Sunday, June 28, 2015

चौठो दिन (युरोप भ्रमण) : ज्युरिच, स्विजरल्याण्ड

सरद डायरि । शनिबार, अषाढ १४, २०७२
"स्विजरल्याण्ड" जुन देशको नाम, बिश्वमै चर्चित नाम संगै संसारकै सपनाको देशले चिनिने नाम्  ।
बिशेष गरेर हामी नेपालीको लागि भने सर्बसाधारण देखी नेता सम्मकाले मुखमै झुन्याएर उदाहरण देिने नाम हो स्विजरल्याण्ड । 
टेलिभिजन, पत्रपत्रिका र साथी सन्गिनि मार्फत वा अन्य माध्यमबाट राम्रै संग देखेको र चिनेको भएपनि प्रत्यक्ष खुट्टाले टेकेर अनुभव गर्ने भने यसपाली अवसर मिल्यो । यो अबसर जुराएको भने, एनआरएन स्विजरल्याण्डको पहिलो युरोप सक्कर प्रतियोगिताले । जुन प्रतियोगितामा युरोपको ११ वटा देशमा बसोबास गर्ने एनआरएनका १६ टिमले भाग लिएका थिए ।  उत्त प्रतियोगिताको उदघाटन संगै मैत्रीपुर्ण खेलको शुरुआत गर्ने सौभाग्य पनि मिल्यो । एनआरएन स्विजरल्याण्डलाई कोटिकोटि सलाम् ।
साथै, यो सपनाको देश स्विजरल्याण्डको आराउ शहरमा बिहान छ बजेेदेखी मोर्निङ्ग वाल्क देखी शुरु गरि ज्युरिच स्थित तालबाट बगेको अति नै सुन्दर, सफा खोलाको वारिपारि हिड्दा खेरिको स्वच्छ र चिसो हावा पिउदाको क्षण कुरा गरि साध्य छैन् । तालबाट बगेको खोलाको भुईपनि छर्लङ्गै देखिने अैना जस्तो टल्किएको पानी भित्रको ढुंगा र माछा देखीने खोलाको वारिपारि अति नै ब्यबस्थित लामबद्ध रुपले बनाईएका बिभिन्न खालका पसल, रेष्टुरेन्ट र होटेल संगै ओपेरा हाउस्, म्युजियम, चर्च तथा पुरातात्विक घरहरु । जमिनमा पुरै ठुलाठुला बिभिन्न आकारमा बनावट ढुंगाले दच्छ्याईकोले कहाकहा घरभित्रै भएको अनुभव । जेहोस, भनेको सुनेको स्विजरल्याण्डमा खुट्टैले टेकेर नौलो अनुभब भयो ।
धन्यबाद ज्युरिच र आराउ शहर स्विजरल्याण्डलाई । केहि झलकहरु तलतिर....  























 
























No comments: