Monday, August 29, 2011

सपथग्रहण तथा बरबुझारथ कार्यक्रम सम्पन्न ।

सरद डायरि । आईतबार, ११ भाद्र, २०६८

आज गैर‍-आवासीय नेपाली संघ जापानको नया कार्यसमितीका नवनिर्वाचित पदाधिकारिहरुको सपथ ग्रहण तथा बरबुझारथ कार्यक्रम एक समारोहको बिच सम्पन्न भएको छ ।

टोक्यो स्थित ईकेबुकुरोमा अबस्थित सेईकाचुसान्ग्यो प्लाजामा भएको उत्त कार्यक्रममा निर्वाचन कमिटीका संयोजक डा. राम गिरीले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारिहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सोहि अबसरमा एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत, आईसीसीकै सदस्यद्धय किरण बिक्रम थापा रअरुण कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

आईसीसीका जापानका प्रतिनिधिद्धय किरण बिक्रम थापा, अरुण कुमार श्रेष्ट र एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत, एनआरएन जापानका निवर्तमान अध्यक्ष लाल बहादुर केसी, पुर्व अध्यक्ष तथा नेपाल पर्यटन बर्ष २०११ का अवैतानिकदुत भवन भट्ट तथा निर्बाचन समितीका संयोजक डा. राम गिरीले नया कार्यसमितीलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा एनआरएन जापनका निर्वतमान महासचिव जिज्ञान थापाले नवनिर्वाचित महासचिव डा. राजेन्द्र प्रसाद पराजुलीलाई समितीका म्याईन्युट लगायत अन्य कागजातहरु हस्तान्तरण गर्नुभएको थियो भने एनआरएन जापानका निर्वतमान कोषाध्यक्ष दिनेश गुरुङले नवनिर्वाचित कोषाध्यक्ष नरबहादुर थापालाई वैंकका पासबुक, एटिएम कार्ड, स्टाम्प आदि हस्तान्तरण गर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले निर्वतमान अध्यक्ष लालबहादुर केसी लगायत अन्य कार्यसमितीका पदाधिकारिहरुलाई खादा लगाई धन्यबाद दिदै बिदाई गर्नुभएको थियो । यस अघि अध्यक्ष मण्डलका तर्फबाट डा. कुमार बस्नेतले निर्वाचन कमिटी भंग भएको जानाकारि गराउनु भएको थियो ।

स्मरण रहोस सम्पुर्ण कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव डा. राजेन्द्र प्रसाद पराजुली संचालन गर्नु भएको थियो भने, आगन्तुक आम महानुभावहरुलाई नवनिर्वाचित प्रवक्ता शरद कुमार गौचनले स्वागत भाषण राख्नु भएको थियो ।

No comments: