Saturday, December 3, 2011

युवा पत्रकार खत्रीको निधन प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण ।

सरद डायरि । शुक्रबार, मंसिर १६, २०६८
आज म संम्मिलित अर्को संस्था जुन बिदेशमा बसोबास गर्ने नेपाली मुलका नेपालीहरुको माउ संस्था भनेर चिनिने गैर-आवासीय नेपाली संघ, जापानको तर्फबाट नेपालका एक होनहार युवा पत्रकार कार दुर्घटना परि ज्यान गुमाउनु भएकोले हार्दिक श्रद्धाञ्जलि अर्पण गरिने कुरा भएको थियो ।
सोहि बमोजिम, म प्रवक्ताको नाताले एनआरएन जापानको सचिबालयको ई-बैठकबाट मेरै नामबाट बिज्ञप्ती प्रकाशीत गर्न अनुरोध आएकोले सोहि बमोजिम ड्राफ्ट गरि पठाए र उत्त बिज्ञप्ती केहि अनलाईन मेडियाबाट प्रकाशीत भएका समाचार र लिन्कहरु तलतिर जस्ताको तस्तै....

एनआरएन जापानद्धारा पत्रकार खत्रीको निधनपति गहिरो दुख ब्यक्त
कारोवार दैनिकका समाचार सम्पादक एवं युवा पत्रकार बिजयबाबु खत्रीको हालै सवारी दुर्घटनामा परि परी भएको असामयिक निधनप्रति गैरआवासीय नेपाली संघ जापानले एक शोक बिज्ञप्ती प्रकाशित गरी गहिरो दुख ब्यक्त गरेको छ ।
बिज्ञप्तीमा, पत्रकार खत्रीको गत १२ मंसिर २०६८ तदअनुरुप सन् २०११ नोभेम्वर २८ सोमबारका दिन रुपन्देहीको सालझण्डी भन्ने ठाउमा कार दुर्घटनामा परी ३५ बर्षको उमेरमा असामायिक निधन भएको दु:खद खवरले गैरआवासीय नेपाली संघ जापान स्तब्ध भएको छ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरिएको छ। उक्त कुरा संघको तर्फबाट प्रवक्ता शरदकुमार गौचनद्वारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ ।
बिज्ञप्तीमा अगाडि भनिएको छ – कर्मठ युवा पत्रकार तथा संघका परममित्र स्व. खत्रीले गैरआवासीय नेपाली संघ, जापानको २००६ मा सम्पन्न पहिलो अधिवेशनमा समेत सहभागिता जनाई सम्मेलनको समाचार संप्रेषण कार्यमा ठूलो मद्दत पुरयाउनुभएको थियो । एनआरएनको स्थापना कालदेखिनै यस अभियानमा महत्वपूर्ण योगदान दिदै आउनुभएका स्व. खत्री बिश्वका आधा दर्जन भन्दा बढि देशमा आयोजित गैरआवासीय नेपाली संघको क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागि भएर संघले उठाएका मुद्धाहरुलाई सु-सुचित गर्ने एवं समाचार संप्रेषण गर्ने, लेखहरुको प्रकाशन गर्ने, दस्तावेजहरु तयार गर्ने तथा अभिलेख राख्ने कार्यमा उहाँको अहम भूमिका रहेको थियो । स्व. खत्रीले पत्रकारिताको सुरुवात देखि नै बैदेशिक रोजगार, श्रम र गैर-आवासीय नेपालीहरुका बिषयहरुमा कलम चलाउदै आउनु भएकाले पनि गैरआवासीय नेपाली संघलाई अपुरणीय क्षति पुगेको छ भने देशले एक कर्मठ एवं होनहार युवा पत्रकार गुमाएको छ – बिज्ञप्तीमा उल्लेख छ ।





No comments: