Monday, December 26, 2011

जापानका लागि नेपाली महामहिम राजदुत, उपनियोग प्रमुखको स्वागत तथा परिचयात्मक कार्यक्रम ।







सरद डायरि । आईतबार, पौष १०, २०६८ 
हिजो आयोजित गैर-आवासीय नेपाली संघ जापानको प्रमुख आयोजनामा र जापानमा क्रियाशिल सम्पुर्ण संघसंस्थाको सयुक्त आयोजनामा सम्पन्न, महामहिम राजदुत ज्यु र उपनियोग प्रमुख ज्युको स्वागतार्थ तथा परिचयात्मक कार्यक्रम, समग्रमा भब्य सभ्य र सफलताका साथ सम्पन्न भएको महिले महशुष गरेको छु ।
अबश्य नै सानातिना त्रुतिहरु र केहि कमिकमजोडि हुनु स्वभाविकै हो र तर यसलाई पाठको रुपमा लीई आगामि कार्यक्रमहरुमा सच्याईदै अघि बढ्नु  र पुन उत्त त्रुति नदोर्याउन सबैको पहल कदमि हुन जरुरि जस्तो लाग्दछ  ।
म सम्मिलित संस्था एनआरएन जापानको मुख्य भुमिका रहेको यस कार्यक्रमको नाताले बिभिन्न तवरले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौं ।
यस्तै किसिमले जापानबासि आम नेपालीहरुको बिच सुमुधर सम्बन्ध, समन्वय र एकता अझै बलियो हुदै जाओस् ।
हामि सबै एकताबद्ध भई अघि बढेमा ठोस कार्य गर्न सबल, सुलभ र हामि जापानबासि नेपालीहरुको गरिमाय उच्च हुनुका साथै बिश्वभरि नै राम्रो सन्देश प्रवाह हुने छ ।
भविष्यमा पनि यस्ता कार्यले निरन्तरता पाउने नै छ ।
बिशेष गरि, प्रायोजक किरण बिक्रम थापा ज्यु, नर बहादुर थापा ज्यु, अनिता लामा ज्यु, तिलक मल्ल ज्यु लगायत आम मित्रहरुलाई ओचुकारेसामा डेसिता तथा धन्यबाद दिदै नया बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना टक्र्याउछु ।

केहि अनलाईन मेडियाबाट संम्प्रेषण समाचारहरु,

फोटो समाचार
http://nepaljapan.com/news_galary.php?id=1324828234

समाचार
http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=36347

समाचार
http://samudrapari.com/201112258439.html

समाचार
http://www.tokyonepal.com/2011/12/25/49515.html

अन्तमा अग्रेजी नया बर्ष २०१२ को पुर्व सन्ध्यामा २०१२ ले हामि सबैको बिदेशको बसाई फलदायी बनाओस् र सु-स्वास्थ दिर्घायुको कामना गर्दै हार्दिक शुभकामना टक्य्राउछु ।

फोटो : नेपालजापान डटकम

1 comment:

Unknown said...

very nice blog :) if you wish visit me here