Tuesday, December 27, 2011

राष्ट्रिय कवि स्व. भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न

सरद डायरि। आईतबार, पौष १२, २०६८
स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न 
गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन विभाग द्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ ।

थसेस केन्द्रिय समितिका अध्यक्ष वसन्त शेरचन ज्यू को सभापतित्वमा सुसम्पन्न भएको उत्त कार्यक्रमको उद्घोषण महासचिव जुनु गौचन द्धारा भूपि शेरचनको कविता उद्गार गर्दै शुरुवात गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष कृष्ण शेरचन बाट बिशेष सहयोगीको भूमिका निवारण गर्नु हुदै श्री गणेशायनमः पानसमा बत्ति बाली स्वः कवि भूपिको फोटोमा पुष्प गुच्छाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री बैरागी काईलाद्धारा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
सोहि अवशरमा प्रमुख अतिथि काईला ज्यूले भूपि स्मृति पुस्तकालयको पनि समुद्घाटन् गर्नु भएको थियो । मञ्चमा आसिन अन्य महानुभावहरु द्धारा पनि श्रद्धाञ्जली अर्पण गर्नुहुदै बिशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य विष्णु प्रभात ज्यू प्राध्यापक डा‌. कृष्ण हरि बराल ज्यू, प्राध्यापक डा. सुधा त्रिपाठी ज्यू (गजलकार) वुध राणा ज्यू ले कवि भूपिको कृतित्व, व्यक्तित्व र कवि प्रति श्रदासुमन उद्गारहरु व्यक्त गर्नु भएको थियो भने कवियत्री उषा शेरचन ज्यू ले छोटो मिठो मुक्तकले राष्ट्रिय कवि शेरचनको स्मरण गराउनु भएको थियो ।
यसै क्रममा नेपाली साहित्यिक क्षेत्रमा लगाव श्रष्टाहरु प्राध्यापक डा. कृष्ण हरि बराल , प्राध्यापक डा.सुधा त्रिपाठी , कवियत्री उषा शेरचन ,निवन्धकार रोशन शेरचन र उपन्यासकार मनिषा गौचन लाई सम्मान र प्रशंसापत्र प्रमुख अतिथि श्री कुलपति बैरागी काईला ज्यू द्धारा हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कवि भूपि ज्यू को स्मरणमा थकाली श्रस्टाहरु क्रमश नरेश कुमार तुलाचन
, मनिषा गौचन , विपिन भट्टचन , निशान्त शेरचन, हर्ष स्याङवो र स्वप्निल ज्यू ले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । हलुका जलपानको समेत ब्यबस्था गरिएको यस कार्यक्रमको अन्तमा सभा अध्यक्ष बसन्त शेरचन ज्यू द्धारा कवि भूपि प्रति श्रदासुमन उद्गारहरु व्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो।

No comments: