Wednesday, October 2, 2013

थसेस जापानले मृगौला रोगी चित्रप्रसाद गौचनको लागि आर्थिक सहयोग आब्हान

सरद डायरि । मंगलबार, आश्विन १५, २०७०
एक नेपालीलाई अकस्मात आई परेको दयनिय अबस्था र बिपत्तिको यस घडिमा थकाली सेवा समिति जापानले यसरि पहल गर्ने जनायो । जुन तलतिर जस्ताको तस्तै समाचार प्रेषित गरि सहयोगको हातको लागि सम्पुर्ण जापानबासी आम महानुभावहरुलाई हार्दिक आब्हान गरेको छ ।
 
 थकाली सेवा समिति जापानले मृगौला रोगी चित्रप्रसाद गौचनको लागि आर्थिक सहयोग आब्हान
थकाली सेवा समिति जापान (थसेस)ले मृगौला रोगले पीडित पोर्तुगल निवासी चित्र प्रसाद गौचनलाई आर्थिक सहयोग गर्न जापानबासी आम नेपालीहरुमा हार्दिक अपिल गरेको छ ।
थसेस जापानले दिएको सूचना अनुसार बाग्लुङ जिल्ला हिल गाविस वडा नं १ गल्कोट घर भई बिगत ५ वर्षदेखि पोर्तुगलको लिस्वोनमा बस्दै आएका २८ वर्षीय चित्र प्रसाद गौचनको दुवै मृगौला खराब भई बिगत दुई महिना अघिदेखि पोर्तुगलको Curry Cabro, Lisbon नामक हस्पिटलमा उपचार गराइरहेका छन्।
अकस्मात आँखा राम्रोसंग नदेख्ने र अनुहार फुल्लिदै आएपछि जाँच गराउँदा उक्त हस्पिटलले  गौचनको दुवै मृगौला पूर्णरुपले खराव भईसकेको रिपोर्ट देखाएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार दुवै मृगौला काम नलाग्ने भईसकेको र जति सक्दो छिटो मृगौला प्रत्यारोपण बाहेक अन्य कुनै उपाय नभएकोले सोको लागि ठूलो धनराशी जुटाउनु समेत अनुरोध गरेको छ ।
आवश्यक रकम पारिवारको तर्फबाट मात्र जुटाउन असंम्भव भएकोले एक नेपालीलाई परेको आपतकालिन अबस्थामा सबै नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावना तथा विपत्तिमा परेका विरामीलाई नयाँ जीवनदान गर्न मानविय सहयोगको लागि थसेस जापानले आर्थिक सहयोग संकलन समिति गठन गरेको छ  र सोही समितिले जापानमा रहेका सम्पूर्ण संघ, संस्था एवं जापानबासी नेपालीहरु तथा जापानीहरुलाई स्वेच्छिक सहयोगको लागि हार्दिक अपिल गरेको हो ।
यस आर्थिक संकलन समितिको अभियान अनुसार पिडित बिरामीका जापानबासि आफन्तजनहरुबाट पहिलो चरण स्वरुप केहि रकम निजलाई पठाईसकेको र सम्पूर्ण संकलित रकम र सहयोगदाताहरुको नामावली विवरण बिभिन्न संचार माध्यम मार्फत एकमुष्ठ सार्वजनिक गरिने पनि समितिले बताएको छ।
आर्थिक संकलन सहयोग समिति र आवश्यक विस्तृत जानकारीको लागि:
संयोजक
गिरि शेरचन: 090-6469-8105
सदस्यहरु
मोहन तुलाचन : 080-9713-4400
रमेश गौचन: 080-4363-8011
राजेश गौचन : 080-3004-2550
वकिल शेरचन: 090-9915-2044
तिर्थ शेरचन: 080-3522-5344
रमिला गौचन: 080-4945-4747
देविना शेरचन: 080-3351-8542
रामु गौचन: 080-4453-5569
राजु शेरचन: 080-9448-8553
बुद्धि गौचन: 090-3506-3411
शरद कुमार गौचन: 090-2319-0027
सहयोग रकम थसेस जापानको तल उल्लेखित समितिको आधिकारिक हुलाक खातामा जम्मा गर्न सकिनेछ ।

बैङ्क : JP Bank / युच्यो बैङ्क
खाता नं : 10010-73452031 / १००१०-७३४५२०३१
नाम : Thakali Sewa Samiti, Japan / थकाली सेवा समिति, जापान




तपसिल थप प्रकाशित समाचारहरु
http://samudrapari.com/2013100283844.html#.UkuC6RyCjIU

http://www.welovenepal.com/?p=70239

No comments: