Sunday, November 9, 2014

जापानको सिन्जुकु बुन्का सेन्टरको एकदिने अन्तराष्ट्रिय मेला

सरद डायरि । शनिबार, कार्तिक २२, २०७१
मेरो जापानको कर्मथलोको पुरानो बस्ति  सिन्जुकु सिटिको आयोजना वा सहयोगमा  आयोजित एक दिने अन्तराष्ट्रिय मेलामा सहभागि जनाए बिशेष गरेर एसिया महाप्रदेशका दुई दर्जन बढि देशका सहभागिहरुको बिभिन्न सांस्कृतिक झाँकि, नृत्य कार्यक्रम, गायन तथा खानपिनको स्टल एवं बिभिन्न देशको भेषभुषा लगाएर अनुभव गर्न पाउने र बिबिध जानाकारि दिने कार्यको तर्जुमा मिलाईएको रहेछ ।
तिन हजार बढि अटाउने सबभन्दा ठुलो स्टेज, मझ्यौला खालको स्टेजमा तिनसय  बढि अटाउने र स्वागतद्धार नजिकैको स्टेजमा भने सय बढि अट्ने कुर्चि राखिएको तिन ठाउको हलमा बिहानको ११ बजे देखी बेलुकिको करिवन ६ बजे सम्म लगातार बिबिध मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुत भईरहेको थियो ।
हामिहरु सबभन्दा ठुलो हलको बल्कुनिमा बिभिन्न देशको अति नै नौलो र मनोरञ्जन कार्यक्रमको प्रस्तुतिले अधिकाँस सबै समय खर्चेको पत्तो नै पाईएनछ ।
झट्ट हातमा भएको पोस्टर हेर्दा पो पत्ता लाग्यो, मेरो देशको पनि तिन तलाको सानो हलमा ४:३० देखी केहि सांस्कृतिक कार्यक्रम तय भएकोकुरा लेखीएको आँखामा परिहाल्यो । यत्रो ब्यबस्थित महामेलामा हाम्रो राष्ट्रको प्रस्तुति पनि हुने रहेछ भन्ने खुशियालीले  हतार हतार गरि १० मिनेट अघि नै संम्बन्धित हलमा छिरेपनि लगातार अन्य राष्ट्रहरु चाईना, भेटनाम, ईन्डोनेसिया, इन्डियन र जापानीहरुको सांस्कृतिक कार्यक्रमहरुको लगातार प्रस्तुति हेर्दै गदगद तालिले हल गुञ्जमान भईराखेको थियो । करिवन पौने छ बजे कार्यक्रम समापन पछि नेपालीको कुनै अत्तो पत्तो नै नभएको र नेपालीपन झल्किने कुनै कार्यक्रम पनि स्टेजमा नदेखीएकोले मनमा अतिनै खुलदुल लागेर आयोजकलाई पोस्टर देखाउदै प्रश्न तेर्साईहाले किन नेपालको सांस्कृतिक कार्यक्रम नभएको? तुरुन्तै आयोजककि एक महिलाले मुख खोली हालिन र भनिन नेपालीको कार्यक्रम क्यान्सेल भयो.., बिडम्बना पोष्टर छाप्ने बेलामा सबभन्दा पहिला नेपालीले संम्झौता गरेपनि कार्यक्रम प्रस्तुतिको बेलामा भने कार्यक्रम नै क्यान्सेल गरेछन रे । धिक्कार छ, ति नेपालीहरु जस्ले जापानमा आएर पनि नेपालीपन नै झल्काएछन, त्यत्रो ब्यबस्थित र राष्ट्रको प्रचार प्रसार गर्न पाउने यत्रो ठुलो अबसर चुकाएका नेपालीलाई संम्झदा र आफु नेपाली भनेर भन्न पनि हिच्किचाउनु पर्दा मनमा हलुका लाज पनि लाग्यो ।
जेहोस, उत्त अबसरमा तिन तलाको बल्कुनिबाट एक तलाको स्टेजमा झुम गरि खिचिएको केहि दृश्य र झलकहरु....
 



















 

No comments: