Tuesday, August 30, 2011

एनआरएन जापानको कार्यसमितीको सपथग्रहण तथा घोषणसभा सम्पन्न ।

सरद डायरि । सोमबार, १२ भाद्र, २०६८

हालै सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको एनआरएन जापानको नया कार्यसमितीको घोषणा सभा तथा पदको गोपनियता एवं सपथग्रहण सम्पन्न भएको छ ।

टोक्योको ईकेबुकुरोस्थित सेईकाचुसान्ग्यो प्लाजामा आयोजित उत्त सभामा निर्वतमान कार्यसमितीका पदाधिकारिहरुलाई सम्मानका साथ बिदाई गरिनुका साथै बुझबुझारथको कार्यक्रम पनि सम्पन्न भएको थियो ।

पहिलो चरणको कार्यक्रममा निर्वाचन समितीका प्रमुख डा. राम गिरीले नया कार्यसमितीको घोषणा गर्दै सपथग्रहण गराएर प्रमाण पत्र समेत बितरण गर्नु भएको थियो लगत्तै अध्यक्ष मण्डलका संयोजक तथा एनआरएन आईसिसीका प्रवक्ता डा.कुमार बस्नेतले कार्यक्रम संचालन गर्नुभएको थियो । त्यस पश्चात दोस्रो चरणको कार्यक्रममा बुझबुझारथ कार्यक्रमका साथै शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।

नया कार्यसमितीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नुहुनेमा नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापा, नेपाली लोकतान्त्रिक मंच जापानकी अध्यक्ष सिर्जना काफ्ले, आदिबासी जनजाती महासंघ जापानका केन्द्रिय समितीका अध्यक्ष ध्रुव भट्टचन, एनआरएन आईसीसीका सदस्यद्धय अरुण कुमार श्रेष्ठ र किरण बिक्रम थापा, एनआरएन आईसीसीका प्रवक्ता डा. कुमार बस्नेत, एनआरएन जापानका निर्वतमान अध्यक्ष लाल बहादुर केसी तथा निर्वाचन समितीका संयोजक डा.राम गिरी हुनुहुन्थ्यो ।

एनआरएन जापानको नया कार्यसमितीका पदाधिकारिहरु निम्न प्रकार रहेको छ ।

अध्यक्ष- ओम गुरुङ

उपाध्यक्षहरु- बिष्णुहरि रेग्मी, चिरन्जिवि थापा र डिलाराम खरेल

महासचिव- डा. राजेन्द्र प्रसाद पराजुली

सचिव- सरोज कंडेल

कोषाध्यक्ष- नरबहादुर थापा

प्रवक्ता- शरद कुमार गौचन

सदस्यहरु- बिशेश्वर रेग्मी, दण्डपाणी कंडेल, देविलाल भण्डारि, केशर गिरी, सन्दिप ढुंगाना, तुलसीराम खरेल

स्मरण रहोस, गत अगष्ट १४ का दिन सम्पन्न अधिवेशनमा अध्यक्ष र महासचिव बाहेक अन्य पदमा आवश्यकता भन्दा बढि संख्याको उमेदवारि परेको थियो । तर सहमतिबाटै नया कार्यसमिती गठन गरिएको छ । अझै थप ७ सदस्य, कार्यसमितीले चयय गर्ने प्रावधान रहेको छ ।

No comments: