Saturday, August 27, 2011

एनआरएन जापानको नवनिर्वाचित कार्यसमितीको सपथग्रहण तथा घोषणसभा ।

सरद डायरि । शनिबार, १० भाद्र, २०६८

आज घोषणा सभा सहित सपथग्रहण कार्यक्रम भनेर सुचना निकाले पनि आधा रातमा अध्यक्षबाट क्यान्सेल गरि भोलि आईतबारको मितिमा सारि पाउ भनि स्थान समेत परिवर्तन गरेको मेल आयो बिहानको साँढे एक बजेतिर ।

आज आयोजना गर्ने भनेको गैर-आवासीय नेपाली संघ जापानको नवनिर्वाचित कार्यकारीणी सदस्यहरुको सुचना निर्वाचन आयोग प्रमुख डा.राम गिरी बाट जारि बिज्ञप्ति जस्ताको तस्तै......
आदरणीय गैर-आवासीय नेपाली संघ जापानका निर्वतमान कार्यसमितीका साथीहरु,
नवनिर्वाचित कार्यसमितीका साथीहरु,
निर्वाचन कमिटी र अध्यक्ष मण्डलका साथीहरु,
हितैषी, सुभचिन्तक साथिहरु,
नमस्कार ।


बिषय : निर्वाचन आयोजको सपथ ग्रहण सम्बन्धि सुचना


गैर‍-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती जापानको सर्वसम्मत कार्यसमिती २०११-२०१३ का निर्वाचित पदाधिकारिहरुलाई तपसिलको मिति,समय र स्थानमा सपथ ग्रहण तथा प्रमाण-पत्र ग्रहणका निम्ति उपस्थित हुनुहुन अनुरोध गर्दछौं । साथै उक्त दिन निर्वतमान कार्यसमितीका साथीहरुलाई सम्मान गर्ने, अध्यक्ष मण्डल, निर्वाचन आयोगलाई औपचारिक रुपमा विघटन गर्ने जस्ता औपचारिक र अनौपचारिक काम हुनेछन ।

सर्वसम्मत नब-निर्वाचित कार्यसमिती
अध्यक्ष- ओम गुरुङ
उपाध्यक्ष- बिष्णुहरि रेग्मी
उपाध्यक्ष-चिरञ्जिबि थापा
उपाध्यक्ष- डिलाराम खरेल
महा-सचिव- डा.राजेन्द्र प्रसाद पराजुली
सचिव- सरोज कंडेल
कोषाध्यक्ष- नर बहादुर थापा
सदस्य- बिशेश्वर रेग्मी
सदस्य- दण्डपानी कंडेल
सदस्य- देविलाल भण्डारि
सदस्य- केशर गिरी
सदस्य- सन्दिप ढुंगाना
सदस्य- तुलशी राम खरेल
प्रवक्ता- शरद कुमार गौचन



तपसिल
मिति: अगष्ट २७, २०११ (शनिबार)
समय: बिहानको ९:०० देखी १२:०० बजे सम्म
स्थान: सेईकाचु सान्ग्यो ल्पाजा
ठेगाना: १-२०-१५, हिगासी ईकेबुकुरो तोसिमा-कु, टोक्यो १७०-००१३ जापान
(ईकेबुकुरो स्टेशनको हिगासिगुचिबाट हिडेर ५ मिनेट मात्र)
सम्पर्क नं: ०३-५९९२-७०११ (हलको)

होमपेज (कार्यक्रम स्थल)

म्याप (कार्यक्रम स्थल)




भवदिय,
डा.राम गिरी
प्रमुख निर्बाचन आयुक्त
गैर-आवासीय नेपाली संघ, जापान


पुनश्च: धरौटि रकम समेत सोहि दिन फिर्ता गरिनेछ ।

No comments: