Tuesday, October 1, 2013

थसेस जापानले "दोस्रो मैत्रीपुर्ण रनिङ कप भलिबल प्रतियोगिता" डिसेम्वर १ मा आयोजना गर्ने

सरद डायरि । सोमबार, असोज १४, २०७०
थकाली सेवा समिति जापानले आगामि डिसेम्वर १ तारीख आईतबारका दिनमा दोस्रो मैत्रीपुर्ण रनिङ कप भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ। टोकियोको नाकानोकु सागिनोमिया आरिना ईन्डोर खेल मैदानमा हुन गईरहेको उत्त प्रतियोगिता, जापानमा दोस्रो पटक थसेस जापानले स्व.योगेन तुलाचनको स्मृतिमा रनिङ कप भलिबल प्रतियोगिता स्वरुप आयोजना गर्न गईरहेको कुरा संयोजक लेलिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, यस बर्ष पनि उत्त रनिङ कप भलिबल प्रतियोगितामा जापानस्थित नेपाली संघसंस्था एवं सामाजीक, राजनैतिक, गैर-राजनितीक क्षेत्रीय एवं क्लव वा जुनै प्रकारका टिमले पनि सहभागि जनाउन सक्ने प्रावधान रहेता पनि अधिकतम १२ टिम सम्मलाई मात्र सहभागि बनाउन सकिने जनाईएको छ।
प्रतिस्प्रधि खेलको बिजयी हुने पहिलो टिम र दोस्रो टिमलाई क्रमश: एक लाख एन (१० मान) , पचास हजार एन (५ मान) नगद पुरस्कार रासी, सिल्ड, मेडल र प्रमाण पत्रको समेत ब्यबस्था गरिएको र यस प्रतियोगिताको दर्ता समय अबधी अक्टुवरको ३१ तारीख सम्म तोकेको जनाईएको छ। फस्ट कम फस्ट सर्भ अनुसार टिमको नाम दर्ता क्रम संख्या अनुसार दस्तुर दाखिला गरे पश्चात दर्ता पकृया पुरा हुनेछ ।
आयोजक संस्थाका अध्यक्ष शरद कुमार गौचनका अनुसार, संस्थाका संरक्षक तथा जापानमा पहिलो नेपाली चिकित्सकको रुपमा परिचित अग्रणी ब्यक्तित्व स्वर्गिय योगेन तुलाचनको स्मृतिमा यस रनिङ कप प्रतियोगितालाई निरन्तरता दिने बताउनु भएको छ। प्रतियोगिता समापन पश्चात संकलित रकमले थसेस जापानकै आयोजनामा स्व. तुलाचनको जन्मस्थान मुस्ताङ्ग जिल्लाको बिभिन्न गाविसमा बृहत निशुल्क स्वास्थ सिविर सञ्चालन गर्न गईरहेको कुरा पनि बताउनुहुदै उत्त निशुल्क स्वास्थ सिविर सञ्चालनले स्थानियबासि २,००० बढि जनताहरु लाभान्वित हुने लक्ष्य राखीएको जनाईएको छ।
सहभागिहरुलाई निशुल्क स्वास्थ जाँच परिक्षण, उपचार र औषधी पनि बितरण गरिने कुराको समेत जानाकारि गराउदै उत्त अभियानको सहयोगार्थ यस पटकको रनिङकप भलिबल प्रतियोगिता आयोजना गरिने छ। साथै जापानबासी नेपालीहरु बिच यस भलिबल प्रतियोगिता प्रतिको रुचि र आकर्षण बढदै गईरहेकोले भलिबल खेलको माध्यमबाट नेपालीहरु बिचको एकता, मित्रतापुर्ण भावना, आत्मिय सदभाव कायम गर्दै स्वस्थ र तन्दुरुस्थ रहदै खेलको माध्यमबाट अनुशाषण कायम गर्ने , गराउने उदेश्य समेत रहेको बताउनु भयो।
जापानमा अति नै लोकप्रिय हुदै गईरहेको थसेस जापानद्धारा जापानमा दोस्रो पटक आयोजना हुन गईरहेको यस ‌दोस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगितामा जापानमा क्रियाशील संघसंस्था, सम्पुर्ण जापानबासी श्रद्धेय खेलाडिहरु तथा खेलप्रेमी आम नेपाली दाजुभाई, दिदिबहिनीहरुमा डिसेम्वर १ तारीख आईतबारका दिनमा खेल मैदानमा उपस्थित भई खेलाडिहरुलाई हौसला प्रदान गरिदिनुहुन पनि हार्दिक अनुरोध गरिएको छ।

टिम दर्ता नियमहरु
१) दर्ता फाराम र पैतिस हजार एन दर्ता शुल्क सहित आगामि अक्टुवर ३१ तारीख सम्ममा नाम दर्ता गरिसक्नुपर्ने छ।
२) प्रत्येक टिममा १ मेनेजर १ क्याप्टेन र ७ जना खेलाडि सहित जम्मा ९ जना सहभागि हुन पाउने छ।
३) टिम दर्ता गराउदा नाम लेखाईएको नेपाली खेलाडिहरु बाहेक बिदेशी खेलाडिहरु खेलमा सहभागि हुन पाउने छैन।
४) टिम दर्ता र आवश्यक शुल्क दाखिला गरे पश्चात निर्धारित टिम दर्ता कार्य सोतह बन्द गरिने छ।
५) युनिफर्म (गन्जि, हाफपेन्ट र स्पोर्ट जुत्ता) र अन्य आवश्यक बस्तुहरु संम्बन्धित टिमले नै ब्यबस्था गर्नुपर्ने छ, युनिफर्म सहितको खेलाडि मात्र खेलमा सहभागि हुन पाउने छ।
६) दर्ता भएको टिमको आधारमा गोला प्रथा द्धारा प्रतिस्प्रधात्मक टाईसिट निर्धारण गरिने छ।
७) प्रतिस्प्रधि टिम (खेलाडिहरु) अनिबार्य रुपमा निर्धारित समयमा खेल मैदानमा उपस्थित हुनुपर्ने छ।
८) रेफ्री जापानको भलिबल एसोसिएसनका पेशेवर (प्रोफेसनल) टिमको ब्यबस्थापनमा हुने छ।
९) प्रचलित नियम, अन्तिम निर्णायक तथा सर्वाधिकार आयोजकलाई रहने छ।
 

खेल हुने स्थान, मिति र समय
मिति : २०१३ डिसेम्वर १ तारीख (आईतबार)
समय : बिहानको ठिक १०:३० बजेबाट
स्थान :३-१-१३ सिरासागि नाकानोकु, टोक्यो १६५-००३५ जापान
सम्पर्क नं : ०३-३३३७-१७७१(खेल मैदान)
स्टेशन : सागिनोमिया (सेईवु सिन्जुकुलाईन) , स्टेशनबाट ३ मिनेट मात्र / म्याप

बिस्तृत विवरणको लागि
लेलिन भट्टचन: 080-6586-5003
गिरि शेरचन: 090-6469-8105,
सञ्जिव गौचन: 080-6596-3593,
दिपक गौचन:080-5486-8553,
हेमन्त कुमार शेरचन: 090-2911-9678
घनश्याम भट्टचन: 090-8174-7860,
सुमन गौचन: 080-4678-0765,
तिर्थ शेरचन: 080-3522-5344,
अरुण भट्टचन: 080-6563-3732
वकिल शेरचन : 090-9915-2044,
जिवन भट्टचन: 080-3510-3763,
अमुल गौचन : 080-6520-7759
बिज्ञान गौचन: 080-4650-5266,
धन गौचन: 090-3909-8119,
राजकुमार शेरचन: 080-4290-3199
राजु शेरचन: 080-9448-8553,
बुद्धि गौचन: 090-3506-3411,
अनिल भट्टचन: 080–5487-3183
शशि गौचन: 080-5464-5580
 
थप जानाकारि र संम्प्रेषण समाचारको लागि...
 

No comments: