Monday, November 21, 2011

ठेट स्थानिय स्पेन रेष्टुरेन्ट "टोरो" को ओपनिङ्ग

सरद डायरि । आईतबार, मंसिर ४, २०६८
आज टोक्योको मुटुमा रहेको जुन रातभरि ब्युझने शहर भनेर चिनिने प्रसिद्ध सिन्जुकु सिटिमा "टोरो" नामक स्थानिय स्पेन रेष्टुरेन्ट ओपनिङ्ग कार्यक्रम थियो मित्र भाईको ।
उत्त कार्यक्रम एवं "टोरो" रेष्टुरेन्टको ओपनिंङ्ग अर्थात अर्नर मित्र भाईले निमन्त्रणा दिनु भएकोले त्यहा जाने तय गरेको थिए । तर आजै दिउसो मेरो आफन्त, जो म संग सम्बन्धित संस्थाका उपाध्यक्ष ज्युको पुज्यनिय मुवाको केहि दिन अघि निधन भएकोले उहालाई भेट्न जाने तर्जुमा भए अनुसार समयमै भेटघाट गरि बेलुका सिन्जुकुको निमन्त्रणा पाएको स्थान तिर लागे पत्निसंग बिदाबाजी गर्दै ।
हामि नेपालीहरुको समय त हो, निमन्त्रणा गरिएको समय मै पुगेपनि पाहुना भने म नै सबभन्दा पहिलो भएछु ।
मित्र भाई अर्नर संग भेटघाट गरि नया रेष्टुरेन्ट ओपन गरिएको उपलक्ष्यमा शुभकामना बढाई दिदै केहि समय गफगाफ गर्दै अन्य साथीहरुको पर्खाईमा बसियो । केहि समय पछि एकपछि अर्को गर्दै करिवन २५,३० जनाको जमघट भईहाल्यो ।
घरमै बनाईएको स्याउ मिश्रित वाईन जुन हेर्दा रेड वाईन जस्तो हलुका गुलियो र फ्रुति खाल्को भएकोले पनि मलाई निकै मन पर्यो उत्त वाईनले सबैले खन्पाई गर्दै स्पेनको स्थानिय परिकारको चुमामीहरु"पाईएरिया" आदि टेबलमा ताति लागेका परिकारहरु संग केहि समय रमाईयो ।
वाईनको चुस्कि, स्पेनिस् परिकारको सत्कार र मित्रहरु संगको भलाकुसारिले गर्दा रातिको ११ बजेको पत्तो नै भएन् । घडि हेर्दा पो थाहो भो ११ बजिसकेको रहेछ, अर्नर मित्र भाईलाई तथा अन्य साथीहरुलाई पनि बिदाबाजि गर्दै  २,३ जना साथीहरु संग सिन्जुकुको स्टेशन सम्म सँगै लागियो ।
केहि झलक उत्त "टोरो" स्थानिय स्पेनिस रेष्टुरेन्ट ओपनिङ्गको....  






No comments: