Monday, August 29, 2011

एनआरएन जापानको केन्द्रिय समितीले पुर्णता पायो ।





















सरद डायरि । आईतबार, भाद्र ११, २०६८ 
बिदेशमा बस्ने नेपाली नेपालीहरुको साझा संस्था एनआरएनएको अधिवेशन माहौल जापानमा पनि गर्मि महिनाको तातो गरम संगै  निकै तातियो । नेतृत्वगर्छु भन्ने हरु नै ५ जना तम्सिए, अन्य पदहरुमा प्रतिस्प्रधामा उत्रनको लागि ३ दर्जन बढिले बिभिन्न पदको दावेदार गर्दै नाम दर्ता गरिएता पनि अनन्त सहमति मै गैर-आवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय परिषदको पाँचौं कार्यकारिणी समितीको नामावली घोषणा भयो । जसअनुसार विविध मेडियाहरुमा प्रकाशन भएका समाचारहरु जस्ताको तस्तै.....
एनआरएन जापानका नवनिर्वाचित प्रवक्ता शरद कुमार गौचनले जानकारी दिनुभए अनुसार एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद जापानको पाचौं अधिवेशनबाट नवनिर्वाचित कार्यकारिणी समितिको अन्तिम नामावलि घोषणा गरेका छन।
निर्वाचन समितीका प्रमुख डा.राम गिरी एवं सदस्यद्धयहरुबाट प्राप्त सुचना अनुसार, एनआरएन जापानको बिधान बमोजिम धारा १०.१ ले तोके अनुसार नै तपसिल बमोजिमका पदाधिकारीहरुको सर्व सम्मतीको आधारमा आउदो २ बर्ष (२०११-२०१३) को लागि गठन गरिएको हो।
प्रवक्ता गौचनका अनुसार बाकि ६ सदस्यीय कार्यसमितीका सदस्य, सल्लाहाकार समिती र आवश्यक बिभागिय समितीहरुको लागि निर्वाचित नयाँ कार्यसमितीले नै मनोनित गर्ने छन।
ओम गुरुङको नेतृत्वमा गठित एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदको नयाँ कार्यसमितिमा उपाध्यक्ष बिष्णु रेग्मी, चिरन्जिवि थापा, डिलाराम खरेल, महासचिव डा.राजेन्द्र प्रसाद पराजुली, सचिव सरोज कंडेल, कोषाध्यक्ष नर बहादुर थापा र प्रवक्तामा शरद कुमार गौचन रहनु भएको छ। त्यस्तै सदस्यमा बिश्वेश्वर रेग्मी, दन्डपानी कंडेल, देविलाल भण्डारी, केशर गिरी, सन्दिप ढुंगाना रतुलसीराम खरेल रहनु भएको छ।
बिशेष शुत्रद्वारा प्राप्त जानकारी अनुसार नयाँ कार्यसमितिको गठन सँगसँगै एनआरएनए जापानले आगामी सिप्टेम्बर १७ र १८ तारिखको दिन टोकियोको योयोगी पार्कमा गर्न गैरहेको नेपाल महत्वसब २०११ को आयोजक समितिमा रहेका निवर्तमान सदस्य र पदधिकारी हरुलाई कार्यभारमुक्त गरी नवनिर्वाचित कार्यसमितिले नेपाल महत्वसबको कार्यभार सम्हाल्ने छन।

बढाई तथा शुभकामना एवं समाचारहरु प्रकाशन भए अनलाईन मेडियाहरुमा,




No comments: