Friday, August 31, 2012

सिड्नी स्थित ब्लुमाउन्टेनको थ्री सिस्टरस् नामक टापुको घुमाई

सरद डायरि । शुक्रबार, भाद्र १५, २०६९
एनआरएनको क्षेत्रीय संम्मेलन निरन्तर चलिरहेको थियो, बिभिन्न बिषयमा संम्बन्धित बिधाका बिज्ञद्धारा कार्यपत्र प्रस्तुत भएपनि आजको बिषयहरु भने आफुलाई त्यति बेरुचिको कारण, स्थानिय मित्रहरुको सहयोगमा हाम्रा एम दाई र एन मित्रहरुसंग हिडियो सिड्नी स्थित ब्लुमाउन्टेनको थ्री सिस्टरस् नामक चर्चित टापु तिर ।
अति नै डरलाग्दो डाडामा ३ वटा लाईन संगै रहेको यो टापु थ्री सिस्टरस् नामले चर्चित पहाड रहेछ, वारिको डाडामा पुर्ण ब्यबस्थित बनाईएको ठाउबाट सिधै पारि पट्टि हेर्न मिल्ने र फोटो खिच्न मिल्ने अति नै अत्छा स्पटको रुपमा बनेको रहेछ, साथै घनाघोर जंगलमा हाईकिङ्ग कोर्ष तथा अन्य बिभिन्न किसिमका बन्यजन्तु (कंगारु आदि) हरुको दृष्यावलोकन गर्न र अन्य पर्यटकको लागि थुप्रै मनोरञ्जन गर्ने ब्यबस्था भएपनि प्रतिकुल मौसमको कारण हामिले भने घनाघोर जंगलमा १५, २० मिनेट लगाएर छेचेल्दै थ्रिसिस्टरस् नामक टापु मात्र हेर्यौ ।
सिड्नीबाट करिवन पौने ३ घण्टाको मोटर सवारि पश्चात बलतल्ल गन्तब्य स्थलमा पुगेपनि  लिछुप्रै पार्ने पानी र फाट्टफुट्ट परेको हिउँले कठ्याङ्ग्रिदै साह्रै जाडो भएको कारण ३५, ४० मिनेटमात्र अवलोकन गरि फर्कियौ फेरि सिड्नी तिर हाईवय हुदै....









 

No comments: