Sunday, May 6, 2012

शुभ-बिबाह पार्टि र बिबिक्यु

सरद डायरि । शनिबार, बैशाख २३, २०६९






 












शुभ-बिबाहको झलक (फोटो आफै बोल्छ).....





























मेरो मित्र भाई तथा तमुधीं जापानका अध्यक्ष हर्क गुरुङ ज्युको शुभ-बिबाह पार्टिका साथै, नेपाल जापान युथ क्लबद्धारा आयोजित बनभोज (बार्वेक्यु) कार्यक्रम परेको थियो आज ।
दिन जुध्न गएपनि समय भने, बिहान बेलुका राखिएकोले मेन्टन गर्न भने त्यति गाह्रो चाहि थिएन् । जेहोस, दुबै ठाउमा भ्याउनै पर्ने भएकोले हतार चाहि हुने भो, तर जसरि भएपनि उपस्थिति जनाउनुपर्ने भएकोले पुरै एकैदिन  समय पनि दिनु पर्ने चाहि भयो है ।
बार्वेक्यु कार्यक्रम दिउसोको १२ बजेदेखी शुरुहुने भएकोले पनि  ११ बजेतिर तयारि गर्दै थिए,  मेरै संस्थाको महा-सचिबले ११ बजेतरि खवर गर्दै केहि मित्रहरु सहित संगै जाने तय भयो ।
तर केहि साथीहरु ढिला आउने फेरि खवर आएकोले गन्तब्यस्थल मै भेटने बाचा गर्दै म एक्लै लागे कासाई काईहिन कोएन तिर ।
कासाई रिन्काई कोएन (केईयो लाईन) स्टेशनमा के ओर्लिएको थिए, थुप्रै नेपालीहरुको समुहसहित नेपाली भाषाको गफगाफ थुप्रै महिला केटाकेटि र केहि जोडिहरुको पनि ... उहाहरु सबै त्यहि बार्वेक्युको लागि आउनु भएको रहेछ । मेरो केहि चिनजानीका मित्रहरु पनि हुनु भएकोले हलुका गफगाफ गर्दै संगै लागियो बार्वेक्यु स्थलतिर ।
कार्यक्रम भरखरमात्र शुरु भएको रहेछ, आयोजक साथीहरु संगको छोटो भलाकुसारिका साथै, पोलेको मासु र पेय पदार्थमा रमाउदै ३ घन्टा बितेको पत्तै भएनछ, मेरो संस्थाको मित्रहरु पनि केहि ढिला गरि उपस्थिति हुनु भयो ।
संगै खानपिन र रमाईलो गर्दै फेरि संगै फर्कियौं। उत्त कासाई काईहिन कोएनको ठुलो र अति नै रमणीय कोएनमा केहि स्यान्प र बार्बेक्यु स्पटहरुको पनि केहि जानाकारि लियौं ।
त्यसपछि भने, म भने लागे बेलुकाको शुभ-बिबाह पार्टिको तयारिको लागि फेरि डेरातिर ।








फोटो : दिपक गौचन  

No comments: