सरद गौचन । आईतबार, भाद्र २५, २०६८
एक महिलाको हत्या आरोपमा जापानमा १४ बर्षदेखि जेल जीवन बिताइरहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष रहेको पुष्टी हुने गरि हालै डीएनए रिपोर्टहरु सार्वजनिक भएका छन् । यो १४ बर्षमा मैनाली निर्दोष छन र उनलाई रिहा गर्नुपर्छ भनेर नेपाली समाजले जेजति दबाब दिनुपर्ने हो त्यो खालको सहयोग नेपाली समुदायबाट पाउन नसकेको मैनालीका परिवारका सदस्यहरु बताउँछन् । जापानीहरुले चन्दा उठाउने, वहस पैरवीका लागि पहल गर्ने लगायतका काम गरेको भएपनि नेपाली समाजका एकदुई ब्यक्तिलाई छाड्ने हो खासै सहयोग नपाएको परिवारको गुनासो छ ।
एउटा निर्दोष नेपाली नागरिक जेल पर्दा खासै चासो नदिने जापानको नेपाली समुदायमा दर्जनौं संघसंस्था छन, तीनै संस्थामा पदाधिकारी बन्न हानथाप हुन्छ, राजनीति गर्छन, तर मैनालीको रिहाईका लागि सानै भएपनि अर्थपूर्ण काम किन गर्दैनन ? यही सेरोफेरोमा नेपाली समुदायका केही प्रतिनिधि पात्रलाई सोधेर जापानको एक प्रतिष्ठित अनलाईन मेडियाले प्रकाशन गरेको समाचार जस्ताको तस्तै...
मैनालीको रिहाईका लागि दबाब दिन नेपाली समुदायले के गर्न सक्छ ?
भन्ने प्रश्नमा म स्वयमले यसरि उत्तर दिएको थिए ।

शरद कुमार गौचन
अध्यक्ष, थकाली सेवा समिती जापान
सर्वप्रथम यस वातानाबे हत्याकाण्डको छोटकरीमा स्मरण गराउन चाहान्छु ।
जस अनुसार, १९९७ मार्च महिनामा तोक्यो बिद्युत कंम्पनीमा कार्यरत वातानाबे नामक जापानी महिलालाई हत्या गरिएको तथा लुटपाट अभियोगमा सिबुया सिटिबाट पक्राउ परेका गोविन्दप्रसाद मैनालीको कारोबास जिवन आज १४ बर्ष पुरा भईसकेको छ । सन् २००० को अप्रिलमा टोक्योको जिल्ला अदालतबाट उनी निर्दोष भएको भन्दै नेपाल फर्काउने प्रकिया सहित ओभरस्टे भएकोले ईमिग्रेशको मातहतमा रहकै बेलामा उच्च अदालतले पुन दोषी भएको भन्दै जन्मकैदको फैसला सुनाएर थुनामा राखेको थियो । लामो समय पश्चात मृतक महिलाको शरिर (योनि) बाट निकालिएको वीर्य र घटनास्थलमा भेटिएका रौं को डिएनए रिपोर्टमा उक्त दुबै एकै मानिसको भएपनि मैनालीसंग मेल नखाएको तथ्य कुरा थाहा भएपछि केहि महिना अघिदेखि जापानका पत्र पत्रिका, टिभि लगायत बिभिन्न मिडियाहरुले सार्वजनिक गर्दै जापानी सरकारी पक्षले निर्दोष गोविन्दप्रसाद मैनालीलाई सरासर परिवन्धमा पारेर फसाईएको कुरा पुष्टि भईसकेको छ ।
फेरि अर्को खुशीको खवर सहित केहि दिन अघि मात्र मृतक महिलाको स्तनबाट निकालिएको र्याल समेत मैनालीको भन्दा भिन्न डिएनए भएको सुनुवाई भएपछि, आफु मृतक महिलासंग यौन सम्पर्क राखेता पनि हत्या काण्डमा संलग्न नभएको भन्दै आएका मैनाली निर्दोष साबित हुने संम्भावना एकाएक बढेको छ । यसरि एक एक गरि वातानावे काण्डको सत्यत्यथ्य र यथार्थता बाहिर आईसकेको अबस्थामा गरिव मुलुकका निर्दोष नागरिकले न्याय नपाएको पुष्टि भईसकेको र जापान सरकारले अरु कोहि पनि नपाएरै निर्दोष तथा गरिव मुलुकका नेपालीलाई नै थुनामा राखेको साबित भएको छ ।
यद्यपी, जापानबासी नेपालीहरुले एक निर्दोष नेपालीको लागि चौतर्फि रुपमा जापान सरकारलाई दवाबमुलक कार्य गर्न गराउन निर्णायक ठोस न्यायिक अधिकार दिलाउन, आवाज बुलन्द्ध गर्न जरुरि देखिन्छ ।
त्यसको निम्ति मैनाली काण्डसंग सरोकार राख्दै आएका सहयोगि तथा कानुनी दक्ष जापानी र नेपालीहरु बिचको एक शसत्त संयुक्त टिम बनाएर तत्काल कानुनी लडाईका लागि तयार हुनुपर्छ । जुन टिमले मैनालीको लागि निरन्त्तर उल्लेख्य कार्य गर्दै आईरहेको संस्थाहरु, जस्टिस फर गोबिन्द, एम्नेस्टी ईन्टरनेसनल, ईन्हुरेड संग पनि समन्वय, सहकार्य गर्दै नेपाल सरकारलाई पनि सक्रिय बनाएर नया रणनिति अनुसार न्याय प्राप्तिको लागि हरप्रयास गर्न सक्नुपर्दछ । प्रशस्त अनुसन्धानबाट प्राप्त सवुतको आधारमा बेकसुर भएको कुरा मैनाली मुद्धामाथि पुनः सुनुवाई गराई सफाई पाउने बातावरण बनाउनु पर्दछ ।
अन्तमा जापान सरकारले बिनाकसुर १४/१४ बर्ष सम्म जेल राखेबापत मैनालीलाई सम्पुर्ण क्षतिपुर्ति दिलाउने समेतको पहलकदमी हुनुपर्दछ ।
जेलबन्धि मैनालीको बारेमा जापानमा क्रियाशील संघसंस्थाका प्रतिस्थित ब्यक्तित्वहरुको भनाई जस्ताको तस्तै तलतिरि......मेघराज नेपाल,
पूर्व सल्लाहकार, एन आर एन जापान

पहिलो कुरा, गोबिन्द मैनाली सहयोग समितिको शक्ति भनेको त्यस समिति मा आवद्ध जापानिज साथीहरु र हाम्रो जापान स्थित नेपाली समाज हो । १. नेपाली राजदुतावाश २. एन आर एन जापान ३. विभिन्न राजनैतिक दलका भात्रीसंगठनहरु ४. ब्यबसायिक संस्थाहरु ५. नेपालीहरुका विभिन्न समाजहरु तथा ४. नेपाल सरकारले गोबिन्द मैनाली सहयोग समितिलाई हामी यहाँहरुलाई साथ दिईरहेका छौं भन्ने सामाजिक र आर्थिक आधार दिन अर्थात् यसतर्फ पाईला चाल्न प्रयासरत रहनुपर्दछ ।
यसतर्फ यी निकायहरुले आजैबाट पाईला चालोस र हामीहरुलाई पनि सहभागी बनाओस । निश्चय पनि न्यायालयसंग न्याय माग्न पनि हाम्रो आर्थिक र सामाजिक बल महत्वपुर्ण हुन्छ नै । गोबिन्द मैनाली सहयोग समितिमा हाम्रै एन आर एन जापानका पुर्व अध्यक्ष राजन प्रधानांगज्यु सुरुदेखि नै आवद्ध हुनुभई निरन्तर रुपमा खटिरहनु भएको छ । दोस्रो कुरा, गोविन्द मैनाली ढिलो चाँडो छुट्नु नै हुन्छ भन्ने विश्वाशकासाथ हामीले गोबिन्द मैनालीलाई क्षतिपूर्ति दिलाउनलाई गोबिन्द मैनाली सहयोग समिति मार्फत आउने भावी कार्यक्रमहरु पनि तर्जुमा गर्दै जानुपर्दछ ।
शरद शेरचन, पत्रकार

मलाई जहाँसम्म लाग्छ नेपालका मानव अधिकारवादी डा. सुदिप पाठक ८, १० वर्ष पहिले यसै केसका लागि जापान आउनु भएको थियो । उहाँले नेपाली मानव अधिकारवादीको हैसियतले जापानमा सरोकारवालाहरुसंग सम्पर्क वा छलफल गर्नु भएको थियो । नतिजा के भएको थियो उहाँलाई नै थाहा होला । यस्तै ‘निर्दोष मैनालीलाई सहयोग गरौ’ भन्ने संस्थाका जापानी स्वयम सेवकहरुले नेपालवाट आएका वरिष्ठ नेताहरुलाई (रामचन्द्र पौडेल, प्रकाशशरण महत, देवीप्रसाद ज्ञवाली आदीलाई) भेटेका पनि थिए साथै उहाँहरुको कार्यक्रममा खुल्ला रुपमा नेपालको दवावको (सहयोगको) अपेक्षा पनि राखेका थिए । जेहोस उहाँहरु फेरी आगाडी आएर दवावमूलक कार्य गर्न सक्नुहुन्छ । यस्को लागि जापानमा रहेका नेपालीहरु वा एनआरएन जस्ता संस्थाहरुले नेपालमा प्रवन्ध मिलाउनुका साथै सरोकारवालाहरुलाई ( नेपाली मानव अधिकारवादी वा नेपाली नेताहरुलाई) दवाव दिन जरुरी छ । यस विषयमा जापान सरकारको चित्त दुख्ने वा जापानको सहयोग घटने कुरै छैन । अदालत पुनर्बहाली भएमा मैनालीले सफाई पाउने निश्चित छ ।
बलराम श्रेष्ठ, कानुन ब्यबसायी/ अध्यक्ष, नेपाली जनसम्पर्क समिति जापान

जापानको सारा मिडियामा एक एक गरि निर्दोसिताको समाचारहरु आइरहेको अवस्था छ । अहिलेको उहाँको मुद्दा सर्बोच्च अदालतमा पुनरावलोकनका लागि सुनुवाई भैरहको जस्तो लाग्छ । सो सम्बन्धमा हामीले अदालतलाई न्याय दिने कुरामा कानुन बिपरित दबाब दिने खालको कार्य नगरी न्याय होस् भन्ने तरिकाले सामाजिक हस्ताक्षर अभियान, एम्नेस्टी इन्टरनेशनलमा आवाज पुर्याउने, हाम्रो नेपाल राजदुताबासमार्फत अधिकारिकरुपमा हाम्रा आवाजहरु जापानको कानुन मन्त्रालय तथा कानुनसंग सम्बन्धित क्षेत्र, जापान सरकारमा पुर्याउने, मैनाली सहयोग समितीलाई अझ बढी सक्रिय बनाउने जस्तो दृष्टिगत तथा परिणाममुलक कामहरु गरेमा पक्कै पनि मैनालीजीको पक्षमा न्याय अलि चाँडो हुने थियो । मैनालीजीको सम्बन्धमा जापानको करिब करिब सबैलाई निर्दोष हो भन्ने कुराको ज्ञान भैसकेको हुनाले केहि कानुनी प्रकियामा केहि समय लागे पनि अनन्त उहाँ निर्दोष साबित हुने कुरामा शंका छैन । मैनालीजीलाई छुटाउन हामीले गर्न सक्ने जति सूचनाहरु संकलन गरि अघि बढ्ने कोसिस गरि रहेका छौं । यसमा जापानवासी सम्पूर्ण नेपाली साथीहरु, संघ संस्था, नेपाली राजदुताबास, जापानमा रहेको मानब अधिकारवादी संघ सँस्थाहरुलाई सक्रिय बनाई अझ बढी लाग्नु पर्छ ।
सचिव, नेसाज/ सह-संयोजक, एन.आर.एन जापान, तोकाई-होकुरिकू
गोविन्द मैनाली ज्यू निर्दोष हुनुहुन्छ भन्ने कुरामा दुईमत रहेन् । तैपनि आबश्यक प्रमाणहरु जुटाउन नसक्दा एकजना नेपाली १४ बर्षदेखि नारकीय जीवन बिताउँदै आइरहेका छन् । सम्पूर्ण नेपालीहरु एकजुट भएर यस कार्यको लागी आवाज़ बुलन्द पार्नुपर्ने आबश्यकता छ।
पटक पटक अनलाइन न्यूजपोर्टल हरुमा यो घटनाको बारेमा समाचार छापिने गर्दछ तर कुनै न कुनै चुनावको बखत मात्र । यो धेरै नै लाजमर्दों कुरा हो जस्तो मलाई लाग्दछ । अर्को दुःखको कुरा भन्नुपर्दा भर्खरै मात्र जापानमा गैरआवासीय नेपालीको चुनाव सम्पन्न भयो तर बिडम्बना कसैले पनि यो घटनालाई निवारण गर्ने ठोस एजेंडा बनाएनन् । गोविन्द मैनालीज्युको न्याय प्राप्तिको लागी नेपाली बिद्यार्थी समाज (नेसाज) ले जुनसुकै हदलाई पनि पार गरेर सहयोग र सहकार्य गर्न तैयार छौं, बिद्यार्थीहरु मात्रको पहुँचले केही नलाग्ने हुँदा जापान बासी सबैजना नेपालीहरुको संगठन अनि राजदुताबास समेत संलग्न भै न्याय प्राप्तिको आवाज़ बुलन्द पर्ने कोशिश गर्दा सफलता हात पार्न सफल भईन्छ जस्तो मलाई लाग्दछ।
उपाध्यक्ष एनआरएन कान्तो
एउटा नेपालीको छोरो बर्सौ बर्सदेखि कयौ पटक मर्दै कैयौ पटक बाँच्दै एउटा अन्धकार कोठा भित्र जीवनयापन गर्दैछ । जापान जस्तो देशमा आफुले गर्दै नगरेको गल्तिको सजाए काट्दै छ । बालक सन्तान बाबु भएर पनि टुहुरा जस्तो जीवनयापन गर्न बिबस छन् । बृद्द बाबु छोराको पर्खाईमा संसार बाट बिदा भैसकेका छन् भने बुढी आमा छोरालाई भेट्ने आसाको पर्खाईमा छिन । सुख दुःख को साथी भएर पनि आधा जीवन एक्लै बिताउन बिबस राधा दिदी कहाली लाग्दो पिडा भित्र जलीरहेकीछिन । तर हरेक प्रमाणबाट गोविन्दप्रसाद मैनाली निर्दोष हो भन्ने प्रमाण दिन प्रति दिन हुँदै जादा पनि उसलाई जेल मुक्त नगर्नु एउटा दुखको कुरा हो । यसले जापानको कानुन प्रक्रियामाथि नै प्रश्न उब्जाएको अवस्था छ । एउटा निर्दोष नेपालीको लागि कयौं जापानिजहरु, बिभिन् संघसंस्था, नेपाली दाजुभाई बसौ बर्षदेखि लागिरहेछन भने अब पनि हामी सम्पुर्ण नेपाली जापानवासी दाजुभाई दिदी बहिनी हरेक सँघ संस्था तथा नेपाली दुताबास एकजुट भइ चाँडो भन्दा चाँडो गोबिन्दलाई जेल मुक्त गरौ, सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरौ.
मुक्तिराम खनाल “बिनोद”
क्षेत्रीय संयोजक, एनआरएनए च्युगोकु

गोविन्द मैनालीको जेल जीवन निर्दोष हुँदा हुँदै पनि तोशिकाजु सुगाया र शोजी साकुराई एवं ताकाओ सुगीयामा जस्तो गरि नलम्बियोस । यो पहल एक नेपालीको विजयको पहल मात्रै नभई मानवता र न्यायको विजयी पहल हुनेछ ।
भूपिगोबिन्द श्रेष्ठ
सल्लाहाकर, नेपालि जानसम्पर्क समिति जापान

‘जापानिज महिला हत्या काण्ड भेटिएको DNA को पुन परिक्षण गर्द अभियोक्ता गोबिन्द मैनालीको नभएको’ भनेर/ समाचार सुन्नेबित्तिकै, जापान असीक जिकेनको सम्झना आयो । यो घटना पनि DNA को पुन परिक्षण गर्दा अभियुक्त DNA र हत्या काण्ड भेटिएको DNA फरक भएकोले १७ वर्षपछि १ जना जापानिज रिहा भएको थियो । त्यसैले म गोबिन्द मैनालीजी रिहा हुनुहुन्छ भन्नेमा ढुक्क थिएँ ।
तर त्यसपछि प्रक्रिया कहाँ पुगेको छ, स्पस्ट रुपमा कतैबाट जानकारी नेपाली समाजलाई छैन । कतै उहाँ रिहा नहुने हो कि भन्ने आशंका मलाईमात्र हैन सबैललाई भएको हुनुपर्छ । जापान एउटा कानुनी प्रणालीको राज्य हो । यहाँ निर्णय नियम प्रक्रिया अनुसार हुन्छ , त्यसैले केहि ढिलो हुन्छ । आशा गरौ हिन्दु हरु को महान चाड बडा दशैँ अगावै उहाको रिहा होस्। यस पालि दसैँ उहाँले आफ्नो परिवारका साथ मनाउन पाउनुहेस भन्ने कामना गर्दछु ।
हामीले फेसबुक र ट्वीटरबाट यो अभियानलाई अगाडी बढाउन सकिन्छ र साथै मुख्य मुख्य स्टेसनमा गोबिन्द मैनालीजी रिहाईको लागि हस्तक्षर संकलन गर्न सक्छौं । यो महिनामा हुन् गईरहेको नेपाल फेस्टिवल पनि गोबिन्द मैनाली रिहाईको लागि हस्तक्षर कार्यक्रम संचालन गर्न सकिन्छ । यसबारेमा आयोजक कमिटिलाई विचार गर्न अनुरोध गर्दछु ।
यदि , उहाँको रिहा नहुने स्थिति भयो भने जापानस्थित नेपाली राजदुतावास, राजनैतिक पार्टिका भातृ संगठन, सामाजिक संघ संस्थाहरु, जापानिज मानव अधिकार सँस्थाहरुले संयुक्तरुपमा बिरोधको कार्यक्रम गर्नु पर्छ ।
जापानको एउटा कार्यक्रममा भाग लिन आउनुहुने नेताहरुलाई पनि यो घटनाको बारेमा जानकारी गराई चाँडो भन्दा चाँडो रिहाई हुने ब्यबस्था मिलाउन नेपाल सरकार लाई पहल गर्न अनुरोध गरौं ।
देवीलाल भण्डारी
सदस्य एनआरएन जापान

आनन्दबहादुर क्षेत्री
महामन्त्री,नेपाली जनसम्पर्क समिति जापान

१४ बर्ष सम्म निर्दोष रहेर पनि बन्दी जिबन बिताउनु पर्दाको पिडाले हाम्रो समेत हृदयमा चोट पुगेको छ। आशा गरौ अब उहाँ संग छाति मिलाई रमाउने दिन नजिकै छ। छिटो नै उहांको हिराई होस् भन्ने हाम्रो निरन्तर प्रार्थना छ । गोबिन्द मैनाली सयोग समितिका अग्रज दाजु राजन प्रधानङ् ज्यु र जापानिज मित्रहरुले निरन्तरता दिदै उहांको सत्यताको पक्षमा लड्नु भएको लडाईको छिटै बिजय हुनेछ। उहाहरुको टिमलाई म सलाम गर्दछु।
जापानमा भएका बिभिन्न संघ सस्थाहरुले गोबिन्द मैलालीको हिराईको लागि गर्नु पर्ने पहल र एजेण्डा बनाई नेपाली राजदुताबास संगको एकताईको आबाजले आगाडी बड्ने काम भएमा छिटो नै सफल हुन्छ जस्तो मलाई लाग्दछ। केहि समय पहिले १७ बर्ष जति एक जना जापानिज जेल बसी डी एन ए को परीक्षण मा फरकपन आए पछि निस्कलंक छुट्नु भएको समाचार अझै सेलाएको छैन यसै क्रम लाई जोडेर हेर्ने हो भने पनि मैनाली जी पनि चाडै जेल जिबन बाट नर्मल जिबन मा फर्कने निश्चित छ।
हरिप्रसाद सापकोटा, एनआरएन पन्जिकृत,योकोहामा
मेरो जापान प्रवेश देखि नै निरन्तर सुनी रहेको सन्दर्भ हो गोबिन्द मैनाली प्रकरण । बर्तमान २१ औं शताब्दिको युगमा अति बिकशित र सबै कुरा सिस्टममा चलेको भनिने जापानमा नै कानुनी राज्यको शाशन नभयको प्रमाण यो भन्दा अर्को हुन सक्दैन, यति मात्र नभयर एक जना जापानी नागरिक मैनालीको जस्तै केसमा १८ वर्ष जेल परेर छुटेको पनि धेरै भयको छैन । विभिन्न अवसरको खोजिमा जापान सम्म आयका एक नेपालि युवा १४ वर्ष देखि जापानको जेलमा रहदा यहाँ रहनु भयका अग्रज तथा समकक्षीहरुबाट भयको पहल अविस्मरणीय भयको मेरो बुझाइ छ ।

साभार: टोक्योनेपाल डटकम
प्रस्तुतीः पुष्करजंग थापा
No comments:
Post a Comment