Friday, October 4, 2013

एनआरएन जापानको ९ सदस्यीय सचिवालय गठन ७ जना सल्लाहकार समितिमा छानिए

सरद डायरि । बिहिबार, असोज १७, २०७०
 
नवनिर्वाचित एनआरएन जापानको आज बसेको कार्यसमितिको दोस्रो बैठकले सचिबालय र आफ्नो सल्लाहाकार समितिको गठन गरेको कुरा औपचारिक रुपमा बढाई छ तपाईलाई भन्ने साथीहरुबाटको शब्दबाट थाहा पाए ।
अनौपचारिक रुपमा नेतृत्व लगायत केहि कार्यसमितिका साथीहरुले समेत धेरै पहिले देखी नै अनुरोध गर्नु भएको भएता पनि विधिवत रुपले निर्णय गरि समाचार पढन भने आज पाईयो ।
अवश्य नै स-सम्मान सहित संस्थाको खातिर हामिलाई रोज्नु भएको र देखाउनु भएको उदारताको लागि कार्यसमितिलाई साधुबाद ।
अवश्य नै एनआरएन जापानको लागि हरपल सहयोग, सल्लाह र साथ रहने नै छ ।
जेहोस, प्रकाशित समाचार र केहि झलकहरु तलतिर जस्ताको तस्तै..... 
 
एनआरएन जापानको पाँचौ कार्यसमिति र नव निर्वाचित छैठौं कार्यसमितिको संयुक्त बैठक सम्पन्न भएको छ । एनआरएन जापानका नवनिर्वाचित अध्यक्ष पारसमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले एनआरएन जापानको पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार र सम्पूर्ण विभागमा रहेर आफ्नो कार्यसम्पादन गर्नु भएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा एनआरएन जापानका बुझबुझारथ गर्न बाँकि कागजपत्र तथा सामाग्रीहरु निवर्तमान अध्यक्ष ओम गुरुङले नव निर्वाचित अध्यक्ष पारसमणि पोखरेललाई हस्तान्तरण गर्नु भएको छ । सोहि बैठकमा एनआरएन आइसीसी सदस्यहरुका साथै एशिया प्यासिफिक क्षेत्रिय समितिका उपसंयोजक किरण बिक्रम थापाको उपस्थितिमा कार्यसमितिले मनोनित गरेको आइसीसी युवा प्रतिनिधि, आइसीसी महिला प्रतिनिधि, एनआरएन जापानका प्रवक्तासहित कार्यसमिति सदस्यहरुलाई एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले सपथ ग्रहण गराउनु भएको थियो ।
nrn-japan-2
बैठकको दोश्रो चरण अन्तर्गत छैठौं कार्यसमितिसहित आइसीसी सदस्यहरु र क्षेत्रीय संयोजक हरुको मात्र उपस्थितिमा एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलको अध्यक्षतामा महत्वपूर्ण निर्णयहरु भएको जनाइएको छ । एनआरएन जापानका प्रवक्ता सन्देश पोखरेल ले िदनु भएको जानकारी अनुसार बैठकले नेपाल डे फेस्टिबल सफल बनाउन लागिपर्नु भएका आयोजक टिमसहित फेस्टिबलमा सक्रिय सहयोग गर्नुहुने एनआरएन जापानका पदाधिकारी, क्षेत्रीय समितिलगाएत सहयोगी सबैलाई धन्यवाद ब्यक्त गरेको छ ।
यस्तै एनआरएन जापानले ९ सदस्सिय सचिबालय समिति बनाउने निर्णय पनि गरेको छ । सचिवालयमा कार्यसमितिका निम्न पदाधिकारीहरू रहनेछन ।
अध्यक्ष -पारसमणि पोखरेल
उपाध्यक्षहरु – सुदन थापा, नरबहादुर थापा, तुलसीराम खरेल
महासचिब – मुक्तिराम खनाल
सचिब – उदयराज कंडेल
कोषाध्यक्ष – तेजप्रसाद अर्याल
प्रवक्ता – सन्देश पोखरेल र कार्यसमिति सदस्यहरुबाट सदस्य -दिपकबाबु नेपाल रहने निर्णय गरेको छ ।
बैठकले आवश्यकताअनुसार अर्को बैठकमा सल्लाहकार सदस्य विस्तार गर्ने गरी हालका लागि निम्नानुसारको सल्लाहकार समिति बनाउने निर्णय गरेको छ ।
१. राजन प्रधानाङ्ग
२. शरद कुमार गौचन
३. हरिराज ढकाल
४. राजेन्द्र भट्टराई
५. ध्रुव भट्टचन
६. इन्दिरा सुजुकी
७. तिलक मल्ल
nrn-japan-1
nrn-japan-3
nrn-japan-4
 

No comments: