Monday, May 14, 2012

आधिकारिक निर्णयलाई कुण्ठित गर्न खोज्नेलाई खबदार....

सरद डायरि । सोमबार, जेठ १, २०६९
गोल्डेन वुईक भन्दा अघि नै (मेई २ तारीख), साईवर एजेन्डा सहित छलफल चलाईएको थसेस जापानमा परेको निवेदन प्रति (मुद्धाहरुमा), गत हप्ताको शुक्रबार मेई १० तारीखमा नै छिनो फानो गरि (समय सिमा भित्र) निर्णय भएको बिषय प्रति केहि मित्रहरुले आफुलाई लागेको (नितान्त ब्यक्तिगत बिचार रे) राय ब्यक्त गरेता पनि हावाको भरमा, उत्त बिचारलाई सहमति जनाउछु भन्दै कहिल्यै मेल नलेख्नेले मेल हालेको देख्दा हाँसो पनि उठ्यो । मेल पनि फेरि कस्तो भने नि... जे लेखेको हो त्यो पढ्दा अर्थ नै पत्ता लगाउन गाह्रो (अनर्थ लाग्ने) .....
भेट्दा जानाकारि गराईएन रे, वास्तै गरिएन रे, कुरै भएन रे... भन्दै ब्यक्तिगत भेटघाटको बेलामा कुरा नराखिएको मामेलालाई संस्थासंग जोडेर गरिएको यो पुर्वाग्रह र समाजलाई भडकाएर हुकुमि शाषण गर्न खोज्ने यस दुषप्रयासलाई स्विकार गर्ने त कुरै भएन, औपचारिक रुपमा परेको निवेदन संगै प्रमाण सहितका प्राप्त कागजातको आधारमा गरिएको निर्णयलाई कसले छेक्दो रहेछ, खवरदार आधिकारिक र पुर्ण पारदर्शी निर्णयलाई कुण्ठित गर्न खोज्नेलाई...
जेहोस, तपसिल (नम्र भएरै, स-सम्मानका साथ) बमोजिम तुरुन्तै मेल लेखे । हेरौं के दिदा रहेछन् उत्तर खुपि रहेछ भने ......
आम मित्रहरुमा,
हार्दिक नमस्कार (होर्छे) ।
....ज्यु र ......ज्युलाई ढिलै भएपनि रायको लागि धन्यबाद दिन चाहान्छु ।
यहाहरुको बिचारको उच्च सम्मान गर्दै आउदा दिनमा पनि यसै गरि सबै साथीहरुले राय प्रकट गरिदिनुहुन अनुरोध छ ।
पुन एक पटक सम्पुर्ण साथीहरुको समर्थनको लागि हार्दिक धन्यबाद दिन चाहान्छु ।

निम्न कारण, ...... का लागि ....... एन (..... एन) आर्थिक सहयोग गर्ने कुरा निर्णय भईसकेको पुन बिनम्र निबेदन गर्दछु

१) समयसीमा भित्र नै ...ज्यु लगायत धेरै साथीहरुको पुर्ण समर्थन सहित अन्य सम्पुर्ण मित्रहरुको मौन समर्थन रहेको बुझिएकोले निर्णय गरिएको  ।
२) हाम्रो तर्फबाट केहि निश्चित ब्यक्ति बाहेक .... (संस्था) बाट मात्र सहयोग हुने भएकोले ।
३) अनुरोध गरिएको अन्य संघ संस्थाहरुलाई हामि मुल संस्थाको साथै सहजकर्ताको नाताले छिटै र अधिकतम रकम सहयोग गरेमा उचित देखिने हुनाले ।
४) निवेदनकर्ता स्वयम हाम्रो कार्यक्रममा उपस्थिती जनाई बिशेष अनुरोध एवं औपचारिक कागजात र प्रमाण सहित निवेदन परेकोले ।
५) नेपालबाट टेलीफोन ताकेता र ठुलो रकमको अपेक्षा संगै छिटै पठाउन अनुरोध आएकोले ।

साथै, नेपालमा पुर्ण तयारिमा जुटदै मौसमको अनुकुललाई मात्र पर्खिरहेको भन्ने कुरा जानाकारि संगै नेपाल सरकारले आर्थिक सहयोग रकम आधा बेहोर्ने होईन, भ्रममा नपर्नुहोला । केवल केहि सहुलियत तथा छुट (राजस्व आदि मार्फत) दिने मात्र हो ।
नेपालमा थुप्रै महानुभावहरु लगायत र उहाको गृह जिल्लाबासिबाट केहि रकम संकलन भएता पनि अझै आधा रकमको अभाव भएको जानाकारिमा आएकोले छोटो समयमा साईबर निर्णय गर्नुपरेको बाध्यता पनि बुझिदिनुहुनेछ ।
निश्चित रुपमा हाल संस्था क्रियाशील भएकोले संस्था प्रतिको मोह बढनु, सहयोग अपेक्षा राख्नु, स्वभाबिक हो र हामिले सहयोग गर्न पाउनु पनि सौभाग्य ठान्नुपर्छ ।
तर अर्थ ब्यबस्थापन वा सहयोग बितरणमा पनि स्वतह रुपमा बिबादरहित र पुर्ण पारदर्शिता रुपले सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ, र त्यसको लागि सधैव मेरो बिशेष ध्यान रहने कुरा प्रतिबद्धता जाहेर गर्दछु । धन्यबाद ।



भवदिय,
एस.के. गौचन
थसेस जापान
मेई १४, २०१२ (सोमबार)

No comments: