Sunday, September 25, 2011

एनआरएन जापानबाट आईसीसीको लागि ४ सदस्य छनोट भयो ।

सरद डायरि । आईतबार, ०९ आश्विन, २०६८


आज म संग संम्बन्धित बिदेश बस्ने नेपालीहरुको साँझा संस्था एवं माँहु संस्थाले परिचित गैर-आवासीय नेपाली संघ जापानको तेस्रो बैठकको साथै अर्को महत्वपुर्ण बिषय भनेको एनआरएन आईसीसीको सदस्य चयन गर्नुपर्ने दिन थियो ।


सोको लागि अगष्ठ महिनामा सम्पन्न गैर-आवासीयन नेपाली संघ जापानको महाधिवेशनले निर्वाचित २१ कार्यसमितीलाई पुर्ण अधिकार सहित के कसरि कति जना पठाउने जिम्मा समेत पाएकोले २१ जनाको ताईफाई सहित ताँमझाँम त निकै थियो नै ।

आईसीसी उमेदवारलाई केहि दिन अघि देखि नै समझदारि वा समन्वय गराई मिलमतोमै छनोट गर्ने हरप्रयास पनि गर्दा पनि टुंगो भने लाग्न भने सकेको थिएन ।

कारण बल्लतल्ल ४ सिटको लागि ठाउ रहेता पनि उमेदवार भने ६ परेकोले कुनै उपाय नलागेपछि, निर्वाचन नै गर्ने र ईन्टनेटको प्रविधिलाई प्रयोग गरि प्रत्येक सदस्यले किटान समय भित्र मत खसाल्ने प्रक्रिया मिलाईयो जसअनुसार, एनसीसीका सल्लाहाकार डा.वेद काफ्लेद्धारा डेभलप गरिएको स्वच्छ, बिश्वसनिय र भरपर्दो ईन्टरनेट मत खसाल्नको लागि सफ्टवयरको तर्जुमा गर्दै सुचना जारि गरियो ।

बैठक सकिएपछि बेलुकाको ७ बजेदेखी रातिको ११ बजे सम्म मत खसाल्ने समय अबधि तोकिएकोले ७ बज्नासाथ मत हकवालाई पार्सवर्ड बितरण गर्दै केहि तत्काल मत खसालेको जानाकारि समेत प्राप्त हुदोरहेछ । ककस्ले मत खसाले र बाकि को को छन भन्ने प्रष्ट जानाकारि भएपनि कस्ले कस्लाई खसालेको भन्ने चाहि गोप्य हुदो रहेछ ।

जेहोस, मेरो पालो भने अन्तिम १०:४२ तिर भोट हाल्न पुगे । २० जनाले हालिसकेपछि त मलाई पो एकैचोटि फोनको घण्टि बझ्न थाल्यो, छिटै मत खसाल्नको लागि । मैले पनि साथीहरुको अनुरोध स्विकार्दै मत खसाल्ने बिक्तिकै मतदानको नतिजा सहित छिनोफानो तत्कालै भयो ।

जसअनुसार, ईलोक्ट्रोनिक मतदानबाट रोविन्द श्रेष्टले २१ मत, अरुण कुमार श्रेष्ठले २० मत, लाल बहादुर केसी र डा.सुदिप अधिकारिले १५,१५ मत प्राप्त गरि निर्वाचित हुनु भएको जानाकारि सहित पराजय हुनुहुने दुई जना मेघराज नेपाल र भुषण घिमिरे ज्युको भने ७ र ६ मत मात्र खसेको जानाकारि गराए मेडियाहरुलाई ।

तत्कालै मेडियामा उत्त समाचार प्रकाशन भएपछि त बढाई तथा शुभकामनाको मेल ओईरोलाग्न थाली हालो नि ।

No comments: