Sunday, July 24, 2011

थसेस जापानको समर बार्वेक्यु (बनभोज) कार्यक्रमको अन्तिम तयारि पुरा ।

सरद डायरि । शनिबार, ७ साउन, २०६८

२३, जुलाई २०११ । थकाली सेवा समिति, जापानद्धारा भोलि जुलाई २४ तारिख आईतबारका दिन आयोजना गर्न गईरहेको समर बार्वेक्यु (बनभोज) कार्यक्रमको अन्तिम तयारि पुरा भईसकेको कुरा आयोजकको तर्फबाट संयोजक नपेन्द्र भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ । "हरियालि रमणीय स्थलसंगै समुद्र नजिकैको मनोरम दृश्यावलोकन एवं शुद्ध र गुणस्तरिय मासुको परिकारले हार्दिक स्वागत गर्दछौं - बिज्ञप्तिमा भनिएको छ ।

साथै उत्त बनभोज कार्यक्रममा अर्को रोचक पक्ष रहेको पुरुष र महिलाको लागि छुट्टाछुट्टै खेलकुद एवं मनोरञ्जनात्मक कार्यक्रमको पनि अन्तिम तयारि पुरा भईसकेको र साथमा खेल बिजेताको लागि आकर्षक थुप्रै पुरस्कारहरुको ब्यबस्था समेत गरिएको कुरा खेलकुद संयोजक दिपक गौचनले बताउनु भएको छ ।

प्रत्येक बर्ष आयोजना गरिने यस समर बार्वेक्यु कार्यक्रम यो बर्ष देखि नया ठाउ, सिन्किबा नामक स्टेशन नजिकैको तोरिचु युमेनो सिमा कोयनमा किटान समय मै शुरुवात सहित अन्त गरिने जनाईएको छ ।

जापानबासी आम नेपाली तथा जापानीहरु तथा अन्य महानुभावहरुलाई उपस्थितिको लागि अध्यक्ष शरद कुमार गौचनले हार्दिक अनुरोध गर्नुभएको छ ।








No comments: