Friday, October 7, 2011

बिजया दशमी २०६८ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

सरद डायरि । बिहिबार, १९ आशविन, २०६८
आज नेपालीहरुको महान चाड दशै परेता पनि स्वदेशमा जस्तो गरि बिदेशमा मनाउन संम्भावना हुने कुरै भएन् तथापि बिभिन्न ठाउमा बिभिन्न तरिकाले आ-आफ्नो समयअनुकुल मिलाई मनाईएको समाचार धमाधम पढ्न भने पाईएको छ । यध्यपी जापानमा हामिहरुले भने , त्यस्तो बिशेष तरिकाले मनाउन नपाएपनि संयुक्त रुपमा जापानस्थित नेपाली राजदुताबासमा को निमन्त्रणामा राजदुतको बिदाई समारोह सहितको एकमुष्ठ दशै मनाईयो ।

जेहोस, बिजया दशमी २०६८ को पावन अबसरमा २ शब्दको कोशेली स्वरुप .....
अधेरि यात्रामा जुनेली झरुन् ।
शत्रुको शिर पाउमा परुन् ।।
दुर्गा भवानीले रक्षा गरुन ।
हजुरहरुको नाम र सानले शत्रुको शेखी झरुन् ।।
सरस्वतिले राज गरुन् ।
लक्ष्मीले बास गरुन् ।।
चन्द्रमा सधै दाहिने हुन् ।
यसपालीको बिजया दशमीको आशिषले यहाहरुको मनकामनाहरु पुरा हुन ।।
मनले आटे ताकेको पुगोस् ।
बिजया दशमीले यहाको मनमा खुशी छाओस् ।।
एवं
टिका होस् निधारमा ।
जमरा होस् कानमा ।।
शान्ति छाओस् देशमा ।
पुरा हुन सबै मनकामना ।।
यहि छ बिजया दशमी २०६८ को शुभकामना ।।।
भवदिय,
शरद कुमार गौचन
दिना गौचन
समिप गौचन परिवार
टोक्यो, जापान
अक्टुवर ०७, २०११ (बिहिबार)

No comments: