Friday, May 6, 2011

२० औं शुभकामना साँझ भब्यताका साथ सम्पन्न ।























































सरद डायरि । बिहिबार, बैशाख २२, २०६८


आज २० औं शुभकामना साँझ भब्यताकासाथ सम्पन्न गरियो । २,३ महिना अघि देखि यस कार्यक्रममा लागि पर्दै जुटेका कारण निकै थकाई र मेन्टल्लि टेन्सन भएपनि आज देखि भने केहि हलुका भएको महशुस गरेको छु । अझै कलाकारहरुलाई नेपाल फिर्ता पठाउन बाकि मात्र बाकि छ त्यसपछि पो हाईसन्चो हुने हो कि ?

जेहोस, यस कार्यक्रमको बिभिन्न मेडियामा प्रसारित समाचार जस्ताको तस्तै ......
थकाली सेवा समिति जापानको २० औं शुभकामना साँझ आज टोक्योमा बिविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ ।

टोक्यो ईकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा भएको सो कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका अञ्जु पन्त र हास्यकलाकारद्धय गोपाल नेपाल "फिस्टे" र मनोज आचार्य "खुराफाति हाकिम" को जोडदार प्रस्तुती रह्यो ।

उत्त शुभकामना साँझको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा एनेकपा माओबादीका स्थायी समितिका सदस्य एवं सभासद अमिक शेरचनले थकाली जातीखो लोकप्रिय खेलको रुपमा रहेको ताराखेलको धनुषबाण प्रहार गरेर समुदघाटन गरेका थिए । सो अवसरमा एनआरएन आईसीसीका प्रवत्ता डा.कुमार बस्नेत र एनआरएन जापानका प्रवत्ता डा. राजेन्द्र प्रसाद पराजुलीले थकालीहरुको ४ देवताको तस्विरमा खादार्पण गरेका थिए ।

कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा. गणेश योञ्जन तामाङले पठाएको शुभकामना सन्देश पढेर सुनाइयो । शुभकामना सन्देशमा हालै जापानमा आएको महाभुकम्प तथा सुनामीका कारण सिंगो जापान शोकमा डुबेको घडिमा दुताबासले कुनै पनि उत्सवजन्य कार्यक्रमको आयोजना नगर्ने र सहभागी पनि नहुने नीति अपनाईएकोले यस कार्यक्रममा पनि उपस्थित हुन नसकेको जनाउदै कार्यक्रम सफलताको कामना गरिएको थियो ।

भुकम्प तथा सुनामीमा परि दिवंगत हजारौं आत्माको चिरशान्तिको कामनामा १ मिनेट मौनधारण गर्दै शुरु भएको कार्यक्रममा गायिका पन्तले पनि पानसमा बत्ति बाली मृतात्माहरुको चिरशान्तिको कामना गरिन् । आमन्त्रित कलाकारहरु अञ्जु पन्त, गोपाल नेपाल "फिस्टे" र मनोज आचार्य "खुराफाति हाकिम" लाई संस्थाका अध्यक्ष शरद कुमार गौचनले फुलको गुच्छा र खाता ओढाई स्वागत गरेका थिए भने कार्यक्रमको प्रायोजन गरेर सहयोग गर्ने ब्यबसायीहरुलाई प्रमुख अतिथि शेरचनद्धारा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा गत मार्च ११ का दिनमा जापानमा आएको भुकम्प र सुनामीबाट सिंगो जापान शोकमा डुबेको सन्दर्भमा नेपालीहरु पनि जापानीहरु संगै रहेको सन्देश प्रवाह गर्ने खालको प्ले कार्ड प्रदशन गरि एक्यबद्धता जनाईएको थियो ।

त्यसपछि शुरु भएको साँगीतिक कार्यक्रमको शुरुवातमा थकाली गीतमा नृत्य प्रदर्शन गरियो भने गोपाल नेपाल र मनोज आचार्यको अलग अलग हाँस्य प्रहसन प्रदशन गरियो ।

त्यसपछि रंगमञ्चमा प्रस्तुत हुदै गायिका अञ्जु पन्तले "जिन्दगी यो फुलै फुलको थुंगो, मलाई बाँसुरीले रुवायो, हाँस्नलाई ओंठ खोले, यो मायाको संसारमा आज धेरै गाह्रो भयो, तिमीले पराई ठानेपछि, पराई हुन के भयो र? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? जस्ता गहकिला एवं अति चर्चित गीतहरु गाएर दर्शकहरुलाई भावबिभोर तुल्याउनुका साथै भरपुर मनोरञ्जन पनि प्रदान गरिन् ।

यसैगरि गायिका पन्तले मेरो मनको ढुकढुकीमा मायालुको बास भयो, तिर्खा लाग्यो पानी खाए, मैले के विराए, न विर्से तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, सुनकोशीले सुसेलेको दुधकोशीले सुन्छ, बनमा फुल्यो फुलैफुल जस्ता दर्जनऔ चर्चाको शिखरमा रहेका गीतहरु गाएर जापानका नेपालीहरुको मन जित्न र नचाउन सफल भईन् अञ्जुले गीत गाईरहे, रंगमञ्चमा छाईरहे उनको गीतबाट दर्शकश्रोताहरु कहिल्यै अघाएनन् । बरू वान्समोरको अनुरोध थपिनैरह्यो ।

कार्यक्रममा स्थानिय कलाकारहरुमा हिपहप ब्रोहरुको रयाप गीत, दिपक गौचनको माकुरी जालैमा, बस्यो माया गाजलु आँखैमा, बोलको गीतमा नृत्य, फिस्टे र सन्तोषी गौचनको युगल हाँस्य नृत्य, शित्तल योञ्जनको एकल गीतले पनि कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए ।

यसैगरि हाँस्यकलाकारद्धय फिस्टे र खुराफाती हाकिमको युगल प्रस्तुती म:म: पसल मार्फत नेपाली राजनीतिमा बिद्यमान विकृति र बिसंगतिको उछिट्टो मात्र काढेनन् नेताहरुले देश र जनताका लागि काम गर्न सवक सिकाएका थिए ।

कार्यक्रमको अन्ततिर संस्थाका अध्यक्ष शरद कुमार गौचनले कार्यक्रम सफल पार्न सहयोग गर्ने संम्बन्धित सबैप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

जापानमा अहिलेसम्म भएका साँगीतिक कार्यक्रमहरु मध्ये थसेसको २० औं शुभकामना साँझ मार्फत अञ्जु पन्त जापानमा उत्कृष्ट र स्थरिय साँगीतिक प्रस्तुती दिन सफल कलाकारका रुपमा दरिएकि छिन् । अञ्जुले गाएका दर्जनौं गीतहरु जति सबै त्यतिकै वजन्दार र मार्मिक मानिए त्यसैले त दर्शकहरुले पटक पटक वान्समोर गरेर अञ्जुला दोहोर्याएर गाउन बाध्य बनाएका थिए । सुरिलो स्व र जादुमय गायन कलाकी धनी अञ्जुको दमदार साँगीतिक प्रस्तुतीबाट उनी जापानका नेपालीहरुमा गहिरो छाप छोड्न सफल भएकी छिन ।

कार्यक्रमको पहिलो सत्र महासचिव अनिल भट्टचनले सञ्चालन गरेका थिए भने दोश्रो चरणको साँगीतिक कार्यक्रम भने सह-कोषाध्यक्ष दिपक गौचन र संस्थाकी सक्रिय सदस्य सन्तोषी गौचनले संचालन गरेका थिए ।

बिस्तृत फोटो ग्यालरि पार्ट-२
वुईलभनेपाल डटकम (समाचार)
वुईलभनेपाल डटकम (फोटो ग्यालरि)
नेपालजापान डटकम (समाचार)
नेपालजापान डटकम (फोटो ग्यालरि)
समुद्रपारि डटकम
टोक्योनेपाल डटकम
थसेसजापान डटकम

No comments: