Monday, October 7, 2013

टोक्योमा भएको फुटवल प्रतियोगितामा दीप यूनाइटेड बिजयी

सरद डायरि । आईतबार, असोज २०, २०७०
नेपाल जापान युथ क्लव जापानले आयोजना गरेको रनिङ कप फेडेरेसन फुटवल प्रतियोगितामा आज हामि बावु छोराले नै सहभागि जनायौं । हामि एनआरएन जापानको तर्फबाट खेलाडिको रुपमा ग्राउण्डमा उत्रिदै आयोजक चाहि हामि संग च्यारिटि म्याचको रुपमा प्रतिस्प्रधा गरेका थिए, अति सौहार्दपुर्ण बातावरण सम्पन्न उत्त खेल ज्यादै रोचक र अति नै रमाईलो भएको थियो । स्मरण रहोस, यस खेलबाट संकलित रकम सिएनएन हिरो पुष्पा बस्नेत नेतृत्व गरिएको परोपकारि संस्थालाई सहयोगार्थ आयोजना भएको थियो ।
बिभिन्न अनलाईन मेडियामा प्रकाशित तपसिल समाचार र फोटोहरुको झलक तलतिर जस्ताको तस्तै....  
 
 जापानमा हालै सम्पन्न फूटवल प्रतियोगितामा दीप यूनाइटेड ‘ए’ विजयी भएको छ । लगातार अघिल्लो २ वर्ष उपाधि हात पारेको नेपाल यूनाइटेड ‘ए’ सँग भएको खेलमा निर्धारित समय भित्र दुवै टिमले गोल गर्न नसकेपछि समय थप गरी खेल खेलाइएको थियो । थपिएको समयमा दीप यूनाईटेडका तर्फाबाट सुरेन गुरुङले गोल्डेन गोल लगाएपछि दीप यूनाईटेड ‘ए’ विजयी भएको हो । नेपाल जापान युथ क्लवको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रथम भएको दीप यूनाईटेडले नगद असी हजार येन सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो हुने नेपाल यूनाईटेड ‘ए’ लाई चालिस हजार जापानी येन सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी दीप यूनाईटेडकै सुरेन गुरुङलाई नगद ५ हजार जापानी येन प्रदान गरिएको छ । प्रतियोगिताका टप स्कोरर नेपाल यूनाईटेडका क्याप्टेन संगीत शाक्यलाई कप र ५ हजार जापानी येन प्रदान गरिएको छ । सोही दिन सिएनएन हिरो २०१२ की पुष्पा बस्नेतद्वारा अगुवाई भईरहेको परोपकारी संस्थाको सहयोगार्थ नेपाल जापान युथ क्लव र एनआरएन जापानबीच च्यारिटी शो खेल पनि भएको थियो । एनआरएन जापानका अध्यक्ष पारशमणि पोखरेल, आईसीसी सदस्य ओम गुरुङ, एनआरएन प्यासिफिक उपसंयोजक किरणविक्रम थापा, सदस्य दीपक नेपाल, दीपक थापा, एनआरएन कान्तोका संयोजक सरोजकुमार खत्री, थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन, तमू धीं जापानका अध्यक्ष हर्क गुरुङ्ग, श्रीगुरुङ्ग लगायतले खेलमा सहभागी थिए भने नेपाल जापान युथ क्लवका तर्फाबाट क्लवका सल्लाहकार विजय थकाली लगायत क्लवका सदस्यहरुले खेल खेलेका थिए ।
 
 








 
फोटो : युको ओकामोतो

No comments: