Monday, November 28, 2011

थसेस जापानले स्वागत,भेटघाट तथा काउन्टडाउन पार्टि भब्यरुपले मनाउने ।

सरद डायरि । आईतबार, मंसिर ११, २०६८
थकाली सेवा समिति जापानले नया वर्षको स्वागत तथा पुरानो वर्षको विदाईका साथै नवआगन्तुक समाजका सदस्यहरुलाई स्वागत, भेटघाट र काउन्टडाउन पार्टी गरी आउदो डिसेम्बर ३१ ताखिका दिन साझ भव्य कार्यक्रमको आयोजना गरेको छ ।
गत नोभेम्वर २७ तारिखमा बसेको बैठकको निर्णय अनुसार समितिले हरेक वर्ष जस्तै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने उत्त कार्यक्रमको आयोजना गरेको समितिका महासचिव तथा कार्यक्रम संयोजक अनिल भट्टचनद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, यस बर्ष २०११ सालमा जापान आगमन नब­आगन्तुक थकाली सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम, ‘भेटघाट एवं काउन्टडाउन पार्टी तथा नव बर्ष सन् २०१२ को उपलक्ष्यमा समेत शुभ­कामना आदानप्रदान भव्यरुपले गरिने छ ।’
थसेस जापानले स्वागत, सम्मान र भेटघाट कार्यक्रम बिगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नो नब­आगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको शुरुवातको संस्कारसंगै वाषिर्क कार्यक्रम समेत भएको जनाईएको छ ।
समय परिस्थिती र अनुकुलता अनुसार नौलो योजना, बैज्ञानिक बिधि, सदस्यहरुको चाहना र रुची अनुरुप नयांपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानु पर्ने आवश्यकता अपरिहार्य रहेको बताउदै यस कार्यक्रमलार्य भब्यताका साथ सफल बनाउनको लागि यसै सुचनालाई आधारमानी अध्यक्ष शरद कुमार गौचनले आम जापानबासी थकाली दाजुभाई तथा दिदीबहिनीहरु एवं सम्पुर्ण नेपालीहरुलाई देहाय बमोजिम मिति, स्थान र समयमा उपस्थिति जनाईदिनु हार्दिक अनुरोध गर्नु भएको छ ।

अनुरोधकर्ता
अनिल भट्टचन (महा-सचिब तथा कार्यक्रम संयोजक)
शरद कुमार गौचन (अध्यक्ष)
कार्यक्रमको बिवरण
मिति: डिसेम्वर ३१, २०११ (शनिवार)
समय: बेलुकाको २१:०० बाट
स्थान: भट्टचन तेप्पान याकि, बिवान ल्फवर, लाईन बिल्डिङ्ग ३-४५-५ मिनामि ओचुका, तोसिमा-कु टोक्यो
स्टेशन: ओचुका स्टेशन बाट २२० मिटर मात्र (यामानोटे लाईन)
सम्पर्क नंम्बर: ०३-३९८६-६०८७
थप जानाकारिको लागि
अनिल भट्टचन: ०८०-५४८७-३१८३
शशी गौचन: ०८०-५४६४-५५८०
राजु शेरचन: ०८०-४१७४-८५५३
गोविन्द तुलाचन: ०८०-३२०६-७७१७
बुद्धि गौचन: ०९०-३५०६-३४११
नपेन्द्र भट्टचन: ०९०-४५९३-५२०८
शरद शेरचन: ०८०-२०४१-०७७०
शरद कुमार गौचन: ०९०-२३१९-००२७
आयोजक
एनपिओ होजिन, थकाली सेवा समिती जापान
नोभेम्वर २७, २०११ (आईतबार)
प्रकाशीत अनलाईन मेडियाका समाचारहरु...
वुईलभनेपाल डटकम

No comments: