेकआउट लिएर ट्रेन मै खादै एअरपोर्ट जाने निधो गरियो ।

बिडम्बना, ईकेबुकुरो नारिता एक्सप्रेसलाई कुर्दा कुर्दा ट्रेन नआउदा पो थाहा भयो ट्रेनको ट्रवल भएको कारण सिन्जुकुबाट अर्को नारिता एक्सप्रेसमा चढ्नुस भन्ने जानाकारि आयो । करिव ७:२५ तिर सिन्जुकुबाट लागियो नारिता एअर्पोर्ट तिर ।

एअरपोर्टमा करिव साँढे आठ बजे पुग्दा त कलाकारद्धयहरु त बाहिर निक्लेर हामिलाई पो खोज्दै हुनुहुदो रहेछ, मेरे सामुन्ने फिस्टे भाई र अन्जु बहिनिलाई भेटेपछि पो भयो ढुंक्क ।

यहि समाचारको बारेमा जापानमा क्रियाशील निम्न मेडियाले लेखेको समाचारहरु जस्ताको तस्तै.....



अन्जु पन्त र गोपाल नेपाल जापान आईपुगे

टोकियो, बैशाख २१ - जापानमा गएको महाभुकम्प र त्यसपछि आएको सुनामी र आणविक विकिरणद्धारा त्रसित जापानबासी नेपाली समुदायको अनुहारमा केहि पलको लागि भएपनि खुशी बाड्न चर्चित गायिका अन्जु पन्त र हास्यब्यंग कलाकार तथा नृत्यकार गोपाल नेपाल "फिस्टे" टोकियो आईपुगेका छन ।

थकालीहरुको महानपर्व फागुपुर्णिमा (तोरन्ल्ह) को उपलक्ष्यमा नेपाल पर्यटन बर्ष २०११ को सन्दर्भलाई समेत जोडेर थकाली सेवा समिति जापानले आयोजना गर्न गईरहेको २० औं शुभकामना साँझमा सहभागिता हुन उनिहरु जापान आएका हुन । उनिहरुलाई नारिता अन्तराष्ट्रिय बिमानस्थलमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन र कोषाध्यक्ष बुद्धि गौचनले स्वागत गरेका छन ।

बिहिबार अपरान्ह ३ बजेदेखि ईकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा सुरुहुने शुभकामना साँझमा गायिका पन्तले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन भने कलाकार फिस्टेले प्रहसन र नृत्य प्रस्तुत गर्नेछन । साथमा जापानमा बसोबास गरिरेहेका स्थानिय नेपाली कलाकारहरुको समुहले पनि आफ्नो प्रस्तुती देखाउनेछन ।

कार्यक्रमका संयोजक राजु शेरचनले जानाकारि गराए अनुसार कार्यक्रमका लागि सबैखाले तैयारि पुरा भईसकेको छ । जापानमा गोल्डेन वुईकको बिदा परेका कारण बिदाको सदुपयोग गर्दै कार्यक्रममा उपस्थित हुन सबै नेपालीहरुलाई थसेस अनुरोध गरेको छ । संयोजक शेरचनका अनुसार कार्यक्रमबाट उठेको केहि प्रतिशत रकम जापान रेडक्रस मार्फत भुकम्प तथा सुनामी पीडित राहात कोषमा जम्मा गरिने छ ।




अन्जु पन्त टोकियो आईपुगिन्

४ मई, २०११ - थकाली सेवा समिति जापानको भोलि ५ तारिख बिहिबारका दिन टोकियोमा हुन गईरहेको २० औं शुभकामना साँझको लागि नेपालबाट आमन्त्रित बहुचर्चित एवं सर्वाधिक ब्यस्त गायिका अञ्जु पन्त आज बिहान टोकियो आईपुगेकी छिन् । उनिसंगै चर्चित हास्य कलाकार एवं नृत्यकार गोपाल नेपाल "फिस्टे" पनि आजै नारिता बिमानस्थलमा ओर्लेका हुन ।

कलाकारद्धयलाई आयोजक संस्था थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन र कोषाध्यक्ष बुद्धि गौचनले नारिता अन्तराष्ट्रिय बिमानस्थलमा खादा ओढाई स्वागत गरेका थिए ।

भोलि ईकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा अपरान्ह ३ बजेदेखि हुने सो शुभकामना साँझ कार्यक्रममा चर्चित गायिका पन्त र अर्का चर्चित हास्यकलाकार गोपाल नेपालको बिशेष आर्कषण सहितको साँगितिक कार्यक्रम हुने भएको छ । साथमा स्थानिय कलाकारहरुको साँगितिक प्रस्तुतीहरु समेत रहने सो कार्यक्रमको सबै तैयारिहरु पुरा भईसकेको कुरा आयोजकहरुले जनाएका छन् ।

सर्बाधिक चर्चित गायिका पन्त बर्षभरिनै अत्यन्त ब्यस्त गायिका मानिन्छन् । एक कार्यक्रमका लागि मलेसिया गएकि उनि हिजो बिहान मात्रै त्यहाबाट फर्केर साँझ जापानको लागि उडेकि थिईन् । थसेसको भोलि १ दिनको कार्यक्रम सकेर गायिका पन्त पर्सि नै स्वदेश फर्कने बताईएको छ ।

गायिका अञ्जुका दर्जनौ मार्मिक गीतहरु बजारमा हिट भएका छन । अञ्जुको उत्कृष्ट साँगितिक प्रस्तुती जापानका नेपालीहरुले धेरै पहिलेदेखि हेर्ने जमर्को गर्दै आएको भए पनि अहिलेसम्म तारतम्य मिलेको थिएन । यसपटक भने थकाली सेवा समितिले जापानका नेपालीहरुबिच अञ्जुलाई उभ्याउन सफल भएको छ ।

अञ्जुसंगै फिस्टेको जोड्दार धमाकाका बिच भोली सम्पन्न हुन गईरहेको २० औं शुभकामना साँझमा उत्साहजनक सहभागिता जनाई यसपालीको "गोल्डेन वुईक" बिदालाई स्मरणीय तुल्याउने अवसर नगुमाउन आयोजकहरुले जापानबासि नेपालीहरुलाई चुल्हे निम्ता गरेका छन ।




अन्जु पन्त र फिस्टे जापानमा

४ मे, टोक्यो । थकाली सेवा समिति जापानले भोली अर्थात बिहिवार आयोजना गर्न लागेको २० औं शुभकामना साँझमा सहभागी हुन गायिका अन्जु पन्त र हास्यकलाकार गोपाल नेपाल "फिस्टे" बुधबार बिहान जापान आईपुगेका छन ।

कलाकारहरुलाई नारिता अन्तराष्ट्रिय बिमानस्थलमा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन र कोषाध्यक्ष बुद्धि गौचनले स्वागत गर्नुभएको थियो ।

बिहिबार अपरान्ह ३ बजेदेखि ईकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा शुरु हुने शुभकामना साँझमा गायिक पन्तले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन भने कलाकार फिष्टेले प्रहसन र नृत्य प्रस्तुत गर्नेछन । साथमा जापानमा बसोबास गरिरहेका स्थानीय नेपाली कलाकारहरुको समुहले पनि आफ्नो प्रस्तुती देखाउनेछन ।

कार्यक्रमका लागि सबैखाले तैयारि पुरा भईसकेको संस्थाका अध्यक्ष गौचनले जानाकारि दिनुभयो । जापानमा गोल्डेन वुईकको बिदा परेका कारण बिदाको सदुपयोग गर्दै कार्यक्रममा उपस्थित हुन सबै नेपालीहरुलाई थसेसले अनुरोध गरेको छ ।



No comments: