Sunday, July 31, 2011

विश्व साईकलयात्री दाहाललाई थसेस द्धारा सम्मान ।



सरद डायरि । शनिबार, १४ साउन, २०६८

सौरभ दाहाल जो १३ बर्ष को उमेर देखि बातावरण संरक्षण र सबैको लागि समान शिक्षा आभियानको नारा बोकेर बिश्व साईकल यात्रा शुरुआत गरेका ब्यक्तित्व हुन ।

उनले ११ बर्षको अन्तरालमा ३६औं राष्ट्रको रुपमा जापानमा खुट्टा टेकेका रहेछन । दक्षिण कोरियाबाट जापान आगमनको लागि ठुलो प्रयासरत पछि करिव १ महिना पछि मात्र जुलाईको अन्तिम हप्तातिर जापान छिर्न सफल भए लगत्तै मलाई फोन आयो उहाको। कारण उत्त समय मै थसेस जापानद्धारा बार्वेक्यु कार्यक्रम २४ जुलाईमा आयोजना गर्ने तालमेल मिलाईएको थियो । तर अपसोच उत्त दिन उहा आउन नसक्ने जानाकारि प्राप्त भयो र अर्को कुनै दिन भेटघाट गर्ने टेलीफोन बार्तालाप सहित फोन राखीयो ।

जुलाईको ३०,३१ मा आयोजित नेपाली महोत्सव २०११ ले उत्त साईत जुराईदियो ।

हामिले पनि हाम्रो आफन्त पाहुनालाई सानो स्वागत तथा सम्मान गर्ने कार्यक्रम राखेका थियौं । उत्त कार्यक्रममै दिन एकमुष्ठ विश्व साईकल यात्रि सौरभ दाहाल ज्युलाई पनि यात्राको सफलताको कामना सहित सानो आर्थिक सहयोग गर्ने उदेश्य अनुरुप कार्यक्रम गर्ने जानाकारि गराउदै निम्तो दिए ।


मेडियामा आएको समाचार जस्ताको तस्तै .....

३१ जुलाई २०११। वातावरण संरक्षण र सबैको लागि शिक्षा अभियान सहित विश्व भ्रमणमा निस्कनु भएका विश्व साईकल यात्री सौरभ दाहाललाई थकाली सेवा समिति जापानले सम्मान गरेको छ ।

दाहाललाई थकाली सेवा समिति जापानले एक कार्यक्रमका बिच स्वागतका साथै आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा दाहालले आभार ब्यक्त गर्दै आफ्नो यात्राको भिडियो र फोटोहरु देखाउदै भ्रमणको स्मरणहरु सुनाउनु भएको थियो ।

कार्यक्रममा साईकल यात्री दाहाललाई समितिका अध्यक्ष शरद कुमार गौचन तथा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष ध्रुव भट्टचनले खादा लगाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन महा-सचिब अनिल भट्टचनले गर्नु भएको थियो ।

No comments: