Monday, November 3, 2014

थसेस जापानको कार्यकारिणी समितिको भेटघाट कार्यक्रम

सरद डायरि । आईतबार, कार्तिक १६, २०७१
 
धेरै महिनाको अन्तरालमा थसेस जापानको कार्यकारिणी समितिको सदस्यहरु बिचको बृहत भेटघाट तथा साह्रै रमाईलो कार्यक्रम गरियो । यस भेला, मेरो प्रस्ताव संगै समितिको अध्यक्ष ज्युको बिशेष पहलमा यस कार्यक्रम गर्न सफल भईयो । नेतृत्वको बासस्थान क्षेत्रमा बिशेष खालको सबै कार्य गर्न उपलब्ध भएको ठुलो स्थान लिई हामि थकालीहरुको परिकारहरु बनाएर खाने देखी बिभिन्न किसिको गेम खेल्दै एकदिने भलाकुसारि अविस्मरणीय भयो । 
समाजलाई उदय गराउने र जिवन्त दिनुहुने सम्पुर्ण आदरणिय अग्रजहरुको चिनारि दिन उपयुक्त यस सुवर्ण अबसर ठानेर सोहि विहानको ४,५ घण्टा लगाई फोटो खोजेर छाप्ने कार्य देखी रेमिनेशन गर्ने र ब्यानर बनाएर कार्यक्रम स्थलमा आउदा थोरे ढिला भईहाल्यो ।
जेहोस, केहि अग्रजहरु यो धर्तिमै नरहनु भएको र धेरै अग्रजहरु भने भौतिक रुपमा अनुपस्थिति भएता पनि उहालाई संम्मान, संझना र बिगतलाई स्मरण गर्न पाउदा ज्यादै हर्षित भयौं । साथै समाजबाट सहयोग गरे बापत प्राप्त बिगतमा सम्पन्न नेपाल महोत्सव २०१४ को प्रमाण-पत्र बितरण संगै भावि कार्यक्रमहरुको बारेमा पनि हलुका छलफल भयो ।
बिशेष गरेर औपचारिक भन्दा पनि अनौपचारिक भलाकुसारि तथा हामि सबैको सपरिवार संगै एकै ठाउमा भब्य रमाईलो गर्न पाउदा सबैजनाको हर्षित मुहार र फेरि पनि गरियोस् भन्ने प्रतिक्रिया पाउदा कार्यक्रम, उपलब्धि मुलक र सफल भएको महशुष गरेका छौं ।
कार्यक्रमको ब्यबस्थापन तर्जुमा मिलाउनु हुने अध्यक्ष ज्यु तथा खानपिन तयारिमा खटिनुहुने संम्बन्धित सबैलाई कोटिकोटि सलाम् । उत्त कार्यक्रमको तपसिल केहि झलकहरु...  
 
 
















No comments: