Tuesday, July 26, 2011

थसेसको बार्वेक्यु (२०११) ताँमझाँमका साथ सम्पन्न ।











सरद डायरि । सोमबार, ०९ साउन, २०६८

थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना गरिने समर बार्वेक्यु कार्यक्रम जापानबासि नेपालीहरु तथा जापानीहरु बिच गत २४ तारीख आईतबारको दिन सिन्किबास्थित तोरिचु युमेनो कोएनमा भब्यताका साथ सम्पन्न भएको छ । करिवन २०० जनाको हाराहारिको उपस्थितिमा सम्पन उत्त कार्यक्रमको बिशेष आकर्षण विविध खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम संगै नेपालको तराई टिभि च्यानलद्धारा छायाङ्कन समेत गरिएको थियो ।



महिलाको लागि म्युजिकल चियर खेल, चुंन्गि खेल र पुरुषको लागि पनि चुंन्गि खेल अति नै सौहार्दपुर्ण बातावरणमा पुर्ण ब्यवस्थितका साथ खेलकुद संयोजक तथा सह-कोषाध्यक्ष दिपक गौचनले कुशलता पुर्वक खेलाउनु भएको थियो । पुरुषको लागि राखीएको छेलो फाल्ने खेल भने समय अभावका कारण बिचैमा स्थगति गर्नुपरेकोले यसबाट पर्न गएको असुबिधाको लागि सम्बन्धित सबैलाई यस बार्वेक्यु कार्यक्रम संयोजक तथा सल्लाहाकार नपेन्द्र भट्टचनले क्षमा याचना ब्यक्त गर्नु भएको छ ।

यद्यपी अन्य सम्पुर्ण खेल भने निष्पक्ष र प्रतिस्प्रधात्मक रुपमा अगाडि बढाउदै महिला तर्फको म्युजिक चेयर खेलका बिजेता क्रमश सारदा भट्टचन प्रथम, दिना गौचन दृतिय, सुनिता भट्टचन तृतिय र स्पोट गौचन सान्त्वना पुरस्कार हात पार्न सफल हुनु भएको थियो भने महिला तर्फकै अर्को चुंन्गि खेलमा सानु लामा, सबिता शेरचन, नगिना गौचन र बिजयता प्रधानले क्रमश प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार जित्नु भएको थियो ।

त्यसैगरि पुरुष तर्फको चुंन्गि खेलमा ६२ पटक लिफ्टिंङ्ग गरि जिवन भट्टचन प्रथम,५२ पटक लिफ्टिंङ्ग गरि महेश महर्जन दोस्रो, ३६ पटक लिफ्टिङ्ग गरि सुदन थापाले तेस्रो र अनौठो (सरप्राईज) पुरस्कार सबभन्दा कम १ पटक मात्र लिफ्टिंङ्ग गर्ने जित गौचनलाई समेत सान्त्वना पुरस्कारले पुरस्कृतित गरिएको थियो ।

आफ्नो निजि भ्रमणको क्रममा जापान रहनु भएका प्रमुख अतिथिको रुपमा बरिष्ठ समाजसेवि तथा थसेस भरतपुर, चितवनका पुर्व अध्यक्ष समर शेरचन ज्युले सबै बिजेता खेलाडिहरुलाई पुरस्कार बितरण गर्दै हार्दिक बढाई ज्ञापन गर्नु भएको थियो ।

साथमा भाग्यशाली राफल चिठ्ठा स्वरुप गोलापालो झिक्दै दर्ता नामावलिको आधारमा सहभागि सम्पुर्ण महानुभावहरुको बिचबाट दर्जन बढिलाई बिभिन्न रेष्टुरेन्ट, कंम्पनिहरुबाट प्रायोजन गरिएको डिनर कुपन, नेपाली बियर, रम र नेपाली टिभि च्यानल हेर्न आवश्यक ईक्युमेन्टहरुको पुरस्कारहरु एनआरएन आईसिसिका सदस्य अरुण कुमार श्रेष्ठ र न्यु आईटि भेन्चर तथा तमुधीं जापानका सल्लाहाकार ओम प्रकाश तमुको हातबाट बितरण गरिएको थियो ।

औपचारिक भन्दा मनोरञ्जन तथा खेलकुद तर्फ बढि केन्द्रित गरिएको यस समर बार्वेक्यु कार्यक्रममा वुईलभ नेपालका संम्पादक सोनाम शेर्पा, नेपालजापान डटकमका प्रधान संम्पादक शरद शेरचन, तमुधी जापानका सल्लाहाकार ओम प्रकाश तमु, उपाध्यक्षद्धय हर्क तमु र भिम तमु, महा-सचिब कुमार तमु, मगर समाज जापानका संरक्षक नबिन थापा मगर, नेपाली समाज जापानका उपाध्यक्ष डा.दिनेश मानन्धर, जनजाति महासंघ टोक्योका अध्यक्ष ध्रुव भट्टचन, एनआरएन जापानका सल्लाहाकार ओम तमु, एनआरएन आईसिसिका सदस्य अरुण कुमार श्रेष्ठ, नेपाली तराई टेलिभिजन च्यानलका क्यामरामेन रमेश श्रेष्ट र डाईरेक्टर रामहरि खड्का, थकाली राष्ट्रिय मुत्तिमोर्चाका उपत्यका ईन्चार्ज राजु शेरचन र थकाली सेवा समिति भरतपुर, चितवनाक पुर्व अध्यक्ष तथा जनजाति महासंघ कोषाध्यक्ष समर शेरचन ज्यु लगायतका बिशिष्ट ब्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

खानपिन, मनोरञ्जन तथा अन्य बिबिध हिसाबले ऐतिहासिक रुपमा सफल भएको ठोकुवा गर्दै संस्थाका अध्यक्ष शरद कुमार गौचनले आजिआन किचन देवि हातानोडाई, सोल्टि फुड एन्ड बार कावासाकि, एभरेष्ट डाईनिङ्ग एन्ड बार आकासाका, लिटल बुद्ध ईकेबुकुरो, हिमालयन मुन काफे हाच्योबोरि, भट्टचन थेप्पान याकि ओचुका, माया रेष्टुरेन्ट गोतान्डा, मयुर कंम्पनि लिमिटेड, ईदाबासि, न्यु आईटि भेन्चर काचुसिकाकुलाई प्रायोजन गरि सहयोग गर्नु भएकोमा बिशेष धन्यबाद दिदै आफ्नै टिमका सम्पुर्ण सदस्यहरु लगायत आम उपस्थित महानुभावहरुलाई समेत धन्यबाद ज्ञापन गर्नुहुदै फेरि अर्को बर्ष भेट्ने बाचाकबुल सहित कार्यक्रम समापन गर्नु भएको थियो ।


वुईलभनेपाल डटकम (फोटो ग्यालरि)






नेपालजापान डटकम (फोटो ग्यालरि)




समुद्रपारि डटकम (फोटो ग्यालरि)


No comments: