Monday, November 14, 2011

दोस्रो मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न (एनआरएन जापान VS नेसाज)








सरद डायरि । आईतबार, कार्तिक २७, २०६८
टोक्यो क्षेत्रबाट आज गैर‍-आवासीय नेपाली संघ जापान र नेपाली बिद्यार्थी समाज जापान बिच च्युबु बिश्व बिध्यालयको खेल मैदानमा हुन गईरहेको दोस्रो मैत्रिपुर्ण सक्कर प्रतियोगिता कार्यक्रमको लागि नागोया हिड्नको लागि बिहानको ६ बजे सिन्जुकुको आल्टा अगाडि भेट्ने तर्जुमा भएको थियो ।

३ वटा गाडिमा करिवन २४,२५ जना एनआरएनका सहमित्रहरु संग सँगै गएर खेल सम्पन्न गरि आजै बेलुका टोक्यो फर्किने तर्जुमा भएको थियो ।
करिवन पौने घण्टा ढिलो गरि लागियो गन्तब्य स्थल तिर । जापानको हाईवयमा १३० देखि १५० किलोमिटरको द्रुत गतिमा गाडि घुईकाउदै ३ वटा (नाकाई,एविना र हानामाको) पार्किङ्ग स्थलमा चियापान र दिसा पिसाब गर्नको लागि ओर्लिदै थकाई मारियो ।
करिवन पाँच घण्टाको सफर पछि कार्यक्रम स्थल नजिक जुन च्युबु बिश्व बिध्यालयको छेउमै रहेको म्याक्डोनल मा दिउसोको खाना खाने तय भयो ।
हुन त ३ वटा पार्किङ्ग स्थलमै हलुका चिया पान गरेको हुनाले पनि भोक त लागेको थिएन । तर फोन मार्फत कार्यक्रम संयोजक ज्युले बाटैमा हलुका खाना खाएर आउन सल्लाह दिनु भएकोले पनि म्याकमा पसि साथीहरुले सेठ् अर्डर गरिसक्नु भएको रहेछ । खाईवरि लागियो स्थलतिर ।
तर कार्यक्रम अघि नै यसरि सबै भेटघाट गर्ने सौभाग्य मिलेकोले पनि ग्राउन्डको छेउमै हाम्रै मित्रहरुको रेष्टुरेन्टमा लन्च सहित एनआरएन जापानको चौंठो बैठक बस्ने पुर्व तय अनुसार नै बस्ने भईयो ।
सोको लागि लागियो नानया नामक मित्रको रेष्टुरेन्ट तिर ।
करिवन १ घण्टामै एजेन्डा अनुसार बैठक अति नै सौहार्दपुर्ण रुपले समापन गरि आ-आफ्नो गाडिमा चढेर  लामबद्ध रुपले कार डौडाउदै खेल मैदानमा १० मिनेट मै पुग्यौं । सफा मौसम र उतकृष्ठ फुटबल ग्राउन्डको साथै तमाम नेपाली साथीहरुको प्रतक्ष्य भेटघाटले गर्दा कार्यक्रम स्थल अति रमणीय थियो ।
पहिलो चरणको औपचारिक कार्यक्रम समापन पश्चात खेल शुरु भयो ।
हाम्रो एनआरएनको टिममा अधिकतम खेलाडि भएकोले पनि आलोपालो खेल्ने अनुसार मेरो पुर्बनिर्धारित बमोजिम किपरमा खेलमा शुरुआत देखि खेल्न लागे । किपर कम भएकोले मलाई पुरै गेम खेल्न भनिएता पनि धेरै साथीहरु भएकोले पालो दिने हिसाबले पुर्व हाफ ४५ मिनेट खेले तर बिडम्बना हामि भन्दा प्रतिद्धन्धी नेसाजको टिम अति स्थरिय र उमेरले पनि आधा भन्दा सानो भएकोले पनि स्तामिना अन्य बिबिध हिसाबले हाम्रो ३,४ गुनै माथी देखिन्थ्यो ।
जेहोस, मेरो किपरको पालोमा २ गोल खान बाध्य भयौं, मैले २ वटा साथीहरुलाई पालो दिए पश्चात ४ गोल खादा हाम्रो १ गोल मात्र भयो ।
जेहोस, ६ का बिरुद्ध १ गोल हान्न भने एनआरएन जापान सफल भयौं ।
अन्तमा एनआरएन आईसीसीका कोषाध्यक्ष तथा प्रमुख अतिथी  भवन भट्ट ज्युले बिजेता टिम खेलाडि र सहभागि टिमलाई समेत सिल, मेडल र प्रमाणपत्र बितरण गर्दै  कार्यबाहक अध्यक्ष चिरन्जिबि थापाले कार्यक्रम समापन गर्दै लागियो फेरि रेष्टुरेन्टमै रात्रिभोज र विविध रमाईलो दोस्रो कार्यक्रमको लागि ।
म लगायत केहि साथीहरु टोक्यो छिट्टै फर्किन पर्ने भएकोले पनि हलुका खाना खाईओरि लागियो साढे सात बजेतिर हामि २ वटा गाडि लिएर ११,१२ जना साथीहरु टोक्यो तिर ।
अफसोच गाडिको जामले गर्दा ५ घण्टाको बाटोमा साँढे छ घण्टा लगाएर टोक्यो सम्म फर्कियौं ।
टोक्योबाट फेरि ३ घण्टा लगाएर हामिलाई छोडेपछि निगाता लाग्नु भएका हाम्रा अति नै मिलनसार निगाता बासि मित्रलाई मुरिमुरि धन्यबाद, ओचुकारेसामा डेसिता ।।।

फोटो : सन्दिप ढुंगाना


No comments: