Saturday, December 10, 2011

कंम्पनिको जांड पिउने जमघट (काईस्याको नोमिकाई) ।



सरद डायरि । शुक्रबार, मंसिर २३, २०६८
आज यसो हिसाब गरेको पो...जापानको जागिरे भएको पनि करिवन डेढ दशक भईसकेछ , कति छिटो समय बितेको पत्तो नै नहुने यो जापानमा ।

मेसिन सरहको काम, चक्र सरि क्रियाकलापले पनि होला, अस्ति भरखर जागिर खोज्नको लागि १०० यौं कंम्पनिको सर्वेक्षण र तथ्याङ्ग बटुल्दै (काईस्या सेचुमेईकाई) लिखित परिक्षा र अन्तर्वाता दिदै हिडेको हिजै जस्तो लाग्छ । खुल्ला प्रतिस्प्रधा, मिहेनत र सानदार साथ ट्याकल गर्दै छिटो छरिटो सुचना संकलन र मेरो आफ्नो भाग्यले पनि होकि, हालको जस्तो जापानमा अर्थ मन्धि पनि नभएकोले करिवन ६ वटा कंम्पनिले(नाईटेई) कामको लागि मलाई अफर गरेको थियो । त्यस मध्ये जुन कंम्पनि मैले रोजे र जहा म अहिले कार्यरत छु , ठिक बिचार पुर्याएरै रोजेको जस्तो लागेको छ । २ स्टेप पदावधि भएको र धेरै कुराको सहुलियत पाउनुको साथै स्वदेशी बिदेशीको कत्ति पनि बिभेद छैन मेरो कंम्पनिमा । यसको लागि म आफै भाग्यमानि ठान्दछु ।
जेहोस, मेरो कंम्पनिमा अहिले हप्तामा २ दिन जस्तो काम सकेपछि सिनियर जुनियर सबै मिलेर नोमिकाई (रक्सि पिउने जमघट) जानुपर्ने हुन्छ । ३,४ बर्ष अघि प्रत्येक दिन नोमिकाई हुने गरेपनि अहिले भने हप्तामा करिवन २ दिन मात्र हुनेगर्छ र आज गरिएको नोमिकाईमा मेरै अनुरोधमा १,२ स्न्याप फोटो लिएको थिए सोहि फोटो सहित  उत्त काईस्याको नोमिकाईको (कंम्पनिको रक्सि पिउने जमघट) झलकहरु....

No comments: