Tuesday, May 15, 2012

थसेस जापानद्धारा जुलाई १५ मा बार्बेक्यु (बनभोज) कार्यक्रम हुने

सरद डायरि । मंगलबार, जेठ २, २०६९
थसेस जापानको आयोजना हुने यस बर्षको समर बार्बेक्युको लागि स्थान कब्जा गर्नको लागि मेरो पनि जिम्मा परेकोले, किटान समयमा टेलीफोन घुमाउनु थियो आज । त्यो पनि बिहानको ८:३० बजे  ।
त्यस समय बसभित्र भएकोले, ओर्लिन बितिक्कै ८:३४ तिर होला, टेलीफोन घुमाउन शुरु गरे, तर लाग्ने भापो ।
नभन्दै, एकैचोटि एकै समय धेरैले टेलीफोन घुमाउने भएकोले, २०,२२ मिनेट पछि मात्र टेलीफोन सम्पर्क भयो । तर अपशोच मेरो आईफोन २,२ चोटि बिचैमा काटियो, ३ पटकमा बार्ता गर्न सफल भएको के थिए, हाम्रा टिमका कप्तान अर्का जापानी मित्रले सबै तर्जुमा गरिसक्नु भएको रहेछ, उत्त कुरा सम्बन्धित ठाउबाट सबै जानाकारि पाएपछि भने ढुक्क हुदै, देहाय बमोजिम सबै तर्जुमा मिलाई कार्यसमितिका साथीहरुलाई ईमेल लेखे ।
केहि मेडियाका श्रद्धेय मित्रले तल उल्लेखित समाचार पनि बनाएर संम्प्रेषण गरिदिनु भएको रहेछ ।
उहालाई सधैब सलाम छ ।

थकाली सेवा समिति जापानले आउदो जुलाई १५ तारिख आईतबारका दिन सिनकिबास्थित समुन्द्रको छेउमा समर वार्वेक्युको आयोजना गर्ने भएको छ। समर वार्वेक्यु थकाली सेवा समिति जापानको वार्षिक कार्यक्रमहरु मध्य एक हो र यसलाई परम्परागत रुपमा लामो समयदेखी प्रतेक बर्ष नबिराई आयोजना गर्दै आईरहेको छ।
शुरु शुरुको दिन टोकियोवासी थकालीहरु मात्रा भेला भएर मनाउने उक्त वार्वेक्युले बर्ष प्रती बर्ष ठुलो आकार लिदै आएको थियो र अहिले आएर समर वार्वेक्यु थकाली र गैरथकालीलाई एउटै थलोमा भेला पार्ने पर्वको रुपमा पारीणत भएको छ।
अती दुर्लब मासु खान पाहिने र पारवारीक बातावरणमा बिभिन्न मनोरंजनका साथ मनाईने उक्त समर वार्वेक्यु टोकियोवासी नेपालीहरुमाँझ अतिनै लोकप्रिय छ। प्रतेक बर्ष नयाँ अनुहारहरु थपिने र टन्न खाएर दुई चार जना नयाँ साथी बनाएर फर्कने थलो बनेको छ थकाली समर वार्वेक्यु।
थसेस जापानका महासचिब राजु शेरचनका अनुसार प्रतेक बर्ष आयोजना गर्दै आईरहेको फुतागो तमागावामा भोग्दै आएको पानी शौचालयलगायतका बिभिन्न असुबिधाहरुलाई मध्यानजर राखेर गत बर्षदेखी सिनकिबास्थित समुन्द्रको छेउमा आयोजना गर्न लागिएको हो।

कार्यक्रम बिवरण : समर बार्वेक्यु (बनभोज) कार्यक्रम
मिति : जुलाई १५, २०१२ (आईतबार)
समय : बिहानको १०:०० बाट, दिउसो १५:०० सम्म
स्थान : तोरिचु युमेनो सिमा कोएन (गत बर्ष आयोजित स्थल)
स्टेशन : सिन्किबा – सव्ओए युराकुच्यो लाईन, जेआर केईयो लाईन, जेआर रिन्काई लाईन (सिन्किबा स्टेशनबाट बार्वेक्यु स्थल सम्म करिव हिडेर १० मिनेट मात्र)



आम श्रद्धेय थकाली परिवारहरु, आदरणीय बिशेष सल्लाहाकारज्युहरु, सल्लाहाकारज्युहरु तथा कार्यसमितिका सहयात्रि मित्रहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
बिगतका मेलहरुमा जानाकारि गराएबमोजिम, समर बार्बेक्यु (बनभोज) कार्यक्रम आउदो जुलाई १५ तारीख आईतबारका दिन, गत बर्ष आयोजित स्थानमा तय भएको अबगत गराउन चाहान्छु ।
गत बर्षको भन्दा धेरै टेबल (डबल ठुलो स्थान) लिन सफल भएको जानाकारि सहित निवेदन गरिन्छ ।
छिटै नै समय अनुकुल नया कार्य समितिको पहिलो भेटघाट सहित बैठकको तर्जुमा पश्चात बैठक डाकिने नै छ ।
सबै साथीहरुको उपस्थितिको लागि अग्रिम अनुरोध छ ।

साथै, जानाकारिको लागि, अपकमिङ ईभेन्ट सहित तलको मेडियाहरुमा सुचना संम्प्रेषित गरिएको छ ।
धन्यबाद ।

वुईलभनेपाल डटकम्
http://www.welovenepal.com/?p=44190
समुद्रपारि डटकम्
http://samudrapari.com/upcoming-events
टोक्योनेपाल डटकम्
http://www.tokyonepal.com/2012/05/15/61674.html
नेपालजापान डटकम्
http://nepaljapan.com/index.php?option=com_content&view=article&id=1702:2012-05-15-02-35-48&catid=35:upcoming-eventsprogram


 भवदिय,
शरद कुमार गौचन
अध्यक्ष, थसेस जापान
मेई १५, २०१२ (मंगलबार)
 
पुनश्च : BBQ को ब्यानर सधैको लागि प्रयोग हुने खालको नेपालबाट बनाएर ल्याईने छ ।

No comments: